Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

संघर्षको कथाः भरियादेखि तारेहोटलको मालिकसम्म

जुम्ला, दरिलो आत्मविश्वास र निरन्तर परिश्रम गरे त्यसको फल पनि मीठो हुन्छ, कर्म गरे फल मिल्छ भन्ने ध्रुवसत्यलाई चरितार्थ गर्ने उदाहरणीय पात्र हुन् जुम्ला जज्र्याङ्कोट–३ का नुर्बु लामा । दुःख सङ्घर्ष, हैरानी लामाको दैनिकीसँग जोडिएको कुरा हो । जीवनका अनेकौँ दुःख, सङ्घर्षलाई वास्ता नगरी उनी आफ्नो भविष्यको गोरेटो कोर्ने दिशामा निरन्तर लागिरहे । दुर्गम गाउँमा जन्मनु लामाका लागि नियति नै थियो । विकल्प के त, भाग्यअनुसारको कर्म गर्नैपर्ने रहेछ । गाउँको दुःखलाई छिचोल्न नसकी लामाले राजधानी काठमाडौँको यात्रा तय गरे । करिब २५ वर्ष पथ प्रदर्शकको काम गरेका लामाले सुरुमा विदेशी पर्यटकको भारी बोके । कामलाई कहिले पनि सानो नठान्ने लामाले काठमाडौँको मल्ल होटलको ‘मल्ल ट्रेक्स’ मा काम गरे । भारतको सिक्किम दार्जिलिङमा पनि काम गरे । यसरी पर्यटन क्षेत्रमा लामो अनुभव बटुलेका लामाले अहिले कर्णाली अञ्चलकै ठूलो तारे होटल ‘कान्जिरोवा होटल’ सञ्चालन गरिरहेका छन् । लामाले आफ्नै मेहनत र बलबुतोको कमाइले करिब सात करोड लगानीमा आधुनिक सुविधा सम्पन्न होटल सञ्चालन गरेका हुन् । करोडको मालिक भए पनि व्यवसायी लामा होटलको सबैखाले काममा दिनहुँ व्यस्त छन् ।  मिजासिलो बोली व्यवहारले नै होला उनको होटलमा पुग्ने जो कोही मक्ख पर्छन् । अचम्मको कुरा त लामाले विदेशी पर्यटक नेपालीलाई एकै दरमा सेवा दिएका छन् । ‘विदेशीको भारी बोकेर आज म यो ठाउँमा आएको छु पर्यटक पाहुनाको स्वागत सत्कार नै नेपाली पर्यटनको मूल आधार हो । त्यही भएर यहाँ पर्यटक ओहिरिने गर्छन् नेपाली र विदेशीलाई एउटै दर रेटमा सुविधा दिएको छु’ – व्यवसायी लामाले भने । जुम्लाको विमानस्थल नजिक रहेको कान्जिरोवा यहाँको मात्र हैन कर्णाली अञ्चलकै ठूलो र प्रख्यात होटल हो । मुलुकका प्रतिष्ठित व्यक्तित्वहरु मन्त्री, सभासद्, प्रशासकहरु यही होटलमा वास बस्छन् । जुम्ला पर्यटकीय हब भएकाले पनि यहाँका होटल व्यसाय फस्टाएका छन् । यहाँ क्षेत्रीय होटल सङ्घमा आबद्ध १५० होटल तथा रेष्टुराँ छन् । तीमध्ये पर्यटकस्तरीय ३१ वटा छन् । विमानस्थल नजिक र राजधानीका सुविधा सम्पन्न पाँचतारे होटलस्तरको सेवा पाउने भएकाले पनि विदेशी तथा स्वदेशी पर्यटक यहाँ अधिक आउने गर्छन् । आफूसँग पर्यटन क्षेत्रमा लामो अनुभव रहेकाले पर्यटकलाई स्तरीय सेवाका साथै उचित परामर्श दिने गरेकाले पर्यटक बढी आउने गरेको व्यवसायी लामाको भनाइ छ । सस्तो र सुलभ सुविधा भएकाले कान्जिरोवा होटलमा पर्यटकको आकर्षण छ, रु ३५० मा खाना र एक रात बस्न रु एक हजार ५०० लाग्छ । जुम्लाहुँदै उच्च हिमाली पर्यटकीय क्षेत्र मुगु, हुम्ला र डोल्पा पदयात्रा, दृश्यावलोकन आदिका लागि यहाँ पर्यटक आउने गरेका छन् । पर्यटकीय हिसाबले महत्वपूर्ण यहाँ प्रख्यात रेडपाण्डा, कालो भालु, चितुवा, बँदेल, भारलगायतका वन्यजन्तु अवलोकन गर्न पाइन्छ । प्रसिद्ध मुगुको राराताल, डोल्पाको सेफोक्सुण्डो ताल, गिरी दहलगायतका पवित्र धार्मिक तीर्थस्थलले पनि यो क्षेत्रको पर्यटनलाई उच्च बनाएको छ । जुम्लाको छ हजार ८७० मिटर अग्लो कान्जिरोवा हिमाल प्रख्यात हिमाल हो । यस्तै छ हजार एक सय मिटर अग्लो पातारासी हिमाल, छ हजार दुई सय मिटर अग्लो सिस्ने हिमाल, छ हजार मिटर अग्लो हिउँचुली हिमाललगायत विदेशी पर्यटनको आकर्षण हुन् । राराताल, हिमाल र जडीबुटी अवलोकनका लागि जर्मनी, फ्रान्स, बेल्जियम, म्याक्सिको, स्विट्जरल्यान्डलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् । यहाँ पर्यटनको बजार फस्टाएको भए पनि भूकम्पका कारण अहिले पर्यटक घटेका छन् । अहिलेको याममा पर्यटकका पाँच वटा समूह यहाँ रोकिएका व्यवसायी लामाले बताउनुभयो । अघिल्लो वर्ष जुम्ला हुँदै १६ वटा समूहमा विदेशी पर्यटक जुम्ला हुँदै हिमाली क्षेत्रमा घुम्न आएका थिए । व्यवसायीका अनुसार अघिल्लो वर्ष जुम्ला हुँदै करिब ५०० पर्यटक हिमाली क्षेत्रमा गएका थिए । रारा, मुगु र खप्तड क्षेत्रमा पथ प्रदर्शकको काम गर्दै आउनुभएका जुम्लाका सीपबहादुर बुढाले हिमाल, जडीबुटी र जङ्गली जनावर अवलोकनका लागि बढी पर्यटक आउने गरेको भए पनि भूकम्पले गर्दा अहिले पर्यटक घटेको बताए । जुम्लाकै अर्का होटल व्यवसायी अशोककुमार श्रेष्ठ पनि बर्सेनि १० प्रतिशतले पर्यटक बढिरहेको भए पनि यो याममा भूकम्पले पर्यटन क्षेत्र डामाडोल भएको बताउँछन् । यहाँबाट डोल्पाको सेफोक्सुण्डो ताल, माथिल्लो डोल्पामा पर्यटक पदयात्रामा जान्छन् तर त्यहाँ कुनै बस्ती र बाटोको पथ नहुँदा पर्यटकले समस्या भोग्नुपरेको छ । जुम्लाको पर्यटन प्रवद्र्धनका लागि जनचेतना, सरसफाइलगायतका कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउन जरुरी भएको व्यवसायी श्रेष्ठले बताए । कर्णाली अञ्चलकै राजधानीका रुपमा रहेको जुम्लाको पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायले योजनाबद्ध अभियान चलाउन सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने सम्भावना देखिन्छ यसतर्फ बेलैमा ध्यान जान जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy