Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भूकम्पले जोडेपछि देशलाई यसरी जोड्दै छन् दलहरु

\"shirsha_dal\"काठमाडौं, सात वर्षसम्म विवादित राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा प्रमुख दलहरुले सहमति गरेसँगै संविधान निर्माणको प्रक्रिया अघि बढेको छ । सात वर्षसम्म रस्साकस्सीमा देखिएका कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलहरुलाई भूकम्पपछिको विपत्तिले सहमतिमा पुग्न बाध्य बनाएपछि संविधान निर्माणको बाटो खुलेको हो । विपत्तिबाट हौसिएका दलहरु अहिले सत्ता नभई संविधान र त्सपछि पुनर्निर्माणका लागि मात्र राष्ट्रिय सहमतिको सरकार बनाई मिलेर अघि बढ्नसमेत तयार भएका छन् । प्रमुख दलबीच २५ जेठमा भएको सहमतिपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा अत्याधिक सहमतिसहितको प्रतिवेदन बिहीबार संविधाननसभा पेश गरेको हो । विवादित बनेका मुख्य विषयमा प्रमुख दलबीच सहमति बनेपछि अब संविधान निर्माण प्रक्रिया थप सहज भएको हो । संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले पेस गरेको प्रतिवेदनमाथि आजबाट संविधानमा छलफल हुँदैछ । प्रतिवेदन प्रस्तुत गर्दै सभापति भट्टराईले संविधानसभा मार्फत संविधान प्राप्त गर्ने जनताको चाहना बल्ल पूरा हुने बाटो खुलेको बताए । ‘अब संविधान जारी हुने बाटो खुला भयो’ भट्टराईले भने, ‘यसले देशलाई स्थायित्व प्रदान गर्दै आर्थिक समृद्धिको बाटो खुला गरेको छ ।’ दलबीच सम्झौता गर्दा ‘दलहरुलाई केही गुमेजस्तो र केही पाएजस्तो’ लाग्नु स्वाभाविक भएको उनको भनाई थियो । २५ जेठमा दलहरुले विवादित विषयलाई किनारा लगाउन १६ बुँदे सहमतिपत्रका हस्ताक्षर गरेका थिए । फास्टट्रयाकबाट संविधान निर्माणलाई असारमसान्तभित्रै टुंग्याउने गरी अघि बढेका दलहरु संविधानसभा, मस्यौदा समितिमा छलफल गरी अघि बढाउने तयारीमा जुटेका हुन् । दलबीच विवादित विषय मध्ये संघीयतामा ८ प्रदेश बनाउने, यसमा नाम प्रदेश सभाले राख्ने र सीमा संघीय आयोगले टुंग्याउने सहमति छ । दलबीच प्रदेश बनाउँदा जिल्ला नटुक्राउने सहमति पनि भएको छ । त्यस्तै, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र निर्वाचक मण्डलबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहने शासकीय स्वरुपमा दलहरुले सहमति गरेका छन् । दलबीच प्रधानमन्त्री निर्वाचित भएको एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईनेमा गरी सहमति भई प्रस्ताव संविधानसभामा पुगेको छ । दलबीच १६५ निर्वाचन क्षेत्र बनाउने र समानुपातिकबाट ११० सिट गरी कूल २७५ सदस्यीय तल्लो सदन बनाउने सहमति भएको छ । १० वर्षसम्म संवैधानिक अदालत राख्नमा पनि दलहरु सहमत भएका छन् । के–के विवाद ? मुख्य विवादित विषयमा सहमति भएपछि नमिलेका संविधान संसोधनका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन । संविधान संसोधन सम्बन्धमा अहिले तीनवटा प्रावधानको विषय छन् । राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्वाधीनताका विषयमा असंसोधनीय धारा, संविधान संसोधन गर्नुपरेको अवस्थामा संसदको दुई तिहाईले पारित गर्ने र जनमतसंग्रहबाट टुंग्याउने र संसदको दुई तिहाई मतले संविधान संसोधन गर्न सकिने तीनवटा प्रावधानमा दलहरुले छलफल चलाएका छन् ।  कुन विकल्पमा जाने भन्ने विषयमा दलबीच समान धारणा बनिसकेको छैन । नागरिकता वितरणका विषयमा पनि दलहरुबीच विवाद छ । नेपाली महिलासँग विवाह गर्ने विदेशीलाई नागरिकता दिने गरी दलहरुले प्रस्ताव गरेका छन् । तर, त्यस्तो नागरिकले आफ्नो देशको नागरिकता त्याग गर्नुपर्ने हुन्छ । बाबु वा आमा मध्ये कुनै एकबाट वंशजका आधारमा नागरिकता लिन पाउने पाउनेगरी दलबीच सहमति बन्दैछ । यसमा सबै दलबीच समान धारणा भने बनिसकेको छैन । सोही विवादका कारण मस्यौदा समितिले विवाद मिलाउन सक्ने गरी सहमति र असहमतिको विषय समेट्दै प्रतिवेदन दलहरुले तयार पार्दै अघि बढाएका छन् । संवाद समितिले प्रतिवेदन बुझाएपछि अब कृष्णप्रसाद सिटौलाको नेतृत्वको मस्यौदा समितिले काम पाएको छ । यो समिति र नागरिक सम्बन्ध तथा जनमत संकलन समितिले अब संविधान निर्माणको प्रक्रियालाई अघि बढाउनेछन् । सत्तारुढ दलकै केही नेताको फरक मत र रायलाई समेट्दै प्रतिवेदन बिहीबार संविधानसभामा बुझाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies