Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

एमालेलाई कोइरालाको डर

SushilKoirala-KPOli_20141109050641काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार निम्ति संविधान जारी भएको भोलिपल्टै बाटो छाडिदिने घोषणा गरिसकेका छन् । तर, संविधान जारी गर्नुअघि आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयत्न पनि उनको जारी नै छ, केबल संविधान घोषणाका लागि । आजको कान्तिपुर दैनिकमा खबर छ संविधानसभाबाट जारी हुने संविधानमा सबैको स्वामित्व होस् भनेरै कोइराला आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन चाहेका छन् । सकेसम्म सबै, नसके १६ बूँदे सहमतिका पक्षधर दललाई सरकारमा ल्याएर भए पनि संविधान जारी गर्न सके आफ्नो राजनीतिक उचाई बढ्ने कोइरालाको बुझाई छ । सबैले स्वामित्व लिएको सन्देश दिन सके नयाँ संविधानको कार्यान्वयन पनि सहज हुन सक्ने उनको ठम्याई छ । सैद्धान्तिक रुपमा कोइरालाको आग्रहलाई १६ बुँदे सहमतिका समर्थक दलहरुले सकारात्मक भन्ने गरेका छन । तर, व्यवहारमा सत्ता साझेदार एमाले नै कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा तत्पर देखिएको छैन । कोइरालाले संविधानका बिषयमा सहमति खोज्न बसेका हालैका बैठकमा संविधान जारी गर्दा सबै दललाई सरकारमा ल्याउने प्रस्ताव नराखेका पनि होइनन् । तर, एमालेले त्यसमा छलफल गर्न अनिच्छा देखाएपछि १६ बूँदे सहमतिमा केही उल्लेख हुन सकेन । अनौपचारिक तहमा असार मसान्तमा संविधान जारी गर्ने र लगतै राष्ट्रिय सहमतिको सरकारका लागि कोइरालाले बाटो छाडिदिने समझदारी भएको भने नेताहरु बताउँछन् । कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनिहाले सत्ताबाट हटाउन कठिनाई हुने एमालेको भित्री ठम्याई छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji