Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

अर्बपति शेष घलेकी आमा भन्छिन्– छोरा, अब गाउँ आऊ

नायुँ, (लमजुङ), ८६ वर्षको बुढ्यौली उमेर। घरमा कोही छैनन्, एक्लै जीवन गुजार्दै आइरहेकी देवीकुमारी घले गाउँको मायाले बजार बस्न मान्दिनन्। एउटा आँखा राम्रोसँग देख्दिनन्। आँखामा फुलो परेको छ। थप बिग्रिन्छ भन्ने डाक्टरको सल्लाहले ‘अप्रेसन’ गरेकी छैनन्। बोली बयस्कको झैं दमदार छ। छोरा, विश्वकै उदीयमान अर्बपति। अस्ट्रेलियाका धनाढ्य। धनसँगै मन पनि भएका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले हुन् उनका छोरा। घनपोखराको नायुँ, जहाँ पुग्न जिल्ला सदरमुकाम बेसीसहरबाट झन्डै चार घन्टा लाग्छ। त्यही गाउँमा जन्मिएका शेष घले अहिले संसारभर चर्चाको पात्र बनेका छन्। एउटा सामान्य परिवार। छोरा बढेपछि लाहुर पठाउनुपर्छ भन्ने मान्यता थियो। गाउँका अरू युवा लाहुरे भएर घरमा आउँदा अघिपछि भरियाका लस्कर हुन्थे। नायुँमा धेरै पढ्नुपर्छ भन्नेभन्दा पनि लाहुरे बन्नुपर्छ भन्ने बढी थिए। सानैदेखि पढाइमा अब्बल थिए शेष। उनलाई पढाउन र हुर्काउन आमाले ठूलो संघर्ष गरिन्। नजिक विद्यालय थिएन, पढ्नका लागि दुराडाँडा पुग्नुपर्थ्‍यो। ‘छोरालाई हुर्काउन निकै गाह्रो भयो’ विगत सम्झिँदै देवीमायाले भनिन्, ‘म काम गर्थें, उसको बाबा खर्च बोकेर छोरो भेट्न जान्थे । चामल, मिठो कुराउनी, कुखुराको फूल, रोटी बोकेर दुराडाँडा पुग्थे बाबा। खुब दुस्ख गरेर पढायौं। एसएलसीमा पनि राम्रो अंक ल्यायो। त्यसपछि काठमाडौं हुँदै छात्रवृत्तिमा रसिया पढ्न पुग्यो।’ पति बितेको चार वर्ष पुग्यो। अहिले उनी एक्ली छन्। बेसीसहरमा घर भए पनि उनलाई त्यहाँ बस्न मन लाग्दैन। दुई छोरा, तीन छोरी अहिले कोही उनीसँग छैनन्। छोराहरू अस्ट्रेलिया बस्छन्। कहिलेकाहीं जेठा ज्वाइँले सघाउँछन् देवीमायालाई।
छोरा अर्बपति भएकोमा देवीमाया एकमन खुसी छन् र दु:खी पनि। 'मैले त सम्पत्ति छाडेर गाउँमै आऊ बाबु भनेकी थिएँ, उसले मानेन।' सम्पत्ति धेरै हँुदा शत्रु बढ्छन् भन्ने डर रहेछ उनलाई।
‘मैले त सम्पत्ति छाडेर गाउँमै आऊ बाबु भनेकी थिएँ, उसले मानेन।’ सम्पत्ति धेरै हुँदा शत्रु बढ्छन् भन्ने डर रहेछ उनलाई। छोराको प्रगति देख्दा आफूलाई भाग्यमानी ठान्छिन् उनी। तर एक्लो जीवन बिताउँदा दुःख सम्झिएर आफूलाई संसारकै अभागी ठान्छिन्। टेलिभिजनमा छोरालाई देख्दा खुसी हुन्छिन्। छोराले गरिब दुःखीलाई सेवा गरेको देख्दा दंग पर्छिन्। शेष घलेले आफूले पढेको घनपोखरास्थित ग्रामकल्याण निमाविको भवन बनाउन ५० लाख रुपैयाँ सहयोग गरे। त्यही पैसाले अहिले त्यहाँ ठूलो विद्यालय भवन बन्दैछ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page