Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

बहुलवाद पश्चगमन कि अग्रगमन ?

\"ishowar_aticle\"अहिलेको नेपालको जल्दोबल्दो राजनीतिक मुद्दा बनेको बहुलवादले धेरै हद सम्म धार्मिक, आर्थिक, सामाजिक, राजनीतिक र वैयक्तित अर्थ राख्दछ  भन्न लाइ त लाग्ला, यति सानो कुरामा किन खिचडी पकाइरहन पर्यो र तर पनि आदिम काल देखि अहिले सम्म प्रतक्ष्य र अप्रतक्ष्य रूपमा बिबादित बनेको बिषय ‘बहुलवाद’ हो  बहुलवाद सानोतिनो दर्शन हैन र डिक्सनेरीमा दुइ लाइन मात्र अर्थ राख्ने यो शब्द वास्तविक ब्यबहारमा हज्जारौ बर्ष देखि र आउने हज्जारौ बर्षसम्म बहसको बिषय बन्ने छ । यसको बहस गर्नको लागि हामि धेरै पछी परेका छौ  १७औ र १८ औ शताब्दीतिर नै यसको बहस हुनु पर्थ्यो हाम्रो समाजमा, तर बिभिन्न कालखण्डबाट गुज्रेको हाम्रो पूर्वीय सभ्यता संग यो विचार र सभ्यताको साइनो प्रभावकारी रूपमा लाग्न सकेन  अहिले आएर पनि हामि मध्ये कसैले जड राजनीति गर्छु र बहुलवाद फलाक्छौ भने कसैले गैर बहुलवादी दर्शन को मैन लिएर राजनीति मा बिबिधता खोज्न हिड्छौ  बहुलबाद्को नाममा कसैले एकमनाबादको राजनीति गरिरहेको छ भने कसैले द्वैत्वबाद अथवा द्वन्द्वात्मक भौतिकवादको राजनीति गरिरहेको पाइन्छ  यसलाई हामीले हाम्रो हाम्रो राजनीतिक, धार्मिक, र अन्य स्वार्थको नमिलेको तालमेल को रूपमा लिनु उपयुक्त होला  । खासमा बहुलवादी दर्शन भनेको विश्वको उत्पतिको क्षेत्रमा बहुतत्वलाइ प्रार्थमिकता दिने दर्शन हो  यसले सामाजिक जीवन र चिन्तनका बिषयमा बहुलतालाई नै प्रमुख तत्व मान्दछ  प्राचिनकालमा भारतीय दर्शन र युनानको सभ्यतामा पनि यसको उपस्थिति थियो  आधुनिककालमा जर्मन दार्शनिक ‘लाइवानित्ज’ र अमेरिकी दार्शनिक ‘विलियम जेम्स’ लाइ बहुलवादी दर्शन लाइ बिकाश गरेको श्रेय जान्छ  पछिल्लो समयमा युरोपमा यसको आधार फैलिएपछि, संसदीय राजनीतिको रुपमा बहुलबादले राजनीतिमा प्रवेश गर्यो र यसलाई वेस्टमिनिस्टर प्रणालीको आधारभूत दर्शन को रुपमा एउटा सिद्दान्त स्थापित भयो   हाल आएर उत्तराधुनिकताबादी दर्शनको मुख्य अध्ययन बहुलवादी अवधारणा लाइ टेकेर गरिन सुरु गरियो । बहुलाबाद्को अध्ययन गर्नुभन्दा पहिले यो संगै सम्बन्धित अरु दुइवटा दर्शनलाई छुटाउनु हुदैन  ‘एकमनाबाद’ र ‘द्वैतबाद’  नेपालको सन्धर्भमा एकात्मक केन्द्रिकृत राज्य, संघियताको बिरोध, हिन्दु राजतन्त्रको पूनर्स्थापना जस्ता मुद्दाहरु उठाउनेहरुलाइ एकमनाबादिको संज्ञा दिन सकिन्छ भने, विरोधीको अस्तित्व नस्वीकार्ने, अन्तरविरोध लाइ सम्झौतामा हल गर्न नचाहने जस्ता चरित्र एकमनाबाद्को राजनीतिक आधार हरु हुन  द्वैतावाद दर्शनले बिपरितहरुको एकता, संघर्ष र रुपान्तारणमा जोड दिन्छ  विरोधीहरु संग एकता गर्ने, निश्चित मुद्दाहरुमा संघर्ष र संघर्ष पछाडीको स्थिति भनेको पुरै नया कुराको खोजि गर्ने चरित्र भनेको द्वैताबाद वा द्वन्द्वात्मक भौतिकवाद हो  यसलाई बिषेशत मार्क्सवादी दर्शन पनि भनिन्छ ।
संबिधानमा एउटा शब्दको लागि मरिमेट्ने कान्ग्रेसीजनहरु भोलि बहुलवादकै हल्ला पिटाएर चुनाव जित्ने छन् भन्ने कुरामा पनि शंका गर्न सकिन्छ  कुनै पनि राजनीतिक दर्शन नबोकेको एमाले र एमालेजन हरु रातारात फ्लोर क्रस गर्न माहिर देखिन्छन  निश्चित राजनीतिक दर्शन बोकेको एमाओवादी पनि हाल आएर अमूर्त प्रजातन्त्रमा सति जानी स्थितिले देशलाई नकारात्मक दिशातिर डोर्याउने कुराको गन्ध आजै फेला परेको छ १६ बुदे सहमति मार्फत  ।
१६ बुदे राजनीतिक सहमतिको आधार नै बहुलवादी दर्शन संग सम्बन्धित छ  द्वन्द्वात्मक भौतिकवादी दर्शन बोक्नेहरु एकाएक हुनेखानेहरुको मात्रै सहभागिता रहने पूँजीवादी पर्तिश्पर्धा, गरिबलाई गरिब नै राख्नु पर्छ, दलित हरुलाई दलाइरहनु पर्छ अनि संसार बहुल छ र यसको हरेक पक्षको उपयोग मात्र गरिरहनु पर्छ भन्ने मान्यता बोकेको १८ औ शताब्दीतिर युरोपमा देखिएको जस्तो मान्यताको आधारमा बनेको सहमति मा किन र कसरि हस्ताक्षर् गर्न पुगे भन्ने कुरा इतिहास ले नै दर्शाउला  यतिले मात्र नपुगेर बहुलवाद भन्ने शब्द नै सहमति लगायत संबैधानिक प्रस्तावनामा पनि लेख्नुपर्छ भन्ने कांग्रेसी अडानलाइ नै मौन समर्थन गरेका भौतिकबादीहरुको अभिष्ट सत्ता नै हो भन्ने कुराको पुनर्पुष्टि गरिरहनु आवश्यक छैन  एकमनाबादले जस्तो बाकि सबै कुराको निषेध बहुलवाद इतिहासमा कुनै कालखण्डमा उपयोगी रहे पनि आधुनिक समाज निर्माणको द्योतक हुने सक्दैन  ि माओबादी द्वन्दताका धेरै मात्रामा प्रयोग हुने तीनवटा शब्दहरु ‘प्रतिगमन’ ‘यथास्थितिबाद’ र ‘अग्रगमन’ का लागि क्रमश एकमनाबाद, बहुलवाद र द्वन्द्वात्मक भौतिकबाद भन्ने तीनवटा शब्द सापटी लिएर व्याख्या गर्न सकिन्छ  । बहुलवादलाइ सिधै नेपालको राजनीतिक परिघटनाको आधारमा जोडेर हेर्ने हो भने सुधारियको संसद भन्ने शब्दले नै यसको अर्थ मजाले दिन्छ  २०३६ सालमा भएको देशव्यापी आन्दोलन, जनमत संग्रह पछी सुधारिएको पंचायत मा गएर टुंगिएजस्तो १० बर्षको सशस्त्र संघर्ष, १५ हजारको बलिदानी, जनान्दोलन २ को समाप्ति अन्त्यमा आएर सुधारिएको संसदमा हुनु दुर्भाग्यपूर्ण छ  हुनत भौतिकबादी दर्शन बोकेको मानिएको माओबादीहरुले नोट अफ डिसेन्ट लेख्दै हस्ताक्षर गर्ने प्रण गरेको छ यो भनेको माधव कुमार नेपालले २०४६ सालको संबिधानलाइ आलोचनात्मक समर्थन गरेर पछी ज्ञानेन्द्र लाइ दाम चढाउने लगायत प्रतिगमन आधा सच्चिएको बहानामा सत्तामा जानै पर्ने जस्तो मात्र हुने छ  यसलाई जनताले कुन हिसाबमा मुल्यांकन गर्नेछन् आगामी चुनावमा मात्र थाहा होला  हालको संबिधानसभामा पनि प्रतक्ष्य निर्वाचित कार्यकारी शासनप्रणाली हुनुपर्ने पक्षमा स्पष्ट दुइतिहाई पुगेको अवस्थामा पनि सुधारिएको संसदमा भासिनु कत्ति पनि जायज छैन । हिजो स्पष्ट रुपमा हिन्दुवादी दर्शन, सामन्तबादी राजतन्त्रको पक्षमा खुलेर वकालत गर्ने, एकामनाबादी चरित्र बोकेको नेपाली काँग्रेस अहिले आएर सत्तारोहणको लागि बहुल्बाद्को बहुलठ्ठीपानामा झुण्डीइरहको छ  अमूर्त प्रजातन्त्रको कुरा गरेर बिषेशत धेरै राजनीतिक दर्शन बोकेका तर कोखै बाट कांग्रेस बनेकाहरुलाई कुनै राजनीतिक दर्शन संग लेनदेन छैन तर आफ्नो मात्र कुरा गरेर संबिधानमा एउटा शब्दको लागि मरिमेट्ने कान्ग्रेसीजनहरु भोलि बहुलवादकै हल्ला पिटाएर चुनाव जित्ने छन् भन्ने कुरामा पनि शंका गर्न सकिन्छ  कुनै पनि राजनीतिक दर्शन नबोकेको एमाले र एमालेजन हरु रातारात फ्लोर क्रस गर्न माहिर देखिन्छन  निश्चित राजनीतिक दर्शन बोकेको एमाओवादी पनि हाल आएर अमूर्त प्रजातन्त्रमा सति जानी स्थितिले देशलाई नकारात्मक दिशातिर डोर्याउने कुराको गन्ध आजै फेला परेको छ १६ बुदे सहमति मार्फत  । समग्रमा बिरोधिहरुको एकता, तिनीहरुबीच संघर्ष र गुणात्मक रुपान्तरण कुनै भौतिक शास्त्रको अकाट्य सत्य भए जस्तै, सामाजिक राम्रचना, मूल्य मान्यता हरुलाई सम्मान अर्दै रुपान्तरण गर्ने प्रक्रियामा गरिने संघर्ष नै आजको युगको आधार हो  बहुल चरित्र ग्रहण गरेको हालको नेपालको राजनीतिक बस्तुस्थितिलाइ विभिन्न बिचारहरुको संघर्षद्वारा गुणात्मक रुपमा परिवर्तन गरेर बिकाशको शुत्राधार गर्नको लागि १७ र १८ शताब्दीतिर नै मक्किएको बहुलवादी दर्शन पर्याप्त छैन  विभिन्न भाषिक, सांस्कृतिक, जातीय, वर्गीय, र लिंगीय मुद्दाहरुको सहि उठान गरेर देखिएको अन्तरविरोध सहि रुपमा हल गर्ने र नया सामाजिक, आर्थिक र राजनीतिक मूल्य मान्यताका लागि बहुबुख्याचा चरित्र बोकेको उपयोगवादी राजनीतिक मान्यता लाइ प्रहार गर्ने र कम्तिमा पाच बर्ष सम्म टिकेर शासन गर्न सक्ने बलियो राजनीतिक प्रणाली र त्यहि अनुसारको राजनेता आजको नेपालको प्रमुख आवश्यकता हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE