Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

पुर्वराजाका ज्वाईंलाई करोडौंको झड्का

१ असार, काठमाडौं, पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंह बेला बेला पूर्व युवराज पारसकै जस्तो व्यवहार देखाउनाले समस्यामा पर्ने गरेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ–उद्दण्ड स्वाभावका कारण उनले हालै करोडौं क्षति बेहोर्नुपरेको छ । विविध व्यावसायका हात हालेका उनको क्यासिनो व्यावसायमा निक्कै लगाव छ याक एण्ड यतिमा रोयल क्यासिनो चलाउँदै आएको उनी त्यही कारण दुई पटक प्रहरी खोरमा समेत परिसकेका छन् । एक पटक क्यासिनोमा जुवा खेलाएको भन्दै रमेश खरेलले पक्राउ गरे भने अर्को पटक मदिरा आएर झगडा गरेको आरोपमा पक्राउ परेका थिए । गिल्ट इन्टरनेसनल नामक कम्पनीको नाममा उने रोयल क्यासिनो चलाउँदै आएका छन् । जुन एकसातादेखि बन्द छ, अनौठो कारणले । डेढ वर्ष अघि सरकारले क्यासिनोहरुलाई कडा नियम लागू गर्यो । क्यासिनो खोल्न ३५ करोड रुपैयाँ लाग्ने भयो । जुन मापदण्ड अनुसार क्यासिनो संचालन गर्न सबै जना असफल भए र राजधानीको सबैजसो क्यासिनो बन्द हुने अवस्थामा पुगे । तर, पनि केहीले चोर बाटो अपनाए । अर्थात अदालतमा सेटिङ मिलाएर क्यासिनो खोल्न आदेश ल्याए । सर्वोच्च अदालतको आदेश अनुसार नै रोयल क्यासिनो पनि क्यासिनो संचालन सम्बन्धी नयाँ नियमावली लत्याएर संचालन हुँदै आएको थियो । जसको मुख्य डिजाइन गरेका थिए, मनोज सुवेदीले। सुवेदी तिनै व्यक्ति हुन् जसले राजधानीका सबै क्यासिनोमा काम गरिसकेका छन् । उनैले सिंहलाई सहयोग गर्दै आएका थिए । अदालतको सेटिङ मिलाउन पनि उनैले सिंहलाई सहयोग गरे । तर, गत महिना राजबहादुर र सिंहको सम्बन्ध टुट्न पुग्यो । भारतीय टिमलाई कार्यकर्ता बनाएर सुवेदीलाई निकालिदिए । तर, अदालतमा रिट हालेर क्यासिनो खुलाएका सुवेदीले अदालतमा अर्को निवेदन दिएर आफ्नो रिट निवेदन फिर्ता गराए । प्रहरी र पर्यटन विभागलाई त्यसको जानकारी गराए र पर्यटन विभागका कर्मचारीले गतसाता क्यासिनोमा तलाबन्दी गरिदिए । विवादका कारण राजबहादुरलाई करोडौं घाटा हुन पुग्यो । साथै, ५ सय भन्दा धेरे कर्मचारीको रोजगारी पनि गुम्ने अवस्था आयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE