Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

बुढा कमरेडले छोरी सरहकी दोस्री ल्याउँदा .....

असार २, काठमाडौं । एमाओवादी पोलिटब्यूराे सदस्य हेमन्तप्रकाश ओली सुदर्शन ६ वर्षदेखि अवैध सम्बन्ध राख्दै आएकी प्रेमिकाबाट जन्मिएका बच्चाका बाबु बनेका छन् । यस अघि हेमन्त र ती महिलाको सम्बन्धलाई लिएर पार्टी भित्र र बाहिरसमेत पटकपटक कुरा उठे पनि नेतृत्वले वास्ता गरेको थिएन । आजको जनआस्था साप्ताहिकमा खबर छ–शनिबार एमाओवादी केन्द्रीय समिति बैठकमै कुरा उठेपछि प्रचण्डले एकपटक स्पष्टीकरण सोधेर ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरिने बताएका थिए । प्रचण्डले यस्तो निर्णय सुनाउँदा स्थायी समिति सदस्य जनार्दन शर्माले भने निलम्वनको नाटक रचेर बहुविवाहलाई बैधता दिन खोजेको टिप्पणी गरेका थिए । बैठकमा हेमन्त उपस्थित थिएनन् । प्रचण्ड पुत्र प्रकाशले विना मगरलाई तेस्री पत्नी बनाएको घटनालाई पनि एमाओवादीले ६ महिना निलम्बन गरिएको भन्दै वैधता दिन पुगेको थियो । अहिले बिनाबाट पनि प्रकाशले बच्चा जन्माइसकेका छन् । ६ वर्षदेखि हेमन्तको प्रेमिका रहेकी जनयुद्धकालीन रेडियो गणतन्त्रकी पत्रकार अम्बिका चन्द गर्भवती भएपछि मात्रै पार्टीले कारबाही थालेको हो । तर, यसलाई अति गोप्य राखिएको छ । पार्टी अध्यक्ष र महासचिवको नाममा जारी गरिएको सर्कुलरमा समेत यसबारे उल्लेख छैन । तीन अगाडि नै हेमन्तले मध्यरातमा लामो समयसम्म फोन गर्ने गरेको जनआस्थाले सार्वजनिक गरेको थियो । सानो उमेरमै जनयुद्धमा लागेकी जाजरकोट घर भएकी ठकुरीकी छोरी अम्बिका पार्टी कार्यकर्ता, कलाकार हुँदै रेडियो गणतन्त्रमा कार्यरत भइन् । त्यसैक्रममा जनमुक्ति सेनामा कार्यरत एक दलित छापामारसँग प्रेम विवाह गरिन् । रेडियोमा काम गर्दा शान्ति प्रक्रियाको बेला पत्रकारसँग सम्बन्ध बढेपछि पुरानोलाई छोडिन् । तर, पत्रकारसँग पनि सम्बन्ध अघि बढेन । यस्तैमा उनको हिमचिम हेमन्तसँग हुन थाल्यो । उनलाई मगरात कार्यालयमा जिम्मेवारी दिएर हेमन्तले आफूसँग राखे । त्यतिखेर नेता कार्यकर्ताले शंका गर्दा हेमन्तले आफ्नी छोरी बनाएको बताएका थिए । अम्बिकाले पनि हेमन्तलाई बाबु भनेर सम्बोधन गर्थिन् । माओवादी सरकारमा आएपछि अम्बिकालाई काठमाडौंमा ल्याएर उनले वयोधा अस्पतालमा जागिर पनि लगाइदिए । यता आएपछि पनि दुवैको हिमचिम रोकिएन । उनीहरुको सम्बन्धमाथि नेता कार्यकर्ताले आँखा चिम्लिदिए । पटकपटक अम्बिकाले एभर्सन गर्दै आएकी थिइन् । तर, पछिल्लो पटक टाइम बढी भएकोले डाक्टरले स्वीकृति नदिएपछि हेमन्त प्रेमिकाबाट जन्मने बाबु बन्न लागेका हुन् । हेमन्तकी छोरीको उमेर नै २५ वर्ष भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending