Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

जंगलबाट विप्लवको निर्देशन : राज्यसत्ताविरुद्ध मृत्यु रोज्न तयार हुनुहोस्

\"Biplab\"काठमाडौं, २ असार । हालै प्रमुख दलबीच भएको १६ बुँदे सहमतिलाई धोका भनेको विप्लव माओवादीले बल्खुदेखि चार किलोमिटर दक्षिणपूर्वमा अवस्थित चोभारको जंगलमा गत शुक्रबार गोप्य भेला गरेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ–महासचिव नेत्रविक्रम चन्द विप्लव, धमेन्द्र बास्तोला, प्रकाण्ड लगायत नेताले सम्बोधन गरेका थिए । बिहान ९ बजेबाट सुरु भएको भेला ६ घण्टासम्म चलेको थियो । ३५० नेता कार्यकर्ता सहभागी भेलामा अस्थायी घर निर्माणमा खटिएका कार्यकर्तालाई विप्लवले प्रशंसा पत्र दिएका थिए । पुननिर्माणमा खटिएका टिम लिडरले आफ्नो अनुभव पनि भेलामा सुनाएका थिए । हेटौडाका टिम लिडर योगेन्द्र कुमालले पुननिर्माण कार्यमा पुगेका एमाले नेता माधव कुमार नेपाललाई जनताले राहत अनियमितताको विषयमा प्रश्न सोधेर हैरान पारेपछि नेपालले प्रसंग मोड्दै स्थानीय जनतासँग अँगालो मारेर फोटो खिचाएको बताए । त्यस्तै, सिन्धुपाल्चोकका राजु कार्कीले तास खेलेर बसेका एक मास्टरलाई कारवाही गरिएको प्रसंग सुनाए । ‘तास खेलेर बसेको एक मास्टरलाई तास च्यातेर मुखमा कोचिदिउ, पुलिस आए तर हाम्रो काम देखेपछि उल्टै मास्टरलाई कारवाही गरे ।’ उनले भने । भक्तपुरका टिम लिडर शंकर अधिकारीले विप्लवलाई माओवादील्े कस्तो क्याडर चाहेको हो भन्ने स्पष्ट नभएको बताउँदै कार्यकर्ताको उचित मूल्यांकन गर्न आग्रह गरे । सबैको रिपोर्टिङ सुनेपछि विप्वलले १६ बुँदे सहमति धोका भएको भन्दै खारेजीको माग गरे । १६ बुँद खारेजीकोलागि राज्य सत्तलाई नै धक्का दिने गरी योजना ल्याउने बताउँदै कार्यकर्तालाई मृत्यु रोज्न तयार भएर बस्न निर्देशन दिए । केही संचारमाध्यवविरुद्ध पनि विप्लव कड्किए । कान्तिपुर नागरिकको प्रसंग आउँदा कार्यकर्ताले हुटिङ गरेका थिए । कान्तिपुरमा छापाखाना मजदुरको तलव वृद्धिको माग राख्दै आए पनि नभएको भन्दै विरोध गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending