Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

लोकमानको राष्ट्रपति बन्ने इच्छा

\"Lokman-400\"शनिबार अपराह्न ३ बजेको आसपास । भैंसेपाटीमा दलबलसहितको एउटा गाडी घड्याप्प रोकिन्छ । त्यसबाट सेनामेनासहित एकजना ज्यानदार मान्छे ओर्लन्छन् र स्फुर्तीसाथ लमक–लमक गर्दै माथि उक्लिन्छन् । भेट्न गएको मान्छे अगाडि पर्नासाथ धाप मार्छन् र भन्छन्, ‘वेल डन म्यान!’ (ठीक गर्नुभयो !) आजको जनआस्था साप्ताहिकमा खबर छ – पहिचान र सामथ्र्यसहितको आठ प्रदेशमा सहमति जुटाउँदै चार प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सम्झौताविरुद्ध ‘नटवरलाल’ अमरेशकुमार सिंहले सार्वजनिक अभिव्यक्तिमात्र दिएनन्, फरक मत पनि दर्ज गरे । यसबाट कति मानिस खुसी भए, कतिले ‘पागलपन’ को संज्ञा दिए । यीमध्ये भैंसेपाटीस्थित अमरेशको घरमै पुग्ने ज्यानदार मानिसको हो, लोकमान कार्की । राज्यले संवैधानिक आयोगको प्रमुखका रुपमा जिम्मेवारी दिएको व्यक्तिले राष्ट्रिय स्वार्थका विषयमा कस्तो भूमिका निभाउनुपर्छ ? राजाको हुकुमप्रमांगीदेखि गणतन्त्रको स्वादसम्म चाख्ने ती ज्यानदारलाई भनिरहनुपर्दैन, त्यो पदमा बसेकाले कस्तो भूमिका निभाउन मिल्छ, कस्तो मिल्दैन ? अमरेशले १६ बुँदेको विरोध गरेकोप्रति धाप मार्न मिल्ने व्यक्ति हुन् उनी ? तर, खुशीसाथ भैंसेपाटी पुगी–पुगी धाप मारिदिए । भने, ‘गो अ हेड !’ अर्थात, ‘अझै अगाडि बढ्नुस् ।’ ‘भारत र राष्ट्रपतिको सहमतिबिना १६ बुँदे कसरी लागु हुँदोरहेछ ? हामी पनि हेरौंला..’ भन्दै लोकमान हिजो–आज साँझ परेपछि पड्किन थालेका छन् । कारण रहेछ, दुइटा । एउटा हो, ०६२/६३ को जनआन्दोलनपछि संवैधानिक अंगका अधिकारीको पुनर्नियुक्ति गरिएझैं, नयाँ संविधान जारी भएपछि आफूहरु पुनः नयाँ प्रक्रियाबाट नियुक्त हुनुपर्ने कुराको त्रास । यसबीच, लोकमानले गर्न हुने भन्दा नहुने काम बढी गरे । त्यहि कुरा उनको पुनर्नियुक्तिका लागि गलपासो बन्ने खतरा छ । अर्को हो, देशमा जति धेरै अस्थिरता कायम रह्यो, संक्रमणकाल लम्बियो, उति उति नै लोकमानजस्ता धुन्धकारीले अनेकन रमिता देखाउन पाउँछन् । संविधान बन्यो र देश सिस्टममा चल्न थाल्यो भने पाखा लगाउनुपर्ने खतरामा पर्छ, उनीहरु । मदिराले झुम भएपछि लोकमान आजकाल एउटा असम्भव लालसा व्यक्त गर्छन् – राष्ट्रपति र प्रधानमन्त्री बन्ने । अहिलेको १६ बुँदेप्रति राष्ट्रपतिको असहमतीमात्र हैन, त्यहीअनुसार मुलुक चल्दा उनले सेनाको सहयोगमा कार्यकारिणीमाथि हस्तक्षेप गर्ने र आफ्नो प्रत्यक्ष शासन गर्दाको अवस्थामा लोकमानले प्रधानमन्त्री बन्ने सपना बुनेका रहेछन् । वा, त्यही मेसोमा उस्तैपरे राष्ट्रपति नै पड्काउने सपना आँखा नचिम्लिकनै देख्न थालिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending