राजनीतिक रुपमा कांग्रेस यो संविधान निर्माणको प्रक्रियालाई ३–४ महिना पछि धकेल्न चाहन्छ । सोही कारण उसले यो बहुलवादको लफडा गरिरहेको छ यतिबेलाको संविधानसभामा माक्र्सवादीहरुको बहुमत छ । कांग्रेसमा माक्र्सवादीहरुले पेल्ने हुन् कि भन्ने भय छ । तर, त्यो भय कृत्रिम हो । माक्र्सवादीहरुलाई झुक्याउन खोजेको भए पनि वाहियात हो ।बहुलवाद दर्शन हो । यसलाई दर्शन र राजनीतिमा दुई तरिकाले बुझ्ने गरिएको छ । एक तत्ववादको रुपमा बुझ्न सकिन्छ । बहुलवादले पदार्थलाई सबै कुराको अन्तिम सत्य मान्ने गर्छ । विचारदेखि संसारका सबै चिजहरु पदार्थकै उपजको रुपमा बहुलवादले ठान्ने गर्छ । तर, यो कुरालाई आध्यात्मवाद र भौतिकवादले मान्दैन । राजनीतिक, सामाजिक विभेदलाई मान्नु र बहुलवादलाई मान्नु फरक कुरा हो । बहुदल र बहुलवाद फरक कुरा हुन् । बहुलवाद दार्शनिक कुरा हो । बहुदल भनेको राजनीतिक शब्द हो । माक्र्सवादीहरु समाजको विविधतालाई स्वीकार गर्छन् । अहिलेका माक्र्सवादीहरुले बहुदलीय व्यवस्थाको सामाजिक विविधतालाई स्वीकार गरेका हुन्, बहुलवाद स्वीकार गरेका होइनन् । आजको यथार्थता राजनीतिमा बहुदलीय व्यवस्थालाई स्वीकार गरिएको अवस्था हो । राजनीतिक दलहरुले बुझेर वा नबुझेर संविधान निर्माणका बेला यो बहस गरिहेका छन् । कांग्रेसले बहुलवादलाई नबुझेर यो विषयलाई ल्याइरहेको छजस्तो मलाई लाग्छ । यतिबेला जसरी कांग्रेसले बहुलवादको लफडा झिकेको छ, यो अर्थपूर्ण छैन । दलहरुले बहुलवादको विषयमा सैद्धान्तिक र राजनीतिक रुपमा बुझाउनु जरुरी छ । यतिबेलाको संविधानसभामा माक्र्सवादीहरुको बहुमत छ । कांग्रेसमा माक्र्सवादीहरुले पेल्ने हुन् कि भन्ने भय छ । तर, त्यो भय कृत्रिम हो । माक्र्सवादीहरुलाई झुक्याउन खोजेको भए पनि वाहियात हो । राजनीतिक रुपमा कांग्रेस यो संविधान निर्माणको प्रक्रियालाई ३–४ महिना पछि धकेल्न चाहन्छ । सोही कारण उसले यो बहुलवादको लफडा गरिरहेको छ । तर, यो बखेडाबाजी गर्नुपर्ने विषय होइन ।
प्रतिकृया लेख्नुहोस्: