आषाढ़ ६ गते, २०७२ शनिवार 20th June, 2015 Sat०७:०६:३६ मा प्रकाशित
५ असार, काठमाडौं । नयाँ संविधानका लागि सात वर्षदेखि व्यग्र प्रतीक्षारत नेपाली जनतामा गत २५ जेठमा प्रमुख चार राजनीतिक शक्तिबीच भएको १६ बुँदे सहमतिले उमंग ल्याइदिएको थियो । जननिर्वाचित संविधानसभाबाट कहिल्यै संविधान नआउने हो कि भन्ने त्रासमा रहेका जनतालार्ई त्यो सहमतिले हर्षित पनि बनायो । तर, दलहरू बिचको सहमतिलार्ई सर्वोच्च अदालतले हस्तक्षेप गरी राजनीतिक फैसला गरेपछि विवादित बन्न पुगेको छ ।
आजको राजधानी दैनिकमा खबर छ दलहरूले नाम र सीमांकन विनाका आठ प्रदेश बनाउने सहमति जुटाएपछि सक्रिय भएको संविधान निर्माण प्रक्रिया अदालतको आदेशसँगै पुनः विवादमा फसेको छ । यस पटकको विवाद विगतको भन्दा पृथक् बन्यो । संविधान निर्माण दलीय एजेन्डा र नीतिको विवादसँगै शुक्रबारबाट संवैधानिक र कानुनी अड्चनमा फसेको छ ।
सर्वोच्च अदालतले दलहरू बिचको १६ बँुदे सहमतिलार्ई संविधानविपरीत मात्र भनेन, यसको कार्यान्वयनले देशमा अशान्ति र थप द्वन्द्व निम्तिने ठोकुवासमेत गरेको छ । हम्मेसी राजनीतिक प्रकृतिका विषयमा पन्छिँदै आएको अदालत संविधान निर्माणले साँच्चिकै गति लिन थालेपछि भने गतिशील प्रक्रिया रोक्ने स्पष्ट आदेश दिएको छ । सर्वोच्चको यो आदेशलाई लिएर शुक्रबारबाटै दुईथरी मत देखा परिसकेका छन् । कानुनका ज्ञाता धेरैले अदालतले द्धैध चरित्र देखाएको बताएका छन् ।
सात वर्ष अघि सोाही धारालाई टेकेर राज्य पुनसंरचना आयोग गठनको माग गर्दै दायर रिट निवेदनलाई सर्वोच्चका न्यायाधीश केदारप्रसाद गिरीले पहिलो सुनुवाईमै राजनीतिक विषय भएको भन्दै खारेज गरिदिए ।
सात वर्षपछि गिरिजचन्द्रलाको इजलासले भने सोही धारासम्बन्धी संविधानसभामा प्रवेश गरिसकेको विषयलाई संवैधानिक आँखाभित्र पारेर संविधानसभाको कामलाई असंवैधानिक देख्न पुगेको छ ।
संवैधानिक कानुनका ज्ञाता अधिवक्ता चन्द्रकान्त ज्ञवालीको बुझाईमा सर्वोच्चको यो द्धैध चरित्र हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: