Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

एसएसबीको ज्यादती नेपालीसँगै भारतीयमाथि पनि

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको सीमा क्षेत्रमा गर्ने ज्यादती झन् बढेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–नेपालीमाथि मात्र हुँदै आएको ज्यादती भारतीय नागरिकमाथि पनि हुन थालेको छ । केही समययता भारतीय नागरिकमाथि पनि एसएसबीले सीमा क्षेत्रमा सुरक्षा चेकजाँचका क्रममा कुटपिट गर्ने गरेका हुन् । सुरक्षा बलकै कुटाईबाट भारतका रक्सौल अहिरवा निवासी लालबाबुप्रसाद गम्भीर घाइते भएका छन् । कुटपिटबाट उनको देब्रे हाट भाँचिएको छ । ३ फागुनमा नेपाली व्यापारीबाट सामान लिएर जाने क्रममा उनीमाथि कुटपिट भएको हो । सामानको रसिद भन्सार कार्यालयमै लिएर गए पनि आफूलाई सांघातिक हमला भएको उनले बताए । ‘रसिद मसँग छैन भन्ने बित्तिकै मलाई बुटले भकुर्न थाले’ लालले भने । ज्यादती बारे भारतीय नागरिकको उजुरीसमेत प्रहरीले दर्ता नगरी फकाइदिएको थियो । नेपाल भारत बोर्डर समिटमा भाग लिन आएका भारतीय विदेश मन्त्रालयका संयुक्त सचिव अभय ठाकुरलेसमेत एसएसबीको गतिविधि सन्तोषजनक नदेखिएको बताए । एसएसबीको गतिविधिले बस्नै नसक्ने अवस्था आएको भन्दै रक्सौलका व्यपारी, ढुवानी व्यावायी, नागरिक समाजका अगुवाले विदेश सचिवसँग गुनासो गरेका थिए । दुई दिने समिटका क्रममा एसएसबीको आलोचना भएपछि भारतीय गृहमन्त्रालयका सचिव स्नेहलता कुमार र विदेश सचिव ठाकुरले एसएसबीका डिआइजी एएन सिन्हा र कमान्डेट सुनिल कुमारलाई झपारेका थिए । वर्षौदेखि सीमा क्षेत्रमा एसएसबीले नेपाली नागरिकमाथि कुटपिट, दुव्र्यवहार, लुटपाट जस्ता गतिविधि गर्दै आएका छन् । नेपाली भूमिमा प्रवेश गरेर समेत नागरिकमाथि उनीहरुले ज्यादती गर्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy