Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

श्रीमान्, भुँइचालो रोक्ने आदेश चाहियो

\"dipshikha\"श्रीमान्, सोध्न हुन्थ्यो कि हुँदैनथ्यो ? बोल्न हुन्थ्यो कि हुँदैनथ्यो ? त्यति उचो आसनमा बिराजमान हजुरलाई भन्नुहुन्थ्यो कि हुँदैनथ्यो ? भनें श्रीमान् । हिजोबाट भन्न मन लाग्यो । सोध्न मन लाग्यो । साँच्ची भन्दा म हजुरको आँगनमा एकपटक पनि पाइलो नटेकेको बबुरो अब डराउन थालेको छु । हिजोदेखि । अलिअलि पहिला पनि लागेको थियो । श्रीमानलाई नसोधी केही गर्ने की नगर्ने ? दोधारमै गरें । भुल भए माफ पाऊँ । अब सोध्न पर्नेभयो । हिजोबाट । कार्यालयमा बस्दाउठ्दा हजुरको आदेश सम्झन्छु र झस्किन्छु । ढोका तानिरहँदा कार्यालय बन्द गरुँ कि नगरुँ ? श्रीमानले के भनिसिन्छ ? भोक लाग्छ, खाना–खाजा खाऊँ कि नखाऊँ ? निन्द्रा लाग्छ, सुतुँ कि नसुतूँ ? बिउँझिन्छु –उठूँ कि नउठूँ ? खाली हजुरको आदेश सम्झन्छु । श्रीमानले के भन्ने हो ? बुढीले चिया दिन्छिन् खाऊँ कि नखाऊँ ? आफिस जानुपर्छ –जाउँ कि नजाउँ ? श्रीमान् चौपट्ट भयो । उखरमाउलो । नसोधुँ– श्रीमान् रिसाइसेला । सोधुँ– श्रीमानले हकारीसेला । कस्तो उत्पात् । काठमाडौंमा झमझम पानी पर्यो– हिजो रातभरी । हल्का शितल हुनुपर्नी । तर झन् उखरमाउलो भयो । श्रीमानले के भनिसेला । श्रीमानको के आदेश आउला ? मन पोलेपछि यो बिन्ति लेखें । श्रीमानलाई अपमान लाग्ला । मलाई लाग्छ– सम्मानपूर्वक लेखेपछि कसरी अपमान होला र ? सोचेको हुँ, यी मेरा निजी मामला हुन् । निजी मामलामा श्रीमान् नआइसेला । फेरी हजुरका यसअघिका आदेश सम्झन्छु । श्रीमान् आइसेला लाग्छ । र डराउँछु । श्रीमान्, हजुरको आँगनमा एउटा डिजिटल बोर्ड टाँस्न लगाइस्यो । त्यो बोर्डमा हामी मानिसले गर्न हुने र नहुने बुँदागत आदेश होस् । बिहान सबेरै त्यो पढ्न लाम लागाैंला र जीवन चलाउँला । त्यति भएसी हजुरलाई बेन्च बसाल्नु परेन ।
श्रीमान्, साँच्ची भुँईचालोको कुरो सोध्नै बिर्सेछु । अब के हुन्छ ? आउँछ कि आउँदैन ? त्यो आउन पाउँछ कि पाउँदैन । हजुरको आदेश के हुन्छ ? आउन पाउने हुन्छ कि नपाउने हुन्छ ? यहि भुँइचालोको पनि अर्को कुरा । हुन त नसोधुँ । हजुर वैशाख ११ मा विराम होइसिन्थ्यो होला । हजुरको गाथमा आराम’थ्यो भने १२ को भुँइचालो आउन नपाउने आदेश दिइसिन्थ्यो । यत्रा नेपाली किन मर्थे ? हजुरको गाथमा विराम भ’र हो । यत्रो जनधनको क्षति किन हुन्थ्यो ?
अँ श्रीमान्, यी निजी कुरा हुन् । लेखेपछि अलिकति अरुपनि लेखौं लाग्यो । लेखौं की नलेखौं ? सोध्न मन’थ्यो । हजुरको आँगनमा पाइला टेक्दा मेरा पैंताला पवित्र हुन्थे होला । शनिबार परेछ । सोध्न पाइनँ । आइतबारसम्म किन नपर्खेको भनेर हकारीसेला । अघि नै भनेनीँ– मलाइ खपिनसक्नु भएको छ । श्रीमान्, खप्नै नसेकर । आजै लेखेँ । घरकी बुढी सोध्दैथी– श्रीमानले के भनिस्यो ? हजुरलाई मात्रै भनुँ – उनलाई ककनी घुमाउँला भनेको थिएँ । हजुरको आदेशपछि नसोधी आजको शनिबार हिँड्न सकिनँ । आइतबार छोरोको स्कुल लाग्छ । भरे साँझ उसले नि सोध्छ– श्रीमानले के भनिस्यो ? उसलाई स्कुल पठाउँ कि नपठाउँ भएको छ । श्रीमान्, हजुरको आँगनमा धाइरहेका काभ्रे पाँचखालका एकजना बा’ छन् । उनी भन्थे– १७ वर्षदेखि हजुरको आँगनमा धाइरहेका छन् रे । उनले न्याय पाएकी पाएनन् ? अघि नै भनें मैले हजुरको आँगनमा पाइलो टेकेको छैन । सुनेको छु – हजारौं फाइलहरु छन् रे हजुरको दराजमा । ती न्यायका बिन्तिपत्र । ती के भए ? मलाई सोध्न मन छ ? तर सक्दिनँ । श्रीमान् रिसाइसेला । यत्ति सोधुँ– धमिरा लागेको छ कि छैन श्रीमान् ? श्रीमान्, मनमा अनगिन्ती प्रश्न छन् । शनिबार हजुरको फेसबुक चियाएँ । ‘हजुर डराइसिन्न’ लेखिस्या र’छ । हो त नि, हजुर किन डराइसिनी ? मानिसभन्दा उपल्लो दर्जाको हजुरसँग मानिसहरु पो डराउने त । म झन् डराएँ । हजुर नडराएपछि केही होला पक्कै । श्रीमान् नडराएपछि हामी डराउनुपर्ने चलन छ । श्रीमान्, साँच्ची भुँईचालोको कुरो सोध्नै बिर्सेछु । अब के हुन्छ ? आउँछ कि आउँदैन ? त्यो आउन पाउँछ कि पाउँदैन । हजुरको आदेश के हुन्छ ? आउन पाउने हुन्छ कि नपाउने हुन्छ ? यहि भुँइचालोको पनि अर्को कुरा । हुन त नसोधुँ । हजुर वैशाख ११ मा विराम होइसिन्थ्यो होला । हजुरको गाथमा आराम’थ्यो भने १२ को भुँइचालो आउन नपाउने आदेश दिइसिन्थ्यो । यत्रा नेपाली किन मर्थे ? हजुरको गाथमा विराम भ’र हो । यत्रो जनधनको क्षति किन हुन्थ्यो ? श्रीमान्, फेरी भुँइचालो रोक्ने  आदेश गरिस्यो । होइन–होइन, परमादेश दिइस्यो । जो नआओस् फेरी कहिल्यै नआओस् श्रीमान् !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy