प्रहरी नै मिलेर महिला तस्करी, विमानबाटै यसरी फर्काइयो
आषाढ़ ७ गते, २०७२ आइतवार 21st June, 2015 Sun०६:४१:२६ मा प्रकाशित
६ असार, काठमाडौं । जेट एयरवेजको विमान उड्नै लाग्दा शुक्रबार बिहान काठमाडौं विमानस्थलमा एकजना प्रहरी जवान हतारिंदै आए । एयरवेजका कर्मचारीलाई सामान छुटेको भन्दै बन्द खाम जिम्मा लगाएर फर्किए । विमानका कर्मचारीले शंका लागेर खाम खोलेर हेरे । खामभित्र कुवेत र इराकको भिसा लागेका चारवटा राहदानी थिए ।
आजको कान्तिपुर देनिकमा खबर छ–प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले दिएको खामभित्र एक युवतीको राहदानीमा कुवेत र तीन युवतीकोमा इराकको भिसा लागेको थियो । जेट एयरवेजका कर्मचारीले प्रहरीलाई खबर गरेपछि विमानमा चढेका चार महिलासहित उनीहलाई दिल्लीसम्म पुर्याउन जान लागेका ४ आफन्तलाई प्रहरीले विमानबाटै नियन्त्रणमा लियो ।
सोधपुछ गर्दा ती युवतीलाई कुवेत र इराक पठाउने दलालले एक्लै जाँदा प्रहरीले रोक्ने भन्दै आफन्तको साथ लगाएर दिल्ली पठाउन लागेको खुलेको छ । इराक नेपाली कामदार पठाउन प्रतिबन्धित मुलुक हो ।
दलालसँग मिलेर राहदानी र टिकट लगायत कागजपत्र विमानस्थलसम्म पुर्याउने प्रहरी जवान घिमिरेलाई पनि नियन्त्रणमा लिइएको छ । उनले दलालले दिएको राहदानीमा समेत अध्यागमनको छाप सुटुक्क लगाइदिएका थिए ।
भूकम्पपीडित महिला र बालबालिकाको तस्करी भइरहेका बेला प्रहरीकै संलग्नतामा तस्करी हुनु ठूलो चुनौतिको विषय भएको प्रहरी अधिकारीहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: