पुनर्निर्माण प्राधिकरणबारे प्रमुख दलबीच तीव्र विवाद
आषाढ़ ७ गते, २०७२ आइतवार 21st June, 2015 Sun०७:२२:२५ मा प्रकाशित
६ असार, काठमाडौं । सरकारले भूकम्पपछि मुलुक पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्न अध्यादेशको तयारी तीव्र पारेपछि प्रमुख चार दलबीच विवाद चर्किएको छ ।
आजको राजधानी दैनिकमा खबर छ सत्ता साझेदार दल एमाले नै अध्यादेशमार्फत प्राधिकरण गठन गर्ने प्रस्तावको विपक्षमा देखिएपछि कांग्रेस, एमाले, एमाओवादीबीचको विवाद सतहमा देखिएको हो ।
सरकारको नेतृत्व गरेको कांग्रेस आगामी १० असारमा आयोजना हुने दाता सम्मेलनअगावै अध्यादेशमार्फत अधिकार सम्पन्न प्राधिकरण गठनको तयारी पूरा गर्नुपर्ने पक्षमा उभिएको छ । तर, सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादी भने पर्याप्त छलफल र गृहकार्यविनै व्यवस्थापिका संसद्लाई छलेर हतारमा प्राधिकरण गठन गर्न अध्यादेश जारी गर्न नहुने पक्षमा उभिएका छन् ।
दाता सम्मेलनको संघारमा पुनर्निर्माण प्राधिकरण गठन प्रक्रियाबारे विवाद देखिएपछि चार दल समान धारणाका लागि छलफलमा जुटेका छन् ।
त्यस निम्ति शनिबारबाट शीर्ष नेताले औपचारिक छलफल र गृहकार्य अघि बढाएका हुन् । संविधान निर्माण अघि बढाउन १६ बुँदे सहमति गरेका प्रमुख दल प्राधिकरण गठनसम्बन्धी अध्यादेश सरकारबाट जारी गर्ने कि संसद्बाट ऐन पारित गरेर गर्ने भन्ने विषयमा दुई कित्तामा उभिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको चार दलीय शीर्ष बैठकमा प्राधिकरणसम्बन्धी अध्यादेश तत्काल जारी गर्ने कि संसद्मार्फत गर्ने भन्नेमा दलहरूबीच कुरा मिल्न सकेन । विवाद बढेपछि सबै दलले दिनभर आन्तरिक छलफल गरे पनि कुनै समझदारी बन्न सकेन ।
शनिबार साँझ कांग्रेस–एमालेबीच भएको छलफलमा पनि कुनै निष्कर्ष निस्कन सकेन ।
कांग्रेस प्रधानमन्त्रीकै नेतृत्वमा प्राधिकरण गठन गर्नुपर्ने पक्षमा छ भने एमाओवादीले नेता डा. बाबुराम भट्टराईलाई प्राधिकरणको नेतृत्व दिने भद्र सहमति भइसकेको दाबी गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: