प्रतिस्पर्धी नै छनोट समितिमा, त्यो पनि सर्वोच्च अदालतमा
आषाढ़ ६ गते, २०७२ आइतवार 21st June, 2015 Sun०७:५७:४० मा प्रकाशित
६, असार, काठमाडौं । सर्वोच्च अदालतले सूचना प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति गर्दै छ । तर, माग भएको पदका लागि प्रतिस्पर्धी नै सर्वोच्चको पदपूर्ति समितिका सदस्य छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ सर्वोच्चले सूचना प्रविधि निर्देशक एक, म्यानेजर एक, मेन्टिनेन्स अफिसर एकसहित करार सेवामा ७५ जनशक्ति माग गरेको छ । म्यानेजर पदमा दरखास्त दिएका प्रतिस्पर्धी व्यक्ति सर्वोच्चको छनोट समितिमा पनि छन् ।
सर्वोच्चले माग गरेको जनशक्ति पदपूर्ति समिति पनि दुईवटा छन् । सामान्यतः एक विज्ञापनमा एक पदपूर्ति समिति हुने प्रचलन छ ।
सूचना प्रविधि निर्देशक र म्यानेजरका लागि न्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा पदपूर्ति समिति छ । अन्य ६ प्रकारका पदका लागि सहसचिव ममता खनाल प्रमुख रहेको पदपूर्ति समिति छ ।
पराजुलीको नेतृत्वमा रहेको समितिमा रजिस्ट्रार श्रीकान्त पौडेल र दूरसञ्चारका एक प्राविधिक सदस्य छन् । खनाल नेतृत्वको समितिमा उपसचिव चाणकमणि अर्याल, शाखा अधिकृत पूजा खत्री र सिस्टम नेटवर्क एडमिनिस्ट्रेटर विश्वास खतिवडा सदस्य छन् । खतिवडा स्वयं म्यानेजर पदको अन्तर्वार्ताका लागि छानिएका छन् ।
खतिवडा स्वयं प्रतिस्पर्धी भएकाले पदपूर्ति समितिमा नराख्न कर्मचारीले प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई आग्रह गरेका थिए । अदालतमा कार्यरत कर्मचारी युनियनले निरन्तर विरोध गरे पनि प्रधानन्यायाधीशले सुनुवाइ नगरेको स्रोतको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: