आषाढ़ ७ गते, २०७२ सोमवार 22nd June, 2015 Mon०६:१६:१५ मा प्रकाशित
७ असार, काठमाडौं । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले दाइजो तथा बकसबाट प्राप्त घरजग्गा २०६३ को राजनीतिक परिवर्तनपछि अधिग्रहण गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले आइतबार निजी भोगचलनमा रहेको उक्त घरजग्गा अधिग्रहणलाई अवैध भन्दै नेपाल ट्रस्टबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।
यो आदेशसँगै प्रेरणाको उक्त घरजग्गा नेपाल ट्रस्टमा राख्ने सरकारको निर्णय बदर भएको छ। सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप प्रेरणाको घरजग्गा अधिग्रहण गरी ट्रस्टमा राखेको थियो।
सर्वोच्चले नेपाल ट्रस्ट ऐन, २०६४ अनुरूप राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूका छोराहरू दीपेन्द्र र निराजनका नामको सम्पत्ति ट्रस्टमा जाने कानुनी व्यवस्था भए पनि सोबाहेक अन्य सदस्यका नामको सम्पत्ति ट्रस्टमा राख्न कानुनी व्यवस्था नभएको फैसला सुनाएको छ।
तत्कालीन राजा एवं आफ्ना पिता ज्ञानेन्द्र शाहबाट दाइजो बकस पाएको उक्त घरजग्गामाथि कसैले प्रश्न उठाउन नसक्ने दाबीसहित प्रेरणाले गत माघ २५ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
प्रेरणाले आफूलाई एकलौटी हकभोग हुने गरी दाइजो दिइएको व्यहोरा उल्लेख गर्दै श्री ५ महाराजाधिराजका प्रमुख राजदरबारु पदाधिकारीले २०६२ साल जेठ १० गते राजकीय सम्पत्ति कोष विभाग, राजदरबार तथा ढुकुटी विभाग (राजदरबार) लाई लेखेको पत्रससहितका कागज प्रमाणका रूपमा रिटसँगै पेस गरेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: