Khabar Dabali २३ मंसिर २०८१ आईतवार | 8th December, 2024 Sun
Investment bank

राष्ट्रपति र सर्वोच्चसँग यसरी क्रुद्ध भए ओली

\"KP९ असार, काठमाडौं । चार दलबीच भएको १६ बुँदे सहमतिविपरीत गएकामा एमाले अध्यक्ष केपी ओली सर्वोच्च अदालत र राष्ट्रपति डा. रामवरण यादव दुवैप्रति आक्रोशित बनेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सिंगापुर र बैंककमा स्वास्थ्य परीक्षण गराई एक सातापछि मंगलबार स्वदेश फर्केका ओलीले संविधान बनाउने उद्देश्यका साथ राजनीतिक दलहरूबीच भएको सहमति र संविधानसभाको \'सार्वभौम\' हैसियतविरुद्ध राजनीतिमा प्रवेश गरेको आरोप सर्वोच्चलाई लगाए भने संवेदनशील विषयमा राष्ट्रपतिले संयम नदेखाएको घुमाउरो अभिव्यक्ति दिएका हुन् । ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै चार दलबीच भएको सहमति रोक्न सर्वोच्चले दिएको आदेश राजनीति प्रेरित भएको संकेत गरे। ‘पहिलो संविधानसभा संविधान बनाउन असफल भएको र दोस्रो संविधानसभाले संविधान बनाउन लागेपछि यस्तो फैसला भएको छ, सर्वोच्चले राजनीति गर्ने होइन’ उनले भने। त्यसैगरी राष्ट्रपति डा. यादवले सभाध्यक्ष सुवास नेम्बाङसँग भेट गरी यस विषयमा संयमित हुन गरेको टिप्पणीलाई लिएर पनि ओलीले असन्तुष्टि व्यक्त गरे। राष्ट्रपति र सभाध्यक्षबीच भएको भेटमा राष्ट्रपतिको अभिव्यक्तिप्रति जिज्ञासा राख्दा ओलीले भने, ‘राष्ट्रपति सेरोमोनियल हुन्, उनको काम राजनीति गर्ने होइन।’ \'राजनीतिक प्रकृतिको मुद्दा सर्वोच्चको एकल इजलासले फैसला गर्न नमिल्ने\' पनि ओलीले बताए। उनले ‘फैसलामा संविधानभन्दा पनि अन्य किरामिरा मिसिएको र त्यो नाङ्लोमा हालेर केलाउँदामात्र देखिने’ बताए। उनले देशलाई प्रतिगमनको बाटोतर्फ फर्काउने र संविधान बनाउन निर्माण भएको सकारात्मक वातावरण बिगार्ने प्रयास भएको टिप्पणी गरे। उनले कसैले पनि संविधान निर्माणका क्रममा सार्वभौमसत्ता सम्पन्न संविधानसभालाई निर्देशन गर्न नसक्ने बताए। ‘हामी अहिले संविधान निर्माणको चरणमा छौं। यस्तो बेलामा अन्तरिम संविधानका सबै प्रावधान मानेर त्यस आधारमा संविधान बनाउने होइन, संविधान निर्माण गर्दा अन्तरिम संविधान सबै मान्नुपर्छ भन्ने छैन’ ओलीले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy