Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

लाजिम्पाटमा अर्को ठूलो लफडा

\"lazimpat-400\"९ असार, काठमाडौं । प्रचण्डले भावी अध्यक्षमा बाबुराम भट्टराईको नाम प्रस्ताव गरेसँगै साम्य देखिएको एमाओवादी भित्रको विवाद फेरि बल्झन थालेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ आइतबार लाजिम्पाटमा बसेको बैठकमै प्रचण्ड र बाबुरामका कुरा बाझिएपछि पदाधिकारीबीच पनि विवाद देखापरेको हो । लाजिम्पाट निकटि स्रोतले दिएको जानकारी अनुसार चार दिनपछि बस्ने संसद अधिवेशन छलेर आफूहरुलाई बाइपास गर्ने गरी पुनर्निर्माण गठनसम्बन्धी अध्यादेश ल्याउन लागिएकोमा त्यसको कडा प्रतिकार गर्नुपर्ने प्रस्ताव बाबुराराम भट्टराईले राख्दा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षको धर्म निभाउन मात्रै सामान्य विरोध गर्ने पुग्ने निर्णय सुनाए । प्रचण्डको निर्णयप्रति अन्य पदाधिकारीले समर्थन जनाए पनि बरिष्ठ नेता भट्टराई र सचिव टोपबहादुर रायमाझी सहमत हुन सकेनन् । बैठकमा बाबरामले अध्यादेशको मस्यौदा नै ड्राफ्ट गरेर सरकारलाई बुझाएको बारे कुरा उठेको थियो । बाबुरामले पार्टीकै मान्यता बमोजिम आफूले संसदप्रति जवाफदेही हुने गरी प्रधानमन्त्री मातहत अधिकारसम्पन्न स्वयत्त प्राधिकरणका लागि विस्तृत अवधारणा र कार्ययोजनासमेत राखेर प्रस्ताव बुझाए पनि सरकारले त्यसलाई बाइपास गरेको प्रष्ट्याए । पार्टीमा छलफल नै नगरी व्यक्तिगत तवरमा सरकारलाई बुझाएको मस्यौदाबारे भने त्यहाँ कसैले आपत्ति जनाएन । सो बैठकमा एमालेको भूमिकाप्रति गुनासो गरिएको थियो । एमालेले बिहान एउटा निर्णय र बेलुका अर्को निर्णय गरेको भन्दै असन्तुष्टी व्यक्त भएको थियो । प्रचण्डले ओली, माधव नेपाल र विष्णु पौडेलको भूमिका सकारात्मक भए पनि वामदेव गौतम कांग्रेससँग टास्सिन पुगेको बताएका थिए । लाजिम्पाट बैठकको भोलिपल्ट सानेपामा बाबुराम पक्षको छुट्टै बैठक बसेको थियो । बैठकमा प्रचण्ड पक्षले पेल्न थालेको भन्दै दलबाहिर, विज्ञ र पत्रकासँग छलफल थाल्ने घोषाणा बैठकले गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending