Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अख्तियार प्रमुख लोकमानले भारतिय हिन्दू अतिवादीलाइ किन भेटे ?

\"Lokman-400\"१० असार, काठमाडौं । अख्तियार आयोगका प्रमुख लोकमान सिंह कार्की र भारतिय अतिहिन्दुवादी संस्था राष्ट्रिय स्वंयमसेवक संघ (आरएसएस) का नेपाल डेक्स् प्रमुख अजित सिंहबिच बिहिबार अपरान्ह गोप्य भेटघाट भएको छ । केही समय अघि आफ्ना नजिककाहरुसँग आफुलाई एकपटक राष्टपति हुने इच्छा रहेको बताएका लोकमान सिंह कार्की र अतिहिन्दुवादी संस्था आरएसएसका नेपाल डेस्क प्रमुख सिंहबिचको यो भेट रहस्यत्माक छ । नेपाल सरकारले भूकम्पबाट क्षतविक्षत मुलुकको पूनर्निर्माणका लागि सोल्टी होटलमा आयोजना गरेको दाता सम्मेलनकै दिन पारेर काठमाडौंको  तपोवनमा कार्की र सिंहबिच यस्तो भेटघाट भएको स्रोत बताउँछ । सिंहसँग उनका नेपाल प्रतिनिधि राकेश मिश्र साथमा रहेका छन् । आरएसएस भारतिय प्रधानमन्त्री मोदी नेतृत्वको भारतिय जनता पार्टी ‘विजेपी’को धार्मिक  हिन्दु अतिवादी संस्था हो । राजनीतिलाई धर्मका नामबाट प्रचार गर्न तथा वसमा लिनका लागि विजेपीले यो संस्थालाई प्रयोग गर्ने गर्दछ । योगकर्मी रामदेव बाबा लगायतका हिन्दुअतिवादीहरुलाई समेत भारतिय आरएसएसले परिचालन गर्ने गरेको भारत सम्बन्धी मामलाका कुटनितिज्ञहरु बताउँछन् । भारतिय प्रधानमन्त्री तथा विजेपीका नेता नरेन्द्र मोदीले भारतिय आम चुनावमा आरएसएसलाई हिन्दुवादीहरुका बिच अति प्रयोग गरेर चुनाव जितेको आरोप उनिमाथि लाग्ने गरेको छ । खबरडबलीलाई प्राप्त सुचनालाई आधार मानेर आरएसएसका नेपाल डेस्क प्रमुख नेपाल कहिले आएको भनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुझ्दा विमानस्थलका डिआइजिले हिजो भारतिय विदेशमन्त्री सुस्मा स्वराजसँगै आएको हुनसक्ने बताए । विमानस्थलका अध्यागमन प्रमुख केदार भट्टलाई अजित सिंहका बारेमा बुझ्न खोज्दा उनको फोन उठेन । तर एक राजनीतिक नेताले हामीलाई नाम नबताउने सर्तमा भने अनुसार उनि बिहिबार दिउसो १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएर सिधैं तपोवन पुगेका थिए । सो स्रोतका अनुसार आरएसएसका सिंह र उनका नेपाल प्रतिनिधि मिश्र्र अहिलेपनि नुवाकोटको उपल्लो बेल्डमा छन् भने बेलूकीको उनको बास राजधानिको अन्नपुर्ण होटलमा हुनेछ । नेपाल लगायत हिन्दुवादी राष्ट्रहरुमा हिन्दूत्वको विषयलाई लिएर राजनीतिक हस्तक्षेप गर्दै आइरहेको भारतिय संस्था आरएसएसको चहलपहल बढ्नुलाई स्वभाविक रुपमा लिन सकिन्न । नरेन्द्र मोदी नेतृत्व भारतिय जनता पार्टीले नेपालमा ‘ट्रयाक टु डेप्लोमेसि’को रणनिति अन्तर्गत काम गराउनका लागि रामदेव बाबा मार्फत आफ्नो राजनीतिलाई अघि बढाइरहेको आंशका गरिएको बेला यस्तो गोप्य भेटघाटको अर्थ निकै शंकास्पद रहने गर्दछ । मोदीको अति चलाखिपुर्ण कुटनिति अन्तर्गत आरएसएसले धार्मीक संस्थाका नाममा राजनीतिक कुटनिति अघि बढाउँदै आएको छ । यसअघि यहि संस्थाले बजरंगी दल, शिव सेना नेपाल, हिन्दु महासंंघ र राष्टिय स्वयंमसेवक संघ नेपाल ‘आरएसएस’ जस्ता संस्था खुलाइसकेको छ । यसरी आन्तरिक र गोप्य भेटघाटमा व्यस्त रहेका सिंहले मधेशबादी दलका केही नेता र कांग्रेसका खुमबहादुर खड्का लगायतका नेतालाई भेटघाट गर्ने कार्यक्रम रहेको स्रोत बताउँछ । आश्चार्य लाग्दो विषयत यो भयो कि अख्तियार आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई उनले किन भेटे ? नेपालमा १६ बुँदे राजनीतिक सहमति मार्फत देश संविधान निर्माणको दिशामा अघि बढिरहेका बेलामा कतै राजनीतिक नेतृत्वलाई अनेकन आरोपहरुमा अख्तिायार लगाउने र संविधानसभाबाट संविधान बन्न नदिने प्रपन्चमा त भारत छैन ? सन्देहको विषय बनेको छ । आरएसएस त्यहि हिन्दूवादी संस्था हो, जसले हिन्दु राष्टको पक्षमा वकालत गर्दै आइरहेको छ । र नेपालको शिव सेना नेपाल, खुम बहादुर खड्का नेतृत्वको सनातन हिन्दु राष्ट्र अभियान लगायतका संस्थालाई आर्थिक सहयोग समेत पुर्याउँदै आइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending