Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

२ सय ८८ परिवार पहिरोको जोखिममा

\"landslide\"१२ असार, नुवाकोट । गत बैशाख १२ गतेको भूकम्पका कारण नुवाकोटको निर्वाचन क्षेत्र नं ३ गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण २८८ परिवार पहिरोको उच्च जोखिममा रहेको छ । एक नगरपालिका र १८ गाविस रहेको क्षेत्र नं ३ मा भूगर्भविद्, इन्जिनियरसहितको दुई टोलीले स्थलगत अध्ययन गरी १४ गाविसको १८ स्थान असुरक्षित रहेको जनाएको छ । असुरक्षित स्थानको बस्तीलाई तत्काल स्थानान्तरण गर्न टोलीले जिल्ला दैवीप्रकोप उद्धार समितिमा सिफारिस गरेको छ । अनुगमन टोलीमा जिल्ला भू संरक्षण कार्यालय नुवाकोटका प्रमुख श्यामसुन्दर श्रेष्ठ र जल उत्पन्न प्रकोप शव डिभिजन कार्यालयका प्रमुख हरि गुरागाई संयोजक रहेको पाँच/पाँच जना सहभागी थिए । टोलीले बुझाएको प्रतिवेदनमा फिकुरी गाविस वडा–७ र ९ का ९७ घर पहिरोको जोखिममा रहेको र गाउँको माथिल्लो भागमा रहेको ढुङ्गा खसेर घरसहित टेलिकमको रिपिटर टावर, सिँचाइ कुलो र खेतीयोग्य जमिनमा क्षति पु¥याउन सक्ने उल्लेख गरिएको छ । यस्तै दाङसिङ गाविसमा दुई घर, देउराली गाविस–१ मा १४ घर, सोही ठाउँको पोलोचेमा १४ घर, आर्तामा १३ घर, सोही ठाउँको लामडाडाँमा सात घर, देउरालीकै–९ मा १५ घर, किम्ताङको नाङगाङ चलायमानमा २२ घर पहिरोको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । किम्ताङ गाविस–८ कै चुङ्गाङटोलमा २५ घर, मनकामना गाविस–८ को अर्चलेमा १४ घर, भाल्चे गाविसको भाल्चेवेसीमा १२ घर, काहुले गाविस ढोङचेतमा दुई घर, काहुलेकै मानेर्गेर्सामा दुई विद्यालय र नौ वटा घर र थप सात घर पहिरोको जोखिममा रहेका छन् । बर्खा लागिसकेकाले जोखिमयुक्त बस्तीलाई सुरक्षितस्थानमा स्थानान्तरण गर्न सरकारले ध्यान दिनुपर्ने जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख श्यामसुन्दर श्रेष्ठले बताए । क्षतिलाई कम गर्न कतिपय स्थानमा भूकम्पले हल्लिएको ठूला ढुङ्गाहरू विस्फोट गराउनसमेत उनले सुझाव दिए । क्षेत्र नं ३ को जोखिमयुक्त बस्तीको अनुगमन गरेपनि क्षेत्र नं १ र २ मा भने अझै हुन सकेको छैन । भूकम्पको कारण चर्केको जमिनको विज्ञबाट अनुगमन गराउन स्थानीयको निवेदन जिल्ला दैवीप्रकोप समितिमा आइरहेकाले सोही निवेदनको आधारमा टोली खटाउने योजना रहेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending