Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

सर म पुष्पकमल दाहाल जागिर पाइन्छ ?

\"Prachanda\" १३ असार, काठमाडौं । म हेड मास्टर भएर पढाउन थालेको ६ वर्ष भएको थियो । २०३२ सालको एक दिन कार्यकक्षमै थिंए । थोरै दाह्रजुँगा भएको, पातलो पातलो ज्यान भएको, झोला भिरेको एउटा लर्के जवान ‘सर नमस्ते’ भन्दै मेरो कार्यकक्षमा छिरे । मैलें सोधे के कामले आउनुभयो होला ? ‘सर, मेरो नाम पुष्पकमल दाहाल । घर चितवन हो । बिएस्सी पास गरेको छ । जागिर पाइन्छ की भनेर आएको’, हेर्दै जाँगरिलो देखिने ती युवकले भने । झोलाबाट शैक्षिक योग्यताको प्रमाणपत्र झिकेर मेरो टेबुलमा राखिदिए । उहाँ आर्थिक अवस्था कमजोर भएर जागिर खोज्न आएजस्तो देखें । अनुहार जागिर खोज्न भौतारिहरेझैं देखिन्थ्यो । हाम्रो स्कूलमा गणित र विज्ञान पढाउने शिक्षकको अभाव थियो । मैलें सोधें ‘हामीकहाँ विज्ञान र गणित पढाउने शिक्षकको आवश्यकता छ । तपाई पढाउन सक्नुहुन्छ ?’ उहाँले सक्छु भन्नुभयो । मैले ‘त्यसो भए शिक्षकमा नियुक्ति दिन्छु’ भनें । उहाँको सर्टिफिकेट हेरे । भेटेको एक घण्टा जत्तिमै नियुक्ति दिएँ । हामीलाई पनि ‘ढुंगा खोज्दा देउता मिलेजस्तै’ भयो । नयाँ पत्रिकामा श्रेष्ठले गरेको कुराकानीको पूर्णपाठ :
गाउँको स्कुल (आरुघाट)बाट आठ कक्षा पास गरेपछि थप पढ्न काठमाडौँ आएँ । गाउँमा मावि तहको विद्यालय थिएन । जेपी स्कुलबाट एसएलसी ०२१ मा पास गरेँ । ०२६ मा त्रिचन्द्र क्याम्पसबाट ब्याचलरको अन्तिम परीक्षा दिएर गाउँ फर्किएँ । त्यसवेलासम्म मेरो गाउँबाट कसैले ब्याचलर गरेको थिएन । ब्याचलरको जाँच दिनेमा मसँगै अर्को एकजना पनि थिए । आरुघाटमा भर्खरै अस्थायी हाइस्कुल स्थापना भएको थियो । ब्याचलर पास गरेको व्यक्ति हेडमास्टर भए मात्र स्कुल स्थायी बन्थ्यो । ब्याचलरको जाँच दिएर गाउँ फर्केपछि अगुवाहरूले हामी दुवैजनालाई ‘गाउँमै बस्नुपर्छ’ भन्न थाले । ‘गाउँको विकास गर्ने, स्कुललाई स्थायी गर्नुपर्‍यो’ भन्दै सबैजनाले ‘दुईमध्ये जो बिए पास हुन्छ ऊ हेडमास्टर हुने’ भने । गाउँमा गएर शिक्षक बन्ने मेरो कुनै योजना थिएन । तैपनि सारा गाउँलेले भनेपछि दुवैजनाले ‘हुन्छ’ भन्यौँ । ब्याचलरको रिजल्ट आयो । संयोगले म पास भएँ । ०२६ चैतमा स्वत: माविको हेडमास्टर भएँ । मावि पनि स्थायी भयो । हेडमास्टर नियुक्त हुँदा २१ वर्षे युवा थिएँ । हेडमास्टर त बनँे । विद्यालयको भवन थिएन । भौतिक संरचना निर्माणमा जोड गरेँ । हरिशमशेर राणाको धेरै जग्गा थियो । हरिशमशेरको मृत्यु भएपछि उनकी पत्नीबाट एक सय ५६ रोपनी जग्गा स्कुलको नाममा बकस दिइन् । हरिशमशेरका छोराले अरू कसैलाई दिन खोजेका रहेछन् । मुद्दा पर्‍यो । अन्तत: स्कुलको नाममा जग्गा आयो । त्यसैमा भौतिक पूर्वाधारहरू निर्माण गर्‍यौँ । ००० म हेडमास्टर भएर पढाउन थालेको ६ वर्ष भएको थियो । ०३२ को एक दिन कार्यकक्षमै थिएँ । थोरै दाह्रीजुँगा भएको, पातलो–पातलो ज्यान भएको, झोला भिरेको एउटा लर्के जवान ‘सर नमस्ते’ भन्दै मेरो कार्यकक्षमा छिरे । मैले सोधेँ, ‘के कामले आउनुभयो होला ?’ ‘सर, मेरो नाम पुष्पकमल दाहाल । घर चितवन हो । बिएस्सी पास गरेको छु । जागिर पाइन्छ कि भनेर आएको,’ हेर्दै जाँगरिलो देखिने ती युवकले भने । झोलाभित्रबाट आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र झिकेर मेरो टेबुलमा राखिदिए । उहाँ आर्थिक अवस्था कमजोर भएर जागिर खोज्न आएजस्तो देखेँ । अनुहार जागिर खोज्न भौतारिरहेझैँ देखिन्थ्यो । हाम्रो स्कुलमा गणित र विज्ञान पढाउने शिक्षकको अभाव थियो । मैले सोधेँ, ‘हामीकहाँ विज्ञान र गणित पढाउने शिक्षकको आवश्यकता छ । तपाईं पढाउन सक्नुहुन्छ ?’ उहाँले ‘सक्छु’ भन्नुभयो । मैले ‘त्यसो भए तपाईंलाई शिक्षकमा नियुक्ति दिन्छु’ भनेँ । उहाँको सर्टिफिकेट हेरेँ । भेटेको एक घन्टाजतिमै नियुक्ति दिएँ । हामीलाई पनि ‘ढुंगा खोज्दा देउता मिलेजस्तै’ भयो । खुसी भयौँ । उहाँलाई शिक्षक नियुक्ति गर्दा भर्खरै राष्ट्रिय शिक्षा योजना लागू भएको थियो । मेरो तलब चार सय थियो । उहाँ तीन सय ५० जति तलब पाउने गरी नियुक्त हुनुभयो । अध्यापन सुरु गरेको ६ महिनापछि उहाँ स्वत: स्थायी हुनुभयो । भोलिपल्ट उहाँ विद्यार्थीलाई पढाउन कक्षाकोठा छिर्नुभयो । हेडमास्टर र मास्टरका हिसाबले उहाँ र मेरो सम्बन्ध असाध्यै राम्रो हुँदै गयो । ‘वेब–लेन्थ’, स्वभाव आदि मिलेर पनि यस्तो भएको होला । हेडमास्टरको नाताले मसँग उहाँले सम्बन्ध राख्न चाहेको पनि हुन सक्छ । मैले पनि ‘यो शिक्षक प्रतिभावान् छ, मसँगै स्कुलमा बसोस्’ भन्ने चाहेको थिएँ । उहाँप्रति बढी सद्भाव र माया थियो । उहाँका लागि बजारमै डेरा खोजिदियौँ । उहाँले ‘साँझ–बिहान ट्युसन पढाउनुभयो भने तलब पूरै बच्छ र घर पठाउनुहुन्छ’ भन्ने हाम्रो सोच थियो । उहाँले केही महिनापछि ‘माथि आरुटारमा गएर बस्छु’ भन्नुभयो । मैले ‘किन टाढाको गाउँमा गएर बस्ने । केही असुविधा भएको भए भन्नुस्’ भनेँ । उहाँले ‘असुविधा केही छैन, तैपनि आरुटारमै गएर बस्छु’ भनेर जिद्दी गरेपछि ‘जानुस्’ भनेँ । उहाँ गाउँलेसँग असाध्ये मिल्ने । पूरै गाउँले पाराले बस्नुभयो । बेलुका नाचगान गर्ने, आफ्ना उमेर समूहका साथीसँग हाँसीमजाक गर्ने गर्न थाल्नुभयो । गाउँलेसँग धनी–गरिब, किसान–मजदुर, मानवअधिकारका कुरा गर्न थाल्नुभयो । शोषण भनेको के हो, पुँजीपति भनेको के हो, विभेद के हो भन्ने विषयसँगै सरसफाइ, आधुनिक कृषि र शिक्षाको महत्त्वबारे गाउँलेलाई सिकाउन थाल्नुभयो । ००० मैले उहाँका गतिविधि वाच गरिरहेको थिएँ । ‘यो मान्छेले कहीँ न कहीँ प्रगतिशील विचार प्रवाह गरिरहेको छ’ भन्ने लागेको थियो । तर, स्कुलमा कहिले यसको छनक दिनुभएन । ‘म यो पार्टीको हुँ, मेरो उद्देश्य यो हो’ कहिल्यै भन्नुभएन । यो पार्टी राम्रो, यो व्यवस्था राम्रो भन्ने कुरा पनि कहिल्यै गर्नुभएन । उहाँ जुन विषयमा कुरा राख्नुहुन्थ्यो, त्यसका आधारमा उहाँ के चाहनुहुन्छ भन्ने अनुमान गर्न भने सकिन्थ्यो । तर, असाध्यै चलाखीपूर्ण तरिकाले कुरा राख्नुहुन्थ्यो । उहाँले त भित्र–भित्र जनतालाई आफ्नो मतमा ‘कन्भिन्स’ गरिसक्नुभएको रहेछ । जनता ‘यो सरले भनेको कुरा ठीक हो है’ भन्थे । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सँगै पढाउनुहुन्थ्यो । उहाँ स्कुलमा कांग्रेसकै कुरा गर्नुहुन्थ्यो । पार्टीका बैठकमा जानुहुन्थ्यो । तर, प्रचण्डजी त्यसो गर्नुभएन । म चिनकाजीजीलाई भन्थेँ, ‘बाहिर जे गरे पनि स्कुलमा यो दल ठीक यो दल बेठीक भनेर प्रशिक्षण गर्ने काम नगर्नुहोला ।’ स्कुलमा कांग्रेसको खुला गतिविधि रोक्न खोज्दा कहिलेकाहीँ असहज अवस्था आउँथ्यो । त्यसवेला प्रचण्डले सुझबुझपूर्ण सुझाब दिनुहुन्थ्यो । उहाँ राम्रो पढाउनुहुन्थ्यो । विद्यार्थीहरू उहाँको तारिफ गर्थे । शिक्षक, अभिभावक, गाउँले सबै तारिफ गर्थे । उहाँले पढाएको विषयमा विद्यार्थीले राम्रो मार्क ल्याउन थाले । अघिल्ला वर्षभन्दा गणित र विज्ञानमा विद्यार्थीले राम्रो गर्न थाले । उहाँको लोकप्रियताले अरू शिक्षकलाई गाह्रो पार्‍यो । अरू ‘हामी पनि पुष्पकमलजस्तो लोकप्रिय कसरी बन्ने’ भन्नेमा लागे । ००० एक वर्षसम्म उहाँ ‘जागिर खान आउनुभएको हो, जागिरमा इमानदारीपूर्वक लागिराख्नुभएको छ’ जस्तो लागिरह्यो । त्यसपछि उहाँको गतिविधिले ‘कुनै मिसन लिएर पो आउनुभएको हो कि’ भन्ने लाग्न थाल्यो । तर, उहाँले आफ्नो काममा गुनासो गर्ने ठाउँ दिनुभएन । चप्पल, पाइन्टमा स्कुल आउनुहुन्थ्यो । चुरोट तान्नुहुन्थ्यो । कपालको स्टाइल अहिलेजस्तो थिएन । दारुपानी खाएको मैले देखिनँ । नेवार समुदायमा धेरै पर्व हुने, हामी भोजमा बोलाउँथ्यौँ । भोजमा ‘रक्सी खाउँm’ भन्दा ‘लिने बानी छैन’ भन्नुहुन्थ्यो । एक दिन ‘सरलाई भेट्नु छ’ भन्दै आउनुभयो । मैले ‘त्यस्तो के पर्‍यो र ?’ भनेँ । उहाँले ‘सर, मैले घरव्यवहार हेर्नुपर्ने भयो, म चितवन जाने भएँ, स्कुलबाट बिदा हुनुपर्ने भयो’ भनेर राजीनामा पो दिनुभयो । मैले ‘होइन, तपाईं यहाँ बस्नुपर्छ । केही समस्या भए हामी सहयोग गर्छौँ’ भनेँ । उहाँले मान्नुभएन । उहाँलाई बिदाइ गर्नुपर्ने भयो । ‘अर्को शिक्षक कसरी पाउने’ भन्ने चिन्ता भयो । बिदाइ गर्दा शिक्षक, विद्यार्थी, अभिभावक, गाउँले सबै दु:खी भए । राजीनामा पत्रमा उहाँले निजी कामले गर्दा जागिर छोड्नुपरेको लेख्नुभएको थियो । राजनीतिको कुनै कुरा थिएन । अढाइ वर्ष पढाएर उहाँ आरुघाटबाट हिँड्नुभयो । त्यसपछि उहाँसँग सम्पर्क टुट्यो । ००० ०३६ मा मैले पनि मास्टरी छोडेँ । बुबा व्यापार गर्नुहुन्थ्यो । स्कुल पढाउने, निजामती सेवामा जाने कुनै योजना थिएन । तैपनि १० वर्ष स्कुल पढाएँ । स्कुलमा टिफिन टाइममा कतिपय शिक्षकहरू ‘लोकसेवा दिएको, पास हुन निकै गाह्रो रहेछ’ भन्थे । एकपटक मैले ‘सरहरूजस्तो यति मिहिनेत गरेको व्यक्तिले लोकसेवा पास गर्न गाह्रो छ भन्नुहुन्छ । राम्रोसँग पढेर जाँच दिने हो भने पास गर्न कति नै कठिन होला’ भनेँ । मैले यति के भनेको थिएँ, जवाफ पाएँ, ‘सरले पास गरेर देखाउनुस् न ।’ त्यो चुनौतीले मेरो छातीमा बाण लागेजस्तै भयो । मैले भनेँ, ‘जाँच दिन्छु । तर, पास भए पनि जागिर खान्नँ ।’ लोकसेवामा फारम भरेँ । असार १ गते स्कुलको दुईमहिने वर्षे बिदाको सूचना टाँसेर काठमाडौं आएँ । अर्को दिन रत्नपुस्तकमा गएर किताब किनेँ । ६ दिन पढेर ७ गते जाँच दिएँ । एकैपटकमा शाखा अधिृकतमा पास गरेँ । स्कुलका शिक्षकहरूले बधाई दिए । फेल हुने साथीहरूले अर्को चुनौती दिए, ‘लिखितमा धेरैपटक पास भएका मानिस पनि मौखिकमा फेल भएका उदाहरण धेरै छन् । मौखिक पास गरेर देखाउनुस् न ।’ मलाई भने अन्तर्वार्ता दिने मुड थिएन । काठमाडौंमा भएको माइलो भाइले आकाशवाणी गर्‍यो, ‘भदौको १२ गते अन्तर्वार्ता छ, किन आउनुभएन ?’ १० गते काठमाडौं आएँ । १२ गते अन्तर्वार्ता दिएर गाउँ फर्केँ । पास भइएछ । सामान्य प्रशासन मन्त्रालयबाट नियुक्तिपत्र आयो । म गइनँ । ‘नआए नियुक्ति रद्ध हुने’ भनेर ताकेतापत्र आयो । परिवार, शिक्षक, गाउँले सबैले मलाई ‘हेडमास्टर सेकेन्ड क्लासको जागिर, शाखा अधिकृत थर्ड क्लासको जागिर । पद घट्ने पैसा घट्ने । काठमाडौं जाँदा समुद्रमा एक थोपा हुन्छस्, यहीँ बस्’ भन्न थाले । तर, मैले धेरै दिन सोचेँ, ‘यहाँ सधैँ हेडमास्टर भएर बस्ने हो । निजामतीमा अरू अवसर पनि हुन्छ ।’ त्यसपछि १० वर्ष पढाएको स्कुल छोडेर ०३६ पुसमा निजामतीमा प्रवेश गरेँ । ००० निजामतीमा आएपछि पनि प्रचण्डसँग लामो समय भेट भएन । ०५२ मा जनयुद्ध सुरु भयो । प्रचण्डजीले त्यसको नेतृत्व गर्दै हुनुहुन्छ भन्ने सुनेँ । मैले जागिर खुवाएको पुष्पकमल दाहाल त प्रचण्ड भइसक्नुभएछ । ०५४ मा वामदेव गौतम गृहमन्त्री हुँदा म चितवनको सिडिओ भएर गएँ । गृहमन्त्रीले मलाई चारवटा कार्यभार दिनुभयो– स्थानीय निर्वाचन निष्पक्ष बनाउने, मदन भण्डारीको हत्यारा पत्ता लगाउने, प्रचण्डलाई भेटे समात्ने, विकास निर्माणमा ध्यान दिने । मैले ‘हस्’ भनेँ । अरू त ठिकै थिए, प्रचण्डलाई कसरी पक्रने ? यो मेरा लागि सम्भव थिएन । संयोगवश त्यो वेला प्रचण्डले पनि सम्पर्क गर्नुभएन । म सिडिओ भएर प्रचण्डजीकै जिल्लामा गएको भने उहाँलाई थाहा रहेछ । उहाँले पछि भन्नुभयो ‘चितवन त गएको थिएँ, तपाईंलाई अप्ठ्यारो होला भनेर मैले भेट्न खोजिनँ ।’ मैले उहाँलाई ‘मलाई त गृहमन्त्रीले तपाईंलाई समात्न आदेश दिएका छन् । भेट भएको भए पनि भाग्नुहोस् है भन्थेँ’ भनेँ । ०५६ तिर योजना आयोगमा थिएँ । त्यहाँ सचिवज्यूले भन्नुभयो, ‘होइन रामकुमारजी तपाईंलाई थाहा होला, कसैले प्रचण्ड मरिसक्यो, यो नक्कली फोटो भन्छन् । यो फोटो नक्कली हो कि सक्कली’ भनेर सोध्नुभयो । मैले ‘सक्कली हो, उहाँ मर्नुभएको छजस्तो मलाई लाग्दैन’ भनेँ । ००० मसँगै पढेका एकजना पत्रकार साथीको प्रचण्डसँग सम्पर्क रहेछ । ०५५ मा उहाँले ‘प्रचण्डजीले तपाईंलाई भेट्न खोज्नुभएको छ’ भन्ने सन्देश ल्याउनुभयो । सरकारी कर्मचारीले राज्य व्यवस्थाविरुद्धको विद्रोहको नेतृत्व गरेर हिँडेको नेता भेट्नु जोखिमपूर्ण थियो । ०६२ तिरै हो । म सहसचिव थिएँ । अफिस जाने तयारी गर्दै गर्दा फोन आयो, ‘हेलो, रामकुमार सर बोल्दै हुनुहुन्छ ?’ ‘हो’ भनेँ । ‘चिन्नुभयो त’ भन्नुभयो । मैले ‘गाह्रो भो’ भनेँ । उहाँले हाँस्दै भन्नुभयो, ‘म नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड, तपाईंको शिक्षक ।’ मैले ‘नमस्ते सर’ भनेँ । उहाँले ‘सरसँग भेट्न मन छ’ भन्नुभयो । मैले ‘हुन्छ’ भनेँ । ‘ल भोलि भेटौँ, बिहान आठ बजे तयार भएर बस्नुहोला, साथीहरू सम्पर्क गर्नुहुन्छ’ भन्नुभयो । अर्को दिन बौद्ध पीपलबोट आएर फोन गर्न भन्नुभयो । म पुगेँ । कल गरेँ । उहाँको गाडी आयो, म फलो गर्दै गएँ । उहाँ र बाबुराम सँगै हुनुहुँदो रहेछ । उहाँले अँगालो मार्नुभयो । ‘बाबुरामजी तपाईंको रामकुमार सरसँग चिनजान छ ?’ भन्नुभयो । बाबुरामसँग त्यहीँ परिचय भयो । प्रचण्डजीले ‘मेरो र रामकुमार सरको केमेस्ट्री मिल्छ’ भन्नुभयो । उहाँले ‘सरको घरमा आउन मन छ’ भन्नुभयो । आउनुभयो पनि । ००० शान्तिप्रक्रियामा आएपछि उहाँहरू सरकारमा जाने कुरा भयो । ०६३ तिर प्रचण्डजी मेरोमा खाना खान आउनुभयो । म सहसचिव नै थिएँ । उहाँले ‘सचिव हुने वेला भएको छैन ?’ भन्नुभयो । मैले ‘भएको त हो, तर कसैले कोटामा पारेका छैनन्’ भनेँ । उहाँले ‘तपाईंलाई सचिव बनाउन म सहयोग गर्छु,’ भन्नुभयो । सचिवमा बढुवा भएँ पनि । उहाँले ‘हाम्रो भागमा पाँच मन्त्रालय परेको छ । तपाईं कुन मान्त्रालय जाने छान्नुस्’ भन्नुभयो । मैले ‘तपार्इंहरू नै छानेर मलाई सरप्राइज दिनुस्’ भनेँ । स्थानीय विकास मन्त्रालय दिनुभयो । पछि उहाँ प्रधानमन्त्री हुनुभयो । म रिटायर्ड भइसकेको थिएँ । उहाँ सुझाब लिनुहुन्थ्यो । सरकार–सेनापति रुकमांगद कटवालबीच खटपट भएपछि कटवालजीले मलाई भेट्नुपर्‍यो भन्नुभयो । मैले प्रचण्डजीलाई भनेँ, ‘भेटौँ कि नभेटौँ ?’ उहाँले ‘भेट्नु न’ भन्नुभयो । कटवालजीसँग तीनपटक मिटिङ गरेँ । उहाँले केही गुनासो पोख्नुभयो । उहाँका गुनासोबारे म प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा ‘बादल’लाई ब्रिफिङ गर्थेँ । तर, ‘हल’ निस्किन सकेन । ००० प्रचण्डजी प्रधानमन्त्री भएको दिन हर्षको आँसु झरे । सँगै पढाएको साथी, लामो संघर्ष गरेको, देशमा गणतन्त्र ल्याउन सकेको मान्छे प्रधानमन्त्री बन्दा आँसु झर्न पुगेछ । शपथ लिएलगतै उहाँ मेरो घरमा सगुन लिन आउनुभयो । मेरा लागि त्यो गौरवको दिन थियो । प्रधानमन्त्री भएपछि उहाँले मलाई ‘कुन पदमा बस्न चाहनुहुन्छ सर ?’ भन्नुभयो । ‘मैले संवैधानिक अंग, राजदूत दिए जिम्मेवारी सम्हाल्छु’ भनेँ । उहाँले कोसिस गर्नुभयो । तर, के–के भयो, मिलेन । पछि चुनावी सरकार बनाउने कुरा भयो । प्रचण्डजीले ‘तपाईं मन्त्री हुनुपर्‍यो’ भन्नुभयो । मैले ‘चारमहिने मन्त्री खान्नँ’ भनँे । ‘चार दिन नै किन नहोस्, मन्त्री, मन्त्री नै हो, इतिहास हो । तपाईंले खानुपर्छ’ भन्नुभयो । उहाँकै दबाबमा मन्त्री पद लिएँ । प्रस्तुति : नेत्र पन्थी/मनोज घर्तीमगर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy