Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

परिचयपत्र वितरणमा एकरुपता नभएको भूकम्पपीडितको गुनासो

असार १३, चितवन । चितवनको पहाडी गाविस दाहाखानीका भूकम्पपीडितहरुले परिचयपत्र वितरणमा एकरुपता नभएको गुनासो गरेका छन् । आंशिक क्षति भएकाहरुले पनि रातो कार्ड लिएको र कतिपय विवरण टिपाएका घरपरिवारले समेत कार्ड नपाएको भन्दै गुनासो पोखेका हुन् । दाहाखानीका विभन्न वडाहरुका आंशिक क्षति भएका घर परिवारहरुले पहेँलो कार्ड पाएका छैनन् । आफूहरुले आंशिक क्षति भनेर विवरण टिपाउँदा पनि कार्ड नपाएकोले उनीहरु आक्रोसित भएका छन् । विनासकारी भूकम्पपछि सामान्य भनेर टिपाएको तर त्यसपछिका पराकम्पन र २९ गतेको भूकम्पले घरहरुमा क्षति पुगेका कारण मर्मत गरेर मात्र बस्न सकिने उनीहरुको भनाई छ । गाविसमा भूकम्पपीडितहरुलाई परिचयपत्र बाँड्ने कुरा सुनेपछि नागरिकता र मतदाता परिचयपत्र बोकेर गाविस पुगेका कयौँ भूकम्पपीडितहरु रित्तो हात फर्कन बाध्य भएका छन् । आंशिक क्षति भनेर टिपाएकाहरुले समेत कार्ड पाएका छैनन् । ‘घरअनुगमन टोली आउँदा आफ्नो घर आंशिक क्षति भनि टिपाएको तर लिस्टमा मेरो नाम नै छैन’ स्थानीय पूर्ण बहादुर तामाङले बताउँछन् । ‘आफूसँगैको घर आंशिक क्षति भनेर सँगै टिपाएको हो तर उनीहरुले पूर्ण क्षती भनेर रातो कार्ड लिएका छन् । आफ्नो भने लिस्टबाटै हटाएछन् । ’ आफ्नो जस्तै आंशिक क्षती हुनेहरुले रातो कार्ड लिएकोमा तामाङ रुष्ट छन् । उनी मात्रै होईनन् कार्ड नपाउँदा अरु धेरै मानिसहरु चिन्तित र अक्रोसित छन् । अर्का स्थानीय मन बहादुर परियारको पनि गुनासो उस्तै छ । उनी भन्छन्,  ‘आंशिकमा विवरण टिपाएँ तर अहिले लिस्टमा नै नाम छैन ।’ ‘पूर्ण क्षति भनेको त बस्नै नमिल्ने गरि भत्किएको घरलाई हो । तर, उनीहरुले कसरी रातो कार्ड पाए ?’ आश्चर्य हुँदै उनले प्रश्न गरे  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending