Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

जमिम साह हत्यामा संलग्न पूर्व नायब उपरीक्षक चन्दको बयान हुन सकेन

\"jamim_dsp\"१३ असार, काठमाडौं । सञ्चार उद्यमी जमिम साह हत्या संलग्न रही पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक जगदीश चन्दलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा प्रस्तुत गरेपनि समय अभावका कारण आज उनको बयान हुन सकेन । बैतडी जिल्ला दशरथचन्द नगरपालिकाका स्थायी बासिन्दा ४६ वर्षीय चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गए राति नयाँबानेश्वरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । महाशाखाले चन्दलाई महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएपछि परिसरले आज अदालतमा प्रस्तुत गरेको थियो । परिसरका प्रवक्ता विश्वराज पोखरेलका अनुसार चन्द यसअघि नै ज्यान मार्ने मुद्दा र कर्तव्य ज्यान मद्दामा अदालतबाट फरार अभियुक्तको रुपमा रहेकाले आज अदालतको जिम्मा लगाउने तयारी गरिएको थियो । अदालतमा वयान हुन नसकेपछि चन्दलाई आज परिसरमै फिर्ता ल्याइएको छ । उनलाई पुनः भोलि वयानका लागि लगिने प्रवक्ता पोखरेलले जानकारी दिए । स्पेस टाइमका सञ्चालक जमिम साह होटल याक एण्ड यतिको हेल्थ क्लबबाट पानी पोखरीस्थित घर फर्कदै गरेको अवस्थामा २०६६ माघ २४ गते लाजिम्पाटस्थित फ्रेन्च राजदूतावास अगाडि मुख्य सडकमा पुग्दा मोटरसाइकलमा आएका दुई व्यक्तिमध्ये पछाडि बस्ने व्यक्तिले जमिम साह चढेको ना१च २१५१ नं को पजेरो मित्सुबिसीमा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका साहलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली प्रहारमा संलग्न व्यक्तिलाई सामान जुटाउनेदेखि, बस्ने, भगाउनेसम्मको कार्यमा चन्दले भूमिका खेलेको प्रतिवेदन प्रहरीले तयार पारेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending