Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

गडबड हुन सक्ने भन्दै एमाओवादी नेता नारायणकाजी श्रेष्ठ रातभर सिंहदरबार

\"Narayankaji\"१४ असार, काठमाडौं । शिर्ष नेताहरुबिच भएको सहमतिको मर्म अनुसार मस्यौदामा संविधानका अन्तर्वस्तु नसमेटिएको भन्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्र्रेष्ठ आइतबार रातभर सिंहदरबार छोडेनन् । आइतबार बिहान संविधानका बिबादित विषयमा मुख्य चार दलका शिर्ष नेताहरु बसेर सहमति गरेपनि दिउँसो मस्यौदा समितिमा आएर पुन विवाद भएको थियो । साँझ विवादित विषयमा मस्यौदा समितिको सचिवालयले टुङग्याउने गरी मस्यौदामा सहमति भएपछि रातभर सिंहदरबारमा मस्यौदा समितिका संयोजक कृष्ण सिटौलाको नेतृत्वमा समझदारी जुटाउने प्रयास भएको थियो । सचिवालयको बैठक जारी रहँदा गडबड हुने सक्ने भन्दै एमाओवादी उपाध्यक्ष श्र्रेष्ठ सिंहदरबारै बसेका हुन् । श्र्रेष्ठको साथमा एमाओवादीका युवा नेता तथा सभाषद गणेशमान पुन लगायतका नेताहरु जागाराम बसेका थिए । मस्यौदा समितिको सचिवालयम एमाओवादीकै अर्का नेता गिरिराजमणी पोखरेल र रामनारायण विडारी थिए भने उनिहरुको सर्पोटको लागि नेता श्र्रेष्ठ सहितका माओवादी नेता बसेको गणेशमान पुनले बताए । गएराती साढे सात बजे स्वीकृत मस्यौदा पारित भए पनि प्राप्त सुझावलाई समेट्दै सभाध्यक्षलाई बुझाउने प्रतिवेदन तयार गर्न रातीदेखि बिहानसम्म छलफल भए पनि कुरा नमिलेको हो । जिल्ला राख्ने, नराख्ने, न्यायपालिकाका प्रावधान, पुनर्नियुक्ति, विशेष संरचनाका विषयमा विषयमा दलबी कुरा नमिलेको हो । एमाओवादीले अघिल्लो संविधानसभा, संविधान बनाउन दलबी २५ जेठमा भएको १६ बुँदे सहमति विपरीत मस्यौदा विषय समेटिएको भन्दै विरोध जनाउँदै आएको छ । नयाँ संविधानमा जिल्ला नराखी २२ वटा स्वायत्त क्षेत्र राख्ने गरी अघिल्लो संविधानसभाले पनि सहमति जुटाएको भन्दै एमाओवादीले पुनः नराख्न दबाब दिए पनि कांग्रेस एमाले राख्ने अडानका कायम छन् । कांग्रेस एमाले तीन तहको अदालतमा जिल्ला अदालत राख्ने अडानमा भइरहँदा एमाओवादीले स्थानीय अदालत राख्न जोड दिइरहेको छ । संघीय संरचनामा जाने भइसकेपछि जिल्लाको स्वरुप नभई संघलाई बलियो बनाउनुपर्ने भन्दै उसले यस्तो संरचनामा जोड दिएको नेता नारायणकाजी श्र्रेष्ठले बताए । संवैधानिक आयोग लगायत विशेष समितिको गठन समानुपातिक र समावेशिताताको आधारमा गर्नुपर्ने एमाओवादी मतको विपक्षमा कांग्रेस एमाले उभिएका छन् । त्यस्तै, न्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगमा पुनर्नियुक्ति हुन नहुने पक्षमा एमाले र एमाओवादी उभिएकाे छ । दलित, उत्पीडितलाई केन्द्रमा ३ देखि ५ प्रतिशत आरक्षण दिने सहमति नमानेको, महिलालाई उम्मेदवारमा मात्र नभई कुनै पनि निकायमा ३३ प्रतिशत पहिलाको प्रतिनिधित्वलाई पनि नमानेको आरोप एमाओवादीको छ । शिर्ष तहमा एउटा सहमति गर्ने तर मस्यौदा समितिमा अर्कै लेख्ने देखेपछि आफुहरुले सिंहदरबार नछोडेको नेता गणेशमान पुनले बताए । सोमबार मध्यान्हसम्म पनि माथि उल्लेखित विषयमा कुरा मिलेको छैन । आजै दिउसो बस्ने संविधानसभाको बैठकमा पस्तुत हुनपर्ने मस्यौदामा सहमति जुट्न नसकेपछि संविधानसभाको बैठक धकेलिने सम्भावना छ । यो पनि पढ्नुहोस्  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending