Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

गडबड हुन सक्ने भन्दै एमाओवादी नेता नारायणकाजी श्रेष्ठ रातभर सिंहदरबार

\"Narayankaji\"१४ असार, काठमाडौं । शिर्ष नेताहरुबिच भएको सहमतिको मर्म अनुसार मस्यौदामा संविधानका अन्तर्वस्तु नसमेटिएको भन्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्र्रेष्ठ आइतबार रातभर सिंहदरबार छोडेनन् । आइतबार बिहान संविधानका बिबादित विषयमा मुख्य चार दलका शिर्ष नेताहरु बसेर सहमति गरेपनि दिउँसो मस्यौदा समितिमा आएर पुन विवाद भएको थियो । साँझ विवादित विषयमा मस्यौदा समितिको सचिवालयले टुङग्याउने गरी मस्यौदामा सहमति भएपछि रातभर सिंहदरबारमा मस्यौदा समितिका संयोजक कृष्ण सिटौलाको नेतृत्वमा समझदारी जुटाउने प्रयास भएको थियो । सचिवालयको बैठक जारी रहँदा गडबड हुने सक्ने भन्दै एमाओवादी उपाध्यक्ष श्र्रेष्ठ सिंहदरबारै बसेका हुन् । श्र्रेष्ठको साथमा एमाओवादीका युवा नेता तथा सभाषद गणेशमान पुन लगायतका नेताहरु जागाराम बसेका थिए । मस्यौदा समितिको सचिवालयम एमाओवादीकै अर्का नेता गिरिराजमणी पोखरेल र रामनारायण विडारी थिए भने उनिहरुको सर्पोटको लागि नेता श्र्रेष्ठ सहितका माओवादी नेता बसेको गणेशमान पुनले बताए । गएराती साढे सात बजे स्वीकृत मस्यौदा पारित भए पनि प्राप्त सुझावलाई समेट्दै सभाध्यक्षलाई बुझाउने प्रतिवेदन तयार गर्न रातीदेखि बिहानसम्म छलफल भए पनि कुरा नमिलेको हो । जिल्ला राख्ने, नराख्ने, न्यायपालिकाका प्रावधान, पुनर्नियुक्ति, विशेष संरचनाका विषयमा विषयमा दलबी कुरा नमिलेको हो । एमाओवादीले अघिल्लो संविधानसभा, संविधान बनाउन दलबी २५ जेठमा भएको १६ बुँदे सहमति विपरीत मस्यौदा विषय समेटिएको भन्दै विरोध जनाउँदै आएको छ । नयाँ संविधानमा जिल्ला नराखी २२ वटा स्वायत्त क्षेत्र राख्ने गरी अघिल्लो संविधानसभाले पनि सहमति जुटाएको भन्दै एमाओवादीले पुनः नराख्न दबाब दिए पनि कांग्रेस एमाले राख्ने अडानका कायम छन् । कांग्रेस एमाले तीन तहको अदालतमा जिल्ला अदालत राख्ने अडानमा भइरहँदा एमाओवादीले स्थानीय अदालत राख्न जोड दिइरहेको छ । संघीय संरचनामा जाने भइसकेपछि जिल्लाको स्वरुप नभई संघलाई बलियो बनाउनुपर्ने भन्दै उसले यस्तो संरचनामा जोड दिएको नेता नारायणकाजी श्र्रेष्ठले बताए । संवैधानिक आयोग लगायत विशेष समितिको गठन समानुपातिक र समावेशिताताको आधारमा गर्नुपर्ने एमाओवादी मतको विपक्षमा कांग्रेस एमाले उभिएका छन् । त्यस्तै, न्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगमा पुनर्नियुक्ति हुन नहुने पक्षमा एमाले र एमाओवादी उभिएकाे छ । दलित, उत्पीडितलाई केन्द्रमा ३ देखि ५ प्रतिशत आरक्षण दिने सहमति नमानेको, महिलालाई उम्मेदवारमा मात्र नभई कुनै पनि निकायमा ३३ प्रतिशत पहिलाको प्रतिनिधित्वलाई पनि नमानेको आरोप एमाओवादीको छ । शिर्ष तहमा एउटा सहमति गर्ने तर मस्यौदा समितिमा अर्कै लेख्ने देखेपछि आफुहरुले सिंहदरबार नछोडेको नेता गणेशमान पुनले बताए । सोमबार मध्यान्हसम्म पनि माथि उल्लेखित विषयमा कुरा मिलेको छैन । आजै दिउसो बस्ने संविधानसभाको बैठकमा पस्तुत हुनपर्ने मस्यौदामा सहमति जुट्न नसकेपछि संविधानसभाको बैठक धकेलिने सम्भावना छ । यो पनि पढ्नुहोस्  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy