Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नोबेल मेडिकल कलेज एक्कासि बन्द: बिरामी मर्कामा

\"nobel१४ असार, मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेज एवम् शिक्षण अस्पताल एक्कासि बन्द हुँदा विरामीहरु मर्कामा परेका छन् । कलेजमा अध्ययनरत एमबिबिएस पाँचौं ब्याचका विद्यार्थीले धरौटी फिर्ता र प्रशिक्षार्थीको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै आन्दोलित भइरहेका बेला आइतबारदेखि अनिश्चिकालका लागि प्रशासनले अस्पताल बन्द गरेपछि विरामीहरु मर्कामा परेका हुन् । यही असार ३ गतेदेखि आन्दोलित भएका विद्यार्थीको आन्दोलनबाट अस्पतालको ओपिडीमा उपचार गराउन आउने बिरामी प्रभावित हुँदै आएकामा हिजोदेखि प्रशासनले नै सम्पूर्ण अस्पताल बन्द गरेको घोषणापछि सो अस्पतालमा भर्ना भएका सयौं बिरामी अन्यौलमा परेका छन् । असार ३ गतेदेखि कलेजमा अध्ययनरत एमबिबिएस पाँचौं ब्याचका १२४ जना विद्यार्थीले भर्ना हुँदा राखेको रु ५० हजार धरौटी फिर्ता पाउनुपर्ने माग गर्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि असार ९ गतेदेखि अस्पतालको बहिरङ्ग सेवा ठप्प पारेर आन्दोलन चर्काएका थिए । उता कलेजलाई सम्बन्धन दिने काठमाडौं विश्वविद्यालयले ११ असारमा मेडिकल कलेजमा प्रशिक्षार्थी विद्यार्थीलाई न्यूनतम् मासिक रु १० हजार पारिश्रमिक दिनुपर्ने छलफलबाट निर्णय गरेको थियो । नोबेल प्रशासनले पनि उक्त निर्णय कार्यान्वयन गराउने मौखिक सहमति जनाएको थियो । तर विद्यार्थीले १३ असारमा पनि लिखित सम्झौता हुनुपर्ने माग गर्दै अस्पतालको बहिरङ्ग सेवा ठप्प पारेर धर्नामा बसेका थिए । उनीहरुको आन्दोलनलाई मेडिकल अधिकृतहरुले पनि साथ दिएपछि नोबेल प्रशासन आक्रोशित भएको हो । अकस्मात प्रशासनले मौखिक रुपमै अस्पताल बन्द भएको घोषणा गरेपछि आन्दोलनरत चिकित्सकहरुले तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गरेका छन् । आन्दोलनरत विद्यार्थी गणेश फुलाराले अस्पताल प्रशासनले चिकित्सकहरुलाई दुःख दिएर आन्दोलन तुहाउन लागिपरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending