Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

विद्यार्थीले डिनलाई शौचालयमा थुनेपछि...

१४ असार, कास्की । अनेरास्ववियुले पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. गोविन्द प्रसाद लामिछानेलाई विश्वविद्यालय केन्द्रीय कार्यालयको शौचालयमा थुनेका छन् । सोमबार दिउँसो अनेरास्ववियु समर्थित कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा पुगेर डिनलाई १५ मिनेटसम्म शौचालयमा थुनेका हुन् । डिनलाई थुनेपछि विद्यार्थीहरुले विश्वविद्यालय केन्द्रीय कार्यालयमा नाराबाजी गर्दै केही बेर तोडफोड पनि गरेका थिए । तोडफोडबाट केही सिसा, ढोका, फिल्टर, टेबललगायतमा क्षति भएको छ । तोडफोड लगत्तै विश्वविद्यालयमा प्रहरी पुगेपछि आन्दोलनकारीहरु तितरबितर भएका थिए । प्रहरी पुगेपछि डिन लामिछानेलाई शौचालयबाट बाहिर निकालिएको थियो । विश्वविद्यालयको केन्द्रीय क्याम्पस स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेसमा अनियमित तबरले विद्यार्थी ट्रान्सफर गरेकाले यो कदम उठाउनु परेको अनेरास्ववियु पोखरा विश्वविद्यालय, कास्कीका संयोजक नेशन शर्माले आरोप लगाए । विश्वविद्यालयका कानुनी सल्लाहकार फडिन्द्र कोइरालाको छोरीलाई नियम विपरित विषय ट्रान्सफर गराइएको शर्माले बताए । उक्त कार्यको विरोधमा विगत दुई महिनादेखि अनेरास्ववियुले विश्वविद्यालयमा आन्दोलन गर्दै आइरहेको थियो । अघिल्लो हप्ता आन्दोलनकारीहरुले डिन कार्यालयलाई डिन निषेधित क्षेत्र घोषणा गर्दै डिनको कुर्सी विश्वविद्यालय केन्द्रीय कार्यालयको रेलिङ्गमा झुण्ड्याएका थिए । सोमबार बिहान विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर झुण्ड्याइएको उक्त कुर्सी झिकेपछि त्यसको बदलामा आन्दोलनकारीहरुले यो कदम लिएको अनुमान गरिएको छ । सोमबार दिनभर डिन कार्यालय वरपर प्रहरीहरु अलर्टमा बसे पनि विश्वविद्यालय केन्द्रीय कार्यालयमा यो घटना भएको हो । घटना पछि अहिले विश्वविद्यालयका पदाधिकारीहरुको बैठक बसिरहेकाले डिन डा. लामिछानेको प्रतिक्रिया लिन सकिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending