Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

संविधानसभामा राप्रपा नेपालको अवरोध जारी

\"sambidhansava\"१८ असार, काठमाडौँ । संविधानसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अवरोध खडा गरेको छ । संविधान मस्यौदा समितिले पारित गरेको प्रावधानविपरीत मस्यौदा संविधानसभामा प्रस्तुत गरेको भन्दै सो दलले अवरोध गरेको हो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत नेकपा (माओवादी) का सभासद् गिरिराजमणि पोखरेललाई संविधानको पहिलो विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति लिई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिन समय प्रदान गर्ने बित्तिकै सो दलका सभासद्ले नाराबाजीका साथ बैठक अवरोध गरेका हुन् । राप्रपा नेपालका सभासद् कमल थापाले सीमित दलले संविधानसभालाई ‘रबरस्ट्याम’ बनाएका, संविधान र प्रचलित नियम, कानुनविपरीत काम भएको भन्दै आपत्ति जनाए । उनले संविधानसभाले गर्ने काम केही नेताले जालझेल गरेर हेरफेर गरिएको, स्थानीय निकायको निर्वाचन छ महिनाभित्र गर्ने सर्वसम्मतिले पारित गरिएको विषय, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको निर्वाचन गर्ने सहमति मस्यौदाबाट हटाएको भन्दै सभाध्यक्षको ध्यानाकर्षण गराए । उनले मस्यौदा समितिमा भएको सहमतिविपरीतको मस्यौदा पेस भएको भन्दै तत्काल बैठक स्थगित गर्न माग गरे । त्यसअघि सोही दलका सभासद् सुशीलकुमार श्रेष्ठले चार दलले आफूखुसी मस्यौदा तयार पारेका र धर्म परिवर्तनलाई मौलिक हकअन्तर्गत समावेश गरिएकामा आपत्ति जनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE