Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

गृहमन्त्री वामदेवलाई आफ्नै प्रहरीले गलहत्याउँने डर

\"bamdevgautam\"अनुसन्धानकर्ता प्रहरी अधिकारीलाई सम्मान गरेर सिंगो संगठनको मनोबल उकास्ने। कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री वामदेव गौतमलाई कार्यक्रमको उद्देश्य र प्रकृति थाहै नहुने विषय थिएन। आजको नागरिक दैनकमा खबर छ उनले यो हेक्का नराख्दा कार्यक्रममा सहभागी प्रहरीले उत्साही होइन, खिन्न बन्नुपर्योय। प्रहरीका कामको प्रशंसा गरेर सम्मानको गरिमा राख्नुपर्ने हेक्का नराखी गृहमन्त्री गौतमले आफ्नो भाषणको पूरै समय प्रहरी संगठनकै आलोचनामा बिताए। उनले प्रहरीलाई कमजोर र अक्षम मात्र भनेनन्, अपराधीसँग साँठगाँठ गरेको आरोप लगाउँदै आफूलाई प्रहरीदेखि नै डर लाग्न थालेको आक्षेप लगाए। ‘पहिले गृहमन्त्री हुँदा म प्रहरी कार्यालयको अनुगमन गर्न जान्थेँ, साना समस्यासमेत थाहा हुन्थ्यो र समाधान गर्न सक्थेँ’ उनले भने, ‘अहिले मलाई नै गलहत्याउँछन् कि भन्ने डर लाग्छ, त्यसैले जाँदिनँ।’ रानीबारी हत्याकाण्डको उत्कृष्ट अनुसन्धान गरेकोमा मन्त्रिपरिषदकोे निर्णयअनुसार सम्मानपत्र हस्तान्तरण कार्यक्रम राखिएको थियो। ‘असम्भव’ ठानिएको उक्त हत्याकाण्डको रहस्य १२ वर्षपछि सुल्झाएकोमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका चार अधिकारीलाई कार्यक्रममा नगदसहित सम्मानपत्र दिइयो। काठमाडौंको रानीबारीमा मारिएका हेमन्त र अञ्जली श्रेष्ठको हत्या अनुसन्धानको नेतृत्व गरेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल, डिएसपी भीमप्रसाद दाहाल तथा प्रहरी निरीक्षकद्वय दीपेन्द्र अधिकारी र महेश बस्नेत सम्मानित भए। तर यही कार्यक्रममा गृहमन्त्री भने प्रहरीको आलोचनामा केन्द्रित रहे। सम्मान कार्यक्रममा उनले प्रहरी–अपराधी साँठगाँठ हुने गरेको र मुद्दा कमजोर बनाएर उन्मुक्ति दिने गरेको जस्ता गम्भीर आरोप लगाए। अपराध अनुसन्धान विभागको तथ्यांकमा यो वर्ष २० प्रतिशतले अपराध घटेका छन् तर गृहमन्त्री गौतमले अपराध बढेको मात्र दाबी गरेनन्, अपराधी जोगाउने काममा प्रहरी नै संलग्न हुने गरेको गम्भीर आरोपसमेत लगाए। \'चरी (दिनेश अधिकारी) मार्दैमा गुण्डा नियन्त्रण भयो भन्ने ? उनले आक्रोश पोखे, ‘न गुण्डागर्दी घटेको छ न अपराध। बरु प्रहरीकै संलग्नतामा अपराधी जोगाउने काम भएको छ।’ कार्यक्रममा गृहमन्त्रीको आक्रोशको चुरो थियो– सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने विवाद। उनले त्यो कारण पनि बिस्तारै खुलाउँदै गए। सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्ने अधिकारसहित मन्त्रालयले अगाडि बढाएको नियमावलीमा प्रहरी नेतृत्वबाट भएको विरोधतर्फ संकेत गर्दै उनले आफूलाई प्रहरीदेखि डर लाग्न थालेको बताएका थिए। प्रहरीमा अनुशासन नभएको भन्दै उनले गृहमन्त्रीलाई खुलेआम आलोचना गर्ने प्रहरी कारबाहीको साटो पुरस्कृत हुने गरेको आरोप लगाए। त्यही संगठनमा प्रहरी महानिरीक्षकको आलोचना गर्दा भने प्रहरी कर्मचारी कारबाहीमा परेको उनको भनाइ थियो। कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्री लक्षित केही बोलेनन्। उनले कार्यक्रममा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई चुनौती दिन भने भुलेनन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending