Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

कक्षा कोठाभित्रै चक्कु आतंक

१९ असार, काठमाडौं । शिक्षक कक्षाकोठामा पढाइरहेका छन् । केही उद्दण्ड अन्धाधुन्ध फलामको रड र चक्कु घुमाउँदै पढिरहेका विद्यार्थीलाई घाइते पार्छन् । लगातारको आक्रमणले शिक्षक र विद्यार्थी आतंकित हुन्छन् । झट्ट सुन्दा कुनै सिनेमाको दृश्य झैं लाग्ने यो घटना राजधानीको एक विद्यालयमा शुक्रबार देखिएको हो । काठमाडौंको गोठाटारस्थित तेजविनायक उच्च माविमा शुक्रबार बिहान कक्षा संचालन भइरहेको थियो । सोही क्रममा कक्षा कोठामा पसेर तीन युवाले अन्धाधुन्ध चक्कु र रड प्रहार गरेपछि शिक्षक र विद्यार्थी आतंकति भए । जथाभावी प्रहार हुन थालेपछि विद्यालयमा भागदौड मच्चिएको थियो । जभाभावी चक्कु प्रहार गर्दा एक छात्राको देब्रे हातमा गहिरो चोट लागेको छ । तेज विनायक उच्चमावि कक्षा ८ मा पढ्ने १५ वर्षीया हेमा कटुवाललाई चक्कुले लागेको हो । बिहानी सत्रमा पढाई हुने सो विद्यालयमा युवाहरुको समूहले अन्धाधुन्ध चक्कु र रड प्रहार गरेका थिए । घाइते कटुवालको हातमा १२ टाका लगाइएको छ । बिहानी कक्षा संचालन भइरहेका बेला उनीहरु ढोका लात्तीले हान्दै भित्र छिरेका थिए । महानगरीय प्रहरी प्रभाग प्रहरी काँडाघारीका अनुसार गाँजा खाने ती युवाहरुले विद्यालयभित्र जवर्जस्ती छिरेर सो हर्कत गरेका हुन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तो गर्नेमा गोठाटारका सुलभ पण्डित, नवीन दाहाल र अभिनाश दाहाल छन् । उनीहरुलाई बानेश्वर वृत्तमा राखिएको छ । प्रहरीका अनुसार नवीन सोही विद्यालयका पुराना विद्यार्थी हुन् । साथीसँग झगडा गरेपछि तीन महिनामै विद्यालयले उनलाई रेस्टिकेट गरेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy