Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

सम्पादकहरुलाई कनकमणीको धम्कि –‘सभामुखको बिरोधमा सम्पादकिय नलेखे लिष्ट बनाउँछु’

काठमाडौं । आफुलाई मानवअधिकारकर्मी तथा पत्रकार भन्ने कनकमणी दिक्षितले एक ट्विट गर्दै सम्पादहरुले सभामुखमा निर्बाचित अग्नी सापकोटाका विरुद्धमा सम्पादकिय नलेखे लिष्ट बनाउँछु भनेका छन् ।

आजभन्दा दूईदिन अघि उनले गरेको ट्विटमा लेखिएको छ –‘सभामुखमा हत्या-आरोपित चयन हुँदै गर्दा कसले सम्पादकीय लेखे, कसले लेखेनन्, यो पनि हेर्ने कुरा भयो ! लिस्ट बनाई हेरौँ कि ?’
उनको ट्विटले सम्पादकहरुमाथि धम्किको भाषामा निर्बाचित हुँदै गरेका सभामुखका विरुद्धमा उत्रन भनिएको छ र नमाने आपुले लिष्ट बनाईराख्ने र हिसाब राख्ने भावको अर्थ दिने गरी लेखिएको छ ।

हेर्नुहोस् दिक्षितको ट्विट

https://twitter.com/KanakManiDixit/status/1221282047156604929

एक सम्पादकका अनुसार सभामुख निर्बाचन प्रक्रियामा अग्नी सापकोटाका विरुद्धमा एक विज्ञप्ती नै निकालेर विरुद्धमा उत्रिएका दिक्षितले प्राय सबै सम्पादकहरुलाई ‘यो गर, यो नगर’ भन्ने भाषामा अराउनेपराउने गर्छन् । मिडिया मालिकहरुका लागी बिज्ञापनमा भनसुन सम् मगर्ने र बिदेशी डोनर समेत उपलब्ध गराईदिने दिक्षितले मालिकहरुसँगको सम्बन्धलाई प्रयोग गर्दै नमान्नेहरुको बढुवा रोक्नेदेखि रोजगारी खोस्नेसम्मको काम गर्छन् ।

ति सम्पादकका अनुसार यसपटक त उनले हदै गरे–‘सार्वजनिक रुपमै सम्पादकहरुलाई धम्क्याउनु स्वतन्त्र प्रेसको खिल्ली उडाउनु हो ।’

दिक्षित सभामुख सापकोटालाई हत्या अभियोग लगाउने र सर्वोच्वमा रिट हाल्नेमध्यका एक पात्र हुन् । उनले माओवादी जनयुद्धका क्रममा घटेका घटनाहरुलाई अदालतमा मुद्धाको प्रक्रियासम्म लैजाने भुमिकाको नेतृत्व गर्छन् । फुजेल, बाँदरमुढे, बालकृष्ण ढुगेंल र अजूृन लामा हत्यको मुद्धा दायर गर्ने कामको नेतृत्व यिनै दिक्षितले गरेका थिए । मानवअधिकारकर्मी सुशिल प्याकुरेल, सुवोध प्याकुरेल, चरण प्रसाई, इन्दिरा शर्मा र दिनेश त्रिपाठीहरुको एक समुह बनाएको आरोप दिक्षितमाथि लाग्ने गरेको छ ।

अझ माओवादी पृष्ठभुमिका नेता कार्यकर्ताले त दिक्षितलाई डलरवादीको आरोप समेत लगाउने गर्छन् । यो आरोपलाई थुप्रै स्वतन्त्र मानिसहरु र केही पत्रकारहरुले समेत सत्य भएको मान्दछन् । स्वंम दिक्षित भने आफुले मानवअधिकारका लागी लडेको बताउँछन् । दिक्षितमाथि अख्तियार अनुसनधान आयोगले ‘अकुत सम्पत्ति’ कमाएको मुद्धामा अनुसन्धान समेत गरिरहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies