Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरियामा पुनः तलब वृद्धि, नेपाली कामदारको न्यूनतम तलब १ लाख १५ हजार

\"korea\"२४ असार, सोल ।  दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरुले २०१६ देखि न्यूनतम तलब १ लाख १५ हजार पाउने भएका छन् । कोरियाको ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा ८.१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका नेपाली कामदारहरुले न्यूनतम पारिश्रमिक १ लाख १५ हजार रुपैयाँ अर्थात १२ लाख ६० हजार २ सय ७० वन पाउने भएका हुन् । तलब वृद्धिसँगै स्वदेशी तथा बिदेशी कामदार अरु उत्साहित भएका छन् । समितिको कार्यलय सेजङ सी थेजनमा बिहिबार भएको मतदानमा  बहुमतले  २०१६ को जनवरीबाट लागु हुने गरि ८.१ प्रतिशतले वृद्धि गर्ने पक्षमा मत दिएपछि समितिका अध्यक्ष पार्क जोन सङ घोषणा गरेका थिए  ।  नयाँ तलव अनुसार कोरियाका मजदूरहरुले प्रतिघण्टा ६ हजार ३० वन र प्रति महिना न्यूनतम १२ लाख ६० हजार २ सय ७० वन ९१ डलर बराबर १०१.६९ रुपैयाँ , १ हजार वन  पाउने भएका हुन् । हाल कोरियाका मजदूरहरुले प्रतिघण्टा ५ हजार ५ सय ८० वन पाउँदै आएका छन् । यो तलब वृद्धि २००९  यताकै ठूलो अंक हो । तलब निर्धारण गर्न मंगलबार साँझबाट सुरु भएको बैठक बुधबार बिहान ५:३० बजेसम्म सरकारी अधिकारी, मजदूर प्रतिनीधि र रोजगारदाताबिच ११ पटकसम्म वार्ता भए पनि समझदारी हुन नसके पछि १२ औं वार्ताले बिहिबार मतदान गर्ने निर्णय गरेको थियो । २७ सदस्यीय ज्याला निर्धारण समितिमा मजदुर प्रतिनीधि ९, सकरकारी अधिकारी र रोजगारदाताका तर्फबाट ९ जना प्रतिनीधि रहने व्यवस्था रहेको छ । ती मध्ये बिहिबार भएको मतदानमा मजदूर प्रतिनीधि ९ जना र कम्पनी व्यवस्थापनको तर्फबाट २ जनाले मतदान बहिस्कार गरेका थिए भने १६ जनाले ८.१ प्रतिशतको पक्षमा मतदान गरेका थिए । कोरियन मजदूर महासंघ (केसीटीयू), प्रवासी मजदूर यूनियन (एमटीयू)लगायतका मजदूर संगठनहरुले ओईसीडीका मुख्य सदस्यहरु मध्ये मजदूरको तलब कोरियामा सबैभन्दा कम भएको, महङ्गी बृद्धि र प्रवासी, अस्थायी तथा महिला मजुदुरको  जीवनस्तर उकास्न ७९ प्रतिशत ९ प्रतिघन्टा १० हजार वन  वृद्धि गनुपर्ने  माग गर्दै आएका छन् । आज भएको निर्णयको श्रम तथा रोजगार मन्त्रालयले विभिन्न पक्षमा अध्ययन गरेर अगष्ट ५ मा  स्वीकृत गर्नेछ । कोरियामा जुन २९ अगावै अर्को वर्षको तलब निर्धारण गर्ने प्रावधान भए पनि तीन पक्षको असमझदारीका कारण हरेका वर्ष मतदान हुने गरेको छ । यो वर्ष पनि सरकारले पार्क जोन सङको अध्यक्षतामा न्यूनत्तम ज्याला निर्धारण समिति गठन गरेको थियो । कोरियामा २००३ देखि प्रत्येक वर्ष मजदूरहरुको तलव वृद्धि हुँदै आएको छ । २०१६ का लागि  निर्धारण गरिएको ८.१ प्रतिशत गत वर्षभन्दा १ प्रतिशतले बढि हो । कोरियामा २००९ मा ६.१ , २०१० मा २.७५ ,२०११ मा ५.१, २०१२ मा ६ , २०१३ मा ६.१ र २०१४ मा ७.१ प्रतिशत वृद्धि हुँदै आएको छ । कोरियाली मजदुर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.१ प्रतिशत तलव वृद्धि भएको थियो । परिवर्तित नयाँ तलव मानल कोरियाको विभिन्न उद्योगहरुमा कार्यरत स्वदेशी तथा बिदेशी मध्ये ५० लाख न्यून आय भएका मजदुरहरुलाई फाईदा पुग्ने छ । नेपालसहित एसियाका पन्ध्र देशका युवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले ३० हजार नेपाली  अझ कामदारलाई  प्रत्यक्ष फाईदा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies