Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नहरले पानी नछाड्दा रौतहटका कृषक मारमा

\"ropai\"२६ असार, रौतहट । रौतहट जिल्लामा यो वर्ष रोपाइँ अत्यन्त सुस्त गतिमा रहेका कारण किसान प्रत्यक्ष मारमा परेका छन् । यो वर्ष असार बित्न लाग्दा पनि पर्याप्त मात्रामा वर्षा नभएको कारण जिल्लाको अधिकांश स्थानमा रोपाइँ हुन सकेको छैन । बागमती सिँचाइ आयोजनाले भत्किएका मूल नहर तथा प्रशाखा नहरको मर्मत नगरेकाले रौतहटतर्फको नहर प्रणालीमा हालसम्म पानी नछोडदा अधिकांश कृषकको खेत बाँझै रहेको छ । आयोजनाले सर्लाहीतर्फ पनि पानी नछोडेका कारण त्यहाँको अवस्था पनि यस्तै रहेको छ । आयोजनाले पानी नछोडेपछि उत्तरी भेगअन्तर्गत चन्द्रपुर नगरपालिका र करिब १० गाविसका कृषकले धान रोपाइँ गर्न पाएका छैनन् । यहाँ करिब दुई सातादेखि खेतीलाई पुग्ने वर्षा नभएका कारण आयोजनाले कहिले पानी छाड्छ भन्ने प्रतीक्षामा कृषक बस्न बाध्य भएका छन् । कृषकले अविलम्ब पानी छाड्न आयोजनाका कर्मचारीलाई अनुरोधसमेत गर्दै आएका छन् । गौर चन्द्रनिगाहपुर सडकखण्डको अधिकांश स्थानमा हेर्दा खेत पानीको अभावमा बाँझै रहेको देखिन्छ । उता आयोजनाका कर्मचारीले नहर मर्मत तथा सरसफाइको काम सम्पन्न हुने अन्तिम चरणमा रहेकाले मसान्तसम्ममा सुचारु हुने जानकारी दिएका छन् । स्थानीय कृषक कृष्ण हुमागार्इंले पानीको अभावमा रोपाइँ गर्न नसकिएको बताए । उनले यस्तै अवस्था रहे उत्पादन घट्ने भएकाले यथाशक्य पानी छाड्न आयोजनालाई अनुरोध गरिएको बताए । जिल्ला कृषि विकास कार्यालयले पानीको अभावमा कृषकले रोपाइँ गर्न नसकेको भन्दै करिब १५ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending