Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

बानेश्वरको मुख्य सडकमा रोपाईं

\"road_irrigarion_at_old_Baneshowr-400\"असार २६, काठमाडौं । दूई वर्ष लगाएर पनि पिच गर्न नसकिएको दूई किलोमिटर सडकले सास्ती दिएपछि राजधानीको बानेश्वर क्षेत्रका स्थानियले त्यस्को सदुपयोग दुई दिनमै गरेर देखाइ दिए । बिच सडकमा छरपस्ट गिट्टि र माटोे बर्षा याममा झरि परेको बेला गाडि गुडेपछि रोप्नलाई ठिक्क पारेको आलि मिलेको खेतको कान्ला जस्तो बन्छ । त्यसलाई सडक हो भनौँ भने हिँड डुल गर्न सकिदैँन । रोपार्इँ गरौँ भने खेत पनी होइन । लगातार आवाज उठाउँदा पनी सम्बन्धीत निकायले पिच नगरिदिँदा बिगत दूई बर्ष देखि पर्ख र हेरको अवस्थामा रहेका स्थानियले बिहिबार र शुक्रबार त्यसै खेत जस्तो सडकमा रोपाईँको आयोजना गरे । केटा–कटि देखि वृद्ध–वृद्धासम्मले बिहिबार कोदालो र धानको बिउ ब्याड समातेर त्यहि हिलाम्मे सडकमा छ्याप–छ्याप्ती रोपे र त्यहि सडकको हिलोमा राज्यको अनुहार देखाई दिए । त्यति गर्दा पनी राज्यले सामान्य प्रहरी लगाएर दमन गर्ने बाहेके अरु कुनै प्रतिक्रिया नजनाए पछि शुक्रबार स्थानियले त्यसै सडकमा हिलोले छ्यापिएको राज्यको त्यहि मुहारलाई गाडिको टायर बालेर जलाए अनि नाराबाजी गरेर बिरोध पनी जनाए । प्रहरीले सामान्य धडपकड र सडकबाट लखट्ने काम जारी नै राख्यो । धानका ब्याड मात्रै होइन टायर बाल्ने र झार समेत ल्यायएर त्यसैमा रोप्ने थाले पछि अन्ततः प्रहरी थाक्यो । त्यसपछि प्रहरीले निर्माण कम्पनीका प्रतिनिधि बोलाएर  सडक निर्माण छिट्टै सक्ने सहमति गरायो ।\"road_irrigarion_at_old_Baneshowr400\" सहमतिमा दुई दिनभित्र हिलो पन्छाएर सडक तयार गर्ने र तीन दिनसम्म पानी नपरे पिच गर्ने कार्य सुरु गर्ने सहमति भएको उपत्यका सडक विस्तार आयोजनाका प्रमुख प्रभात झाले बताए । सिनामंगल–बानेश्वर–मैतिदेवी सडक खण्ड निर्माणको जिम्मा लिएको ‘लामा बिल्डर्स–बिरुवा–च्याङमिला’ ले ९ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सहमति अनुसार अघिल्लो वर्षको असार १३ गते भित्र सडक पिच गर्ने कार्य सकिसक्नु पर्ने हो । समय सकिएको एक बर्ष भन्दा बढि भइसक्दा समेत निर्माणको जम्मा जम्मी ५० प्रतिशत काम पनि सकिएको छैन । तोकिएको समयमा काम पुरा गर्न नसकेको उक्त कम्पनीलाई आयोजनाले नियमअनुसार कुनै कारबाही गर्न सकेको छैन । पटक–पटक सम्बन्धित निकायमा कुरा राख्दा ‘हुन्छ’ र ‘गरौँला’ मात्रै भन्ने तर काम भने सिन्को पनि नभाच्ने सरकारी ढिलासुस्तीले स्थानियमा आक्रोश पैदा गरिरहेको छ । ‘वर्षा याममा हिलो र सुख्खा याममा धुलो’ राजधानीका सडकको नियती नै हो । त्यो हालत बानेश्वरको सिनामंगल–मैतिदेवि सडकखण्ड मात्रै होइन प्रायः राजधानीका सबै सडकहरुको उस्तै छ ।\"road_irrigarion_at_old_Baneshowr7-400\" स्कुल जाने बालबालिका, अफिस जाने अफिसर र बाटो ओहोर–दोहोर गर्ने बटुवा जो सुकै पनि त्यो बाटो हिँडदा गाडिले उछिट्टाएको हिलो परेर खेत रोपेर फर्किएको खेताला झैँ देखिन्छ । तर सम्बन्धीत निकाय भने देखे पनि नदेखे झैँ गरेर बसीरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE