Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भूकम्पको नाममा सडकमै अस्पताल

\"hospital२७ असार, चरिकोट । भूकम्पपछि अस्थायी रुपमा सडकबाट सञ्चालन हुँदै आएका दोलखाका निजी अस्पताल सडकमै सञ्चालन भइरहेका छन् । यसरी सधैँजसोे अस्पताल सडकबाट सञ्चालन भई सडकबाट नहट्दा सवारी साधन सञ्चालन र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएको त छँदैछ, उपचार गर्न आएका बिरामी थप बिरामी हुने गरेका छन् ।

भूकम्पपछि सदरमुकाम चरिकोटको सातदोबाटो चोकस्थित सडकमा सञ्चालन हुँदै आएका च्छोरोल्पा जनरल अस्पताल र गौरीशङ्कर जनरल अस्पताल तीन महिना पुग्न लाग्दा पनि हटेका छैनन् ।

सदरमुकामको व्यस्त सडकमा अस्पताल सञ्चालन हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको लापिलाङबाट किनमेलका लागि चरिकोट आउनुुभएका बलबहादुर थामी बताउनुुहुन्छ । सडकमा अस्पताल सञ्चालन हँुदा सर्वसाधारणलाई केही हदसम्म फाइदा भए पनि धेरै बेफाइदा हुने गरेको छ । होहल्लादेखि धुलो र पानीले उपचारमा आएका बिरामीलाई समेत समस्या हुने गरेको छ ।

सेवामूलक भावनाले भन्दा पनि नाफा कमाउने उद्देश्य राखी अस्पतालले सडकमै पाल राखेर औषधि पसलसमेत सञ्चालन गर्दै आएका छन् । च्छोरोल्पा अस्पताल सञ्चालन हुँदै आएको भीमेश्वर नगरपालिकाको व्यावसायिक भवन भूकम्पका कारण बस्नै नहुने गरी ध्वस्त भएपछि च्छोरोल्पा अस्पताल वैशाख १२ देखी व्यस्त चोकमा टेन्ट र पालमुनि सञ्चालन भइहरेको छ । अस्पतालका सञ्चालक किरण दाहाल अझै पनि भूकम्पका परकम्प नरोकिएकाले सडकमै अस्पताल सञ्चालन गर्न बाध्य भएको बतउँछन् ।

उनले भने – \'उपयुक्त स्थानको खोजीमा छौं ठाउँ पाए तत्काल सार्छौं । व्यवसाय भन्दा पनि नागरिकलाई सेवा होस् भनेर सङ्कटको अवस्थामा पनि अस्पताल सञ्चालन गरेका हौं ।\'

दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्थानीय जनताको गुनासोपछि सडकमा सञ्चालित अस्पताल हटाउन जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई निर्देशन दिइसकेको बताए । उनले भने – \'तरकारी व्यापारीदेखि औषधि व्यापारी सबैलाई समान कानुन लाग्ने र सडकबाट अस्पताल नहटाए कारबाही हुने छ ।\'

त्यस्तै, नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के विपद्का बेला अस्थायी रुपमा सडकमा अस्पताल सञ्चालन गरे पनि अहिले अवस्था सामान्य भइसकेकाले सडकमै बसिरहनु न्यायोचित नभएको बताए ।

यस्तै, सडकमा अस्पताल सञ्चालन हुँदा नागरिकलाई विभिन्न समस्या हुुने भएकाले तत्काल अस्पताल हटाएर सदाका लागि सुरक्षित स्थानमा सञ्चालनमा ल्याइनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय चरिकोेटको भनाइ छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending