Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मार्च १ पछि कोरोना सङ्क्रमणका कारण दर्जनौँ पत्रकारको मृत्यु

जेनेभा । गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ । सञ्चारकर्र्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ ।

आगामी आइतबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अगाडि प्रेस अभियान (पीईसी) ले धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार सङ्कलन गर्नुपर्दा यसबाट ठूलो सङ्ख्यामा पत्रकार सङ्क्रमित हुनु परेको बताएको छ ।

पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको छ । यद्यपि उनीहरुको कामकै शिलशिलामा सङ्क्रमण भएको पुष्टि भने नभएको पीईसीले जनाएको छ ।

“पत्रकारहरूले समाचार सङ्कलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको छ,” पीईसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकोपको शुरूमा कैयौँ देशहरुमा सामाजिक तथा शारीरिक दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने र मास्क लगाउने निर्देशनजस्तो ‘अनिवार्य सुरक्षात्मक उपाय’ लागू हुन नसकेको विज्ञप्तिमा बताइएको छ ।

पीईसीले भनेको छ, “यसरी पत्रकार बढी प्रभावित बन्ने मुलुकमा इक्वेडर अग्रस्थानमा रहेको छ । यहाँ कम्तिमा नौ जना पत्रकार भाइरसको सिकार बन्न पुगेका छन् । त्यस्तै संयुक्त राज्य अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः तीन जना मृत पत्रकारमा सङ्क्रमणको पुष्टि भएको थियो । ”

विश्वव्यापी रूपमा सङ्क्रमित ३२ लाखभन्दा बढीमा सङ्क्रमित बनेको र दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको यस महामारीलाई लेख्ने कतिपय मुलुकका सञ्चारमाध्यम नै प्रशासनको तारो बन्ने गरेको संयुक्त राष्ट्रसंघका चेतावनीहरूलाई उल्लेख गर्दै यस संस्थाले बताएको छ ।

“सेन्सरशिप, इन्टरनेट बन्द, मनमानीरूपमा पत्रकारहरूलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपतकालीन कानून हालका हप्ताहरूमा प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यासहरू कतिपय मुलुकले गरेको भन्दै पीईसीले खेद व्यक्त गरेको छ ।

विश्वसनीय सार्वजनिक जानकारीको पहुँच पहिलेभन्दा बढी महामारीको समय महत्वपूर्ण रहने भएपनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुनु खासगरी चिन्ताको विषय भएको पीईसीले जनाएको छ । पीईसीले पारदर्शिता सर्वोपरी रहेको र यसको प्रयोगले स्वास्थ्य सङ्कटमा नागरिकको जीवन बचाउन सकिनेमा जोड दिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: