Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

हाम्रो पार्टी कम्युनिष्ट पार्टी नै रहेनः प्रचण्ड

\"Prachanda\"२७ असार, काठमाडौँ । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी स्वार्थ र गुटका कारण कम्युनिष्ट पार्टी नै भन्न नमिल्ने जस्तो भइसकेको बताएका छन् । आइतबार जमलको राष्ट्रिय नाचघरमा अखिल(क्रान्तीकारी) द्वारा आयोजित राजनितिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियान सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समानान्तर गुटहरुले यसरी नै अगाडी बढेमा पार्टी बिघटन हुनबाट कसैले रोक्न नसक्ने बताए । ‘हामि नयाँ पार्टी निर्माण भन्दै हिँडेका छौँ । समानान्तर कमिटीहरु घोषणा गर्दै पनि हिँडेका छौँ ।’, उनले कार्यकर्तालाई प्रश्न गरे–‘नयाँ भनेको के समानान्तर कमिटी हो ? कि गुटबन्दी हो ?’ एउटै जिल्लामा सात–आठ वटा भन्दा बढी कमिटीहरु रहेको भन्दै उनले भने– ‘म, बाबुरामजी र नारायणकाजीजीलाई मात्रै नसोध्नोस्, के तपाईहरुको पनि भनाइ र गराइमा एकरुपता छ रु’ त्यसअघि माओवादी नेताहरु नारायणकाजि श्रेष्ठ र डा. बाबुराम भट्टराईले पनि पार्टी नयाँ ढंगले अगाडी नबढे पार्टी सकिने धारणा राखेका थिए । शान्ति प्रक्रियामा आएपछि सामन्त दलाल र बुर्जुवाहरुसँगको सम्बन्धका कारण आफ्नो पार्टी पनि बुर्जुवाजस्तो बनेको प्रचण्डले बताए । उनले अब देशको राजनीतिक पहलकदमी एमाओवादीको हातमा आउन लागेकाले पार्टीमा सबै एकतावद्ध हुनुपर्ने बताए । केन्द्रीय समितिको बैठकमा आफुले प्रस्तुत गरेको २५ बुँदे प्रस्ताव नारायणकाजी र बाबुराम सँग छलफल गरेर ल्याएकोले त्यो नै समस्याको समाधान भएको बताए । ‘मैले मंसिरमा २५ बुँदे प्रस्ताव पेश गरेको हुँ, त्यसपछि पार्टीभित्र सकारात्मक माहौल बनेकै हो,’ उनले भने,’त्यो प्रस्ताव लगत्तै संविधानसभा भित्र र बाहिर ३० दलको आन्दोलन गर्नुपर्यो२, त्यसपछि भूकम्प गयो, छलफलै गर्न पाइएन ।’ अहिलेसम्म राजनीति र संविधान निर्माणको कामले छलफल गर्न नभ्याएको भन्दै उनले यसमा आफ्नो या अरु कुनै नेताको नियतका कारण छलफल नभएको भनेर नबुझ्न उनले कार्यकर्तालाई आग्रह गरे । अब यो प्रस्तावमा छलफल गरिने आश्वासन उनले कार्यकर्तालाई दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending