काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकका एजेण्डाहरु अन्योलमा परेका छन् ।
सोही अन्योलताका कारण राजनीतिक दस्तावेज लेखनको जिम्मा पाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखन सुरु गर्न सकेका छैनन् भने सहमतिको एजेण्डा तयार गर्न समेत सकिरहेका छैनन् ।
यसअघि सम्पन्न सचिवालय बैठक आसपास भएका सहमतिलाई स्थायी समिति बैठकका एजेण्डा बनाउन प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नचाहेपछि अन्योलता देखिएको हो ।
गत शनिबार सचिवालय बैठकअघि दुई अध्यक्षबीच भएको भेटमा ओलीले आत्मआलोचित हुने, गत मंसिर ४ गतेको निर्णय कार्यान्वयन गर्ने र ‘एक व्यक्ति, एक पद’को नीति लागु गर्ने समझदारी अहिले ओलीले स्थायी समितिको एजेण्डा बनाउन नमानिरहेको बताइएको छ ।
सचिवालय बैठकमा ओली आफुले आत्मआलोचना गरेपनि मुख्यत एक व्यक्ति एक पदमा जान ओलीले नमानेपछि समस्या पुन बल्झिने दिशामा गएको हो ।
एक व्यक्ति एक पद को नीति अबलम्बन गर्दा माधव नेपाल पक्षको पनि माग सुनुवाई हुने ठहरसहित प्रचण्ड यसअघिको सचिवालयमा नरम रुपमा प्रस्तुत भएका थिए । एक स्थायी समितिका सदस्यका अनुसार अहिले प्रचण्डलाई ओलीले फेरी धोका दिएका छन् र स्थायी समितिको बैठक नै अन्योलतामा गएको छ ।
उनका अनुसार ओलीको सहमति गर्ने, निर्णय गर्ने र कार्यान्वयन नगर्ने प्रवृतिले नै पार्टी र सरकारको अवस्था खरा बनेको छ । नेतृत्वमा बनेको एक उच्च समझदारीमा व्यावहारमा नउतार्ने हो भने विश्वासको बाताबरण बन्नै सक्दैन ।
उनले थपे, –‘ओली सहमतिमा नहिड्ने हो भने झन ठुलो समस्यामा पर्छन्’ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: