Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

रानीबारी हत्यामा प्रहरीको अनुसन्धान शंकास्पद

\"ranbar-970\"२७ असार, काठमाडौं । १२ बर्षअघि भएको रानीवारी हत्या घटनाको अभियोग लागेका मनराज गुरुङ र प्रमेश चौहानका परिवारले प्रहरीको अनुसन्धानमाथि गम्भिर प्रश्न उठाउँदै झुटो बिबरण पेश गरी फसाउन खोजेको दाबी गरेका छन् । आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आरोपित मनराज गुरुङकी श्रीमति ललिता अधिकारी र प्रमेश चौहानकी श्रीमती कुमारी चौहानले घटना भएको समय र अदालतमा पेश गरिएको कागजात असत्य र झुटो भएको दाबी गरे । उनीहरुले अदालतमा बिचाराधिन मुद्दालाई गृह मन्त्रालयले सफल अनुसन्धान गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीलाई सम्मान गर्नु अदालतमा बिचाराधिन मुद्धालाई नियतबस प्रभावित गर्न खोजेको भनि दाबी गरे । मनराजकी श्रीमति ललितले प्रहरीले अनुसन्धानको क्रममा हत्यारा भनिएका मनराज र प्रमेशलाई रानीवारी हत्याकाण्डको प्रमाण नखोजी राजधानीका कन्ट्रयाक किलर भएको पुष्टि गर्न खोज्ने तर हत्याको योजनाकार र आदेश दिने अभियुक्त पहिचान भइसकेको भनेपनि १२ बर्षसम्म गिरफ्तार गर्न नसक्नुले गंभिर आशंका उत्पन्न गरेको बताईन । उनले रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त भनिएका इश्वर गुरुङ र प्रकाश लामालाई पक्राउ नगरेको, अभियुक्त भनि प्रहरीले पहिले नैं प्रकाशित गरेको स्केचसँग प्रमेश र मनराजको अनुहार नमिलेको, ब्लड ग्रुप नमिलेको भनी सीआईबीको सबैजसो दाबी असत्य भएको वताईन् । अधिकारीले सिआईबीलाई बयान दिने क्रममा साक्षी भनिएका काठमाडौं २६ सिआईबी ४९ र ५० (प्रहरीले सुराकी गर्न खटाएका सुराकीहरुको सांकेतिक नाम) ले अनुसन्धानको क्रममा प्रहरी समक्ष उक्त घटना मनराज र प्रमेशले घटाएको भनेर कागज गरेको भनिएतापनि अदालत समक्ष बयान दिँदा प्रहरीले आफुहरुलाई जबरजस्ति लेखीएको व्याहोरा पढ्न नदिई सहिछाप गराएको भनेको बाट प्रहरीको अनुसन्धान शंकास्पद र बिबरणहरु झुटो भएको पुष्टि भएको बताईन । उनले भनिन–यसबाट प्रहरीले आधार र प्रमाण बिना मनराज र प्रमेशलाई पक्राउ गरी जबरजस्ति हत्याको अभियुक्त बनाउन खोजेको प्रस्ट हुन्छ । सिआईबीका साक्षी काठमाडौं २६ परिबर्तित सांकेतिक नाम सिआईबी ५० ले प्रमेशलाई सोहखुट्टेस्थित एक रेष्टुरेन्टमा २०६८ मा भेटेको र उक्त रानीवारी हत्याकाण्डको बारेमा जानकारी पाएको भनेर बयान दिएपनि उक्त समयमा प्रमेश कारागार मै रहेको र २०६९ साल असोजमा थुनामुक्त भएको तथ्य जिल्ला कारागार दोलखाको रेकर्डबाट पुष्टी हुने ललिताले बताइन् । प्रहरीले गुरुङ र चौहानले अकुत सम्पति कमाएको भनी पेश गरेका सम्पति बिबरणका कतिपय कागजात झुटो र फर्जी भएको उनले दाबि गरिन् । उनले भनिन ‘मेरो नाम ललिता अधिकारी हो, श्रीमानको नाम मनराज गुरुङ हो, तर प्रहरीले काठमाडौं मनपा ५ का सुरेश गुरुङकी श्रीमती ललिता गुरुङको धनीपुर्जा पेश गरेको छ, सासु कुमारी गुरुङ भनी पेश गरेको जग्गाको धनीपुर्जामा ससुराको नाम नमिल्ने बिबरण पेश गरेको  छ ।’ उनले दुबै अभियुक्तको फ्रिङ्गर प्रिन्ट, ब्लड गु्रप प्रहरीले दाबी गरेबमोजिम नमिलेपछि तत्काल नमुन संकलन गरी परिक्षण गर्न माग गर्दा अस्विकार गरेकोले प्रहरी अनुसन्धान झनै शंकास्पद बनेको दाबी गरिन् । उनले पक्राउ परेपछि दुबैजनालाई हत्याको जिम्मेवारी लिन जबर्जस्ती गरेको र नमान्दा प्रहरीले मुखमा मुखुण्डोल लगाएर जंगलमा लगी दिनेश अधिकारी चरीलाई झैं गोली ठोक्ने चेतावनी दिने गरेको गम्भिर आरोप लगाईन् । उनले सो घटनाको जिम्मेवारी लिन भन्दै लामो समयसम्म यातना दिएको आरोप लगाइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending