Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रानीबारी हत्यामा प्रहरीको अनुसन्धान शंकास्पद

\"ranbar-970\"२७ असार, काठमाडौं । १२ बर्षअघि भएको रानीवारी हत्या घटनाको अभियोग लागेका मनराज गुरुङ र प्रमेश चौहानका परिवारले प्रहरीको अनुसन्धानमाथि गम्भिर प्रश्न उठाउँदै झुटो बिबरण पेश गरी फसाउन खोजेको दाबी गरेका छन् । आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आरोपित मनराज गुरुङकी श्रीमति ललिता अधिकारी र प्रमेश चौहानकी श्रीमती कुमारी चौहानले घटना भएको समय र अदालतमा पेश गरिएको कागजात असत्य र झुटो भएको दाबी गरे । उनीहरुले अदालतमा बिचाराधिन मुद्दालाई गृह मन्त्रालयले सफल अनुसन्धान गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीलाई सम्मान गर्नु अदालतमा बिचाराधिन मुद्धालाई नियतबस प्रभावित गर्न खोजेको भनि दाबी गरे । मनराजकी श्रीमति ललितले प्रहरीले अनुसन्धानको क्रममा हत्यारा भनिएका मनराज र प्रमेशलाई रानीवारी हत्याकाण्डको प्रमाण नखोजी राजधानीका कन्ट्रयाक किलर भएको पुष्टि गर्न खोज्ने तर हत्याको योजनाकार र आदेश दिने अभियुक्त पहिचान भइसकेको भनेपनि १२ बर्षसम्म गिरफ्तार गर्न नसक्नुले गंभिर आशंका उत्पन्न गरेको बताईन । उनले रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त भनिएका इश्वर गुरुङ र प्रकाश लामालाई पक्राउ नगरेको, अभियुक्त भनि प्रहरीले पहिले नैं प्रकाशित गरेको स्केचसँग प्रमेश र मनराजको अनुहार नमिलेको, ब्लड ग्रुप नमिलेको भनी सीआईबीको सबैजसो दाबी असत्य भएको वताईन् । अधिकारीले सिआईबीलाई बयान दिने क्रममा साक्षी भनिएका काठमाडौं २६ सिआईबी ४९ र ५० (प्रहरीले सुराकी गर्न खटाएका सुराकीहरुको सांकेतिक नाम) ले अनुसन्धानको क्रममा प्रहरी समक्ष उक्त घटना मनराज र प्रमेशले घटाएको भनेर कागज गरेको भनिएतापनि अदालत समक्ष बयान दिँदा प्रहरीले आफुहरुलाई जबरजस्ति लेखीएको व्याहोरा पढ्न नदिई सहिछाप गराएको भनेको बाट प्रहरीको अनुसन्धान शंकास्पद र बिबरणहरु झुटो भएको पुष्टि भएको बताईन । उनले भनिन–यसबाट प्रहरीले आधार र प्रमाण बिना मनराज र प्रमेशलाई पक्राउ गरी जबरजस्ति हत्याको अभियुक्त बनाउन खोजेको प्रस्ट हुन्छ । सिआईबीका साक्षी काठमाडौं २६ परिबर्तित सांकेतिक नाम सिआईबी ५० ले प्रमेशलाई सोहखुट्टेस्थित एक रेष्टुरेन्टमा २०६८ मा भेटेको र उक्त रानीवारी हत्याकाण्डको बारेमा जानकारी पाएको भनेर बयान दिएपनि उक्त समयमा प्रमेश कारागार मै रहेको र २०६९ साल असोजमा थुनामुक्त भएको तथ्य जिल्ला कारागार दोलखाको रेकर्डबाट पुष्टी हुने ललिताले बताइन् । प्रहरीले गुरुङ र चौहानले अकुत सम्पति कमाएको भनी पेश गरेका सम्पति बिबरणका कतिपय कागजात झुटो र फर्जी भएको उनले दाबि गरिन् । उनले भनिन ‘मेरो नाम ललिता अधिकारी हो, श्रीमानको नाम मनराज गुरुङ हो, तर प्रहरीले काठमाडौं मनपा ५ का सुरेश गुरुङकी श्रीमती ललिता गुरुङको धनीपुर्जा पेश गरेको छ, सासु कुमारी गुरुङ भनी पेश गरेको जग्गाको धनीपुर्जामा ससुराको नाम नमिल्ने बिबरण पेश गरेको  छ ।’ उनले दुबै अभियुक्तको फ्रिङ्गर प्रिन्ट, ब्लड गु्रप प्रहरीले दाबी गरेबमोजिम नमिलेपछि तत्काल नमुन संकलन गरी परिक्षण गर्न माग गर्दा अस्विकार गरेकोले प्रहरी अनुसन्धान झनै शंकास्पद बनेको दाबी गरिन् । उनले पक्राउ परेपछि दुबैजनालाई हत्याको जिम्मेवारी लिन जबर्जस्ती गरेको र नमान्दा प्रहरीले मुखमा मुखुण्डोल लगाएर जंगलमा लगी दिनेश अधिकारी चरीलाई झैं गोली ठोक्ने चेतावनी दिने गरेको गम्भिर आरोप लगाईन् । उनले सो घटनाको जिम्मेवारी लिन भन्दै लामो समयसम्म यातना दिएको आरोप लगाइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending