Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ओली झोक्किएर बैठक छाडेपछि स्थायी समिति बैठक अनिश्चित

काठमाडौं । बैशाख २५ गते बस्ने तय भएको स्थायी समिति बैठकको एजेण्डा बनाउन बसेको नेकपा सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओली झोक्किएर हिडेपछि स्थायी समितिको बैठक समेत अनिश्चित बनेको छ ।

यसअघि बसेको सचिवलाय बैठकले बैशाख २५ मा स्थायी समितिको बैठक र आज सचिवलायको बैठक बोलाएको थियो । स्थायी समितिमा हुने छलफलका एजेण्डाका विषयमा बाँकी सचिवालयका सदस्यहरुबीच मत नमिल्दा ओलीले बैठक छोडेको बताइएको छ ।

ओली बैठकस्थलबाट अन्य काममा समय दिनुपर्ने भन्दै बाहिरिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका बाँकी सदस्यहरु अन्योलमा परेका थिए ।

प्रचण्डले बैठक स्थगित गरी अर्का अध्यक्ष ओलीसँग छलफल गर्ने प्रस्ताव गरेपछि सचिवालयको बैठक स्थगित भएको बताइएको छ ।

बैठकपछि पत्रकारहरुसँग प्रवक्ता तथा सचिवलाय सदस्य नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच छलफल पछि मात्रै स्थायी समितिको बैठक र एजेण्डाहरुका बारेमा छलफल निर्णय हुने बताएका छन् ।

यो सँगै नेकपाको स्थायी समितिको बैठक अन्योलमा परेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका ओलीको ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ का बारेमा असहमत छन् । उनले पार्टीमा यस्तो व्यवस्था लागु हुन नसक्ने बताउँदै स्थायी समितिमा छलफल गर्न नहुने अडान राखेका थिए । अर्का अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु भने बैठकमा जुनसुकै विषयमा छलफल हुनसक्ने अडानमा छन् । सोही विषयलाई लिएर बैठकमा चर्काचर्की भएपछि बैठकस्थल छोडेर बाहिरिएको बताइएको छ ।

अर्का अध्यक्ष प्रचण्ड बैठक लगत्तै ओलीसँग छलफल गर्न उनको निवास पुगेका छन् । छलफल भएनभएको बारे भने खबर बाहिरिएको छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending