Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भूकम्पपछि अझै खुल्न सकेन साँखुबजार

\"sankhu\"२८ असार, काठमाडौं । काठमाडौंको उत्तरपूर्वी भेगको व्यापारिक सहरका रुपमा चर्चित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक साँखु बजार भूकम्पपछि अझै पूर्णरुपमा खुल्न सकेको छैन । उत्तरपूर्वी भेगका काँठ क्षेत्रको मात्र नभई सिन्धुपाल्चोक जिल्लाको पश्चिमी, भक्तपुर जिल्लाको उत्तरपूर्वी र काभ्रेपलाञ्चोक जिल्लाको उत्तर पश्चिमी भेगका गाविसको बजारका रुपमासमेत साँखु प्रख्यात छ । अरनिको राजमार्ग खुल्नुअघि साँखु नाकाबाटै चीनसँग व्यापार हुने गरेको थियो । वैशाख १२ गतेको भूकम्पपछि साँखुका २० प्रतिशत पसल पूर्णरुपमा र ४० प्रतिशत पसल आंशिकरुपमा क्षति भएको स्थानीय व्यापारी पवनलाल श्रेष्ठले बताए । ‘भूकम्पपछि जनजीवन सामान्य बन्दै गए पनि यहाँका २० प्रतिशत बजार अझै खुल्न सकेको छैन, बजारभित्रका पुराना घर भत्केर जम्मा भएको फोहरको थुप्रो नहटाइँदा बस्नयोग्य घरमा पनि जान सकेका छैनौँ’, उनले भने । घर भत्केका संरचनाले सधैँ बसेको साँखु बजार आफ्नो ठाउँ नै होइन जस्तो लाग्न थालेको स्थानीय लक्ष्मी श्रेष्ठले बताए । ‘बजारमा पुग्दा कहाँकहाँ न पुगेको जस्तो लाग्छ, पुराना सबै पसल र बजार नखुल्दा खोजेको सामान पाउन मुस्किल भएको छ’, उनले भने । भूकम्पले भक्तिनारायण श्रेष्ठले सञ्चालन गरेको चर्चित मिठाई पसल भत्केर पाँच जनाको मृत्यु भएपछि सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरसम्मका ग्राहक आउने पसल अहिलेसम्म सञ्चालन हुन सकेको छैन । श्रेष्ठ र छोरीसहित परिवारका तीनजना र पसलमा आएका दुई जना ग्राहकको पुरिएर मृत्यु भएको थियो । परिवारका सदस्य गुमाएको शोकका कारण अझै पसल चलाउन नसकिएको श्रेष्ठकी श्रीमती सुनिता श्रेष्ठ बताए । परिवारका तीन सदस्यको निधनले सबैभन्दा बढी चिन्तित बनाएको छ श्रेष्ठकी १०१ वर्षीया आमा भक्तिदेवी श्रेष्ठलाई । भूकम्पले परिवारमा पुर्याएको क्षतिका कारण वृद्धा भक्तिदेवीमा बर्बराहट बढेको नातिनी मनिता श्रेष्ठले बताइन् । भूकम्पपछि आएको राहतले साँखुमा चामलको बिक्री ठप्प भएको किराना व्यवसाय सञ्चालन गर्दै आएका चन्द्रमान श्रेष्ठले बताए । राहतमा चार पाँच बोरासम्म चामल आएपछि स्थानीयवासीले चामल किन्न नपरेको उनले बताए । काभ्रेपलाञ्चोकको देउपुरबाट किनमेल गर्न आएका श्यामसुन्दर ढकाल पहिले जस्तो सबै सामान साँखु बजारमै पाउन नसकिएको गुनासो गर्छन् । बन्द बजार खुल्न दसैँसम्म लाग्ने स्थानीय व्यापारी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending