Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नेपालविरुद्ध विषवमन गर्दै भारतीय मिडिया–कसले के भन्यो ?

काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित भएको छ । रातदिन हिन्दू–मुस्लिम भनेर बहस चलाउने र जनताका एजेन्डा लुकाउने भारतीय साम्प्रदायिक मिडियाले नेपालविरुद्ध विषवमन गरिरहेका छन् । जी न्यूजले त नेपाल र भारतको सैनिक संख्याको तुलना गरेर पनि देखाएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।हुन त मूलधारका भनिने भारतीय मिडियाले नागरिक अधिकार, राज्यको दायित्व, मानवीय संवेदना र ऐतिहासिक दस्ताबेजसँग कुनै साइनो राख्दैनन् । समाचारका नाममा कलाविहीन सर्कस चलाउने भारतीय टेलिभिजनले अहिले नेपालको भूगोल र ऐतिहासिक दस्ताबेजका विषयमा आफ्नो निम्छरो जानकारी उदांगो बनाइरहेका छन् ।

एबिपी न्यूजको प्रातकालीन कार्यक्रममा बुधबार अभिनेत्री मनीषा कोइरालाविरुद्ध आपत्तिजनक भाषामा टिप्पणी गरिएको थियो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रि–ट्विट गर्दै मनीषाले नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले यो पनि लेखेकी थिइन्, ‘अब तीन महान् देशले सम्मानजनक र शान्तिपूर्ण रूपमा संवादमा समाधान गर्नुपर्छ ।’ मनीषाको यति ओजपूर्ण टिप्पणीमा समेत एबिपीमा प्रस्तोताहरूको प्रश्न थियो, ‘लिपुलेकको विषयमा नेपाल र भारतको बीचमा विवाद हुँदा मनीषाले तेस्रो देश (चीन)लाई किन आमन्त्रण गरिन् ?’ ती प्रस्तोतालाई लिम्पियाधुरा क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु हो, त्यहाँ दक्षिणतिर नेपाल र भारत छन् भने उत्तरतिर चीन छ भन्ने पनि जानकारी छैन ।

भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले भारतमा काम गर्ने नेपाली दाजुभाइमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् । तर, नेपालमा पनि भारतीय नागरिक काम गर्छन् भन्ने जानकारी राखेका छैनन् । त्यति मात्र होइन, भारत त्यस्तो देश हो जसका तीन करोड २१ लाख नागरिक अन्तर्राष्ट्रिय श्रम बजारमा छन् । अन्तर्राष्ट्रिय श्रम बजारमा आफ्नो पसिना बगाउनु दासत्व होइन भन्ने चेत नभएका टेलिभिजन प्रस्तोताले अभिनेत्री मनीषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्विकार्नुपर्ने तर्क गरिरहेका छन् ।

त्यसो त जी न्युज, आजतक र एबिपी न्यूजजस्ता भारतीय मिडिया भारतमै पनि चौथो अंग होइन, सरकारकै ‘चारपाई’ रूपमा पहिचान बनाएका छन् । त्यति मात्र होइन, सरकारसँग विवेकसम्मत प्रश्न गर्ने पत्रकारहरूलाई सरकारसँग मिलेर उनीहरूले नै लखेटिरहेका छन् । आजतक होस् वा एबिपी न्युज, इन्डिया न्युज होस् वा इन्डिया टिभी, टाइम्स नाउ होस् वा रिपब्लिक टिभी सबै कोरोना छोडेर नेपालविरुद्ध विषवमनको एकसूत्रीय मिसनमा उत्रेका छन् ।

यो भिडमा हल्लाबाज टेलिभिजन प्रस्तोता मात्र होइन, केही वरिष्ठ पत्रकार पनि मिसिएका छन् । भारतको प्रतिष्ठित दैनिक द इन्डियन एक्सप्रेसका पूर्वसम्पादक तथा हाल द प्रिन्ट अनलाइनका संस्थापक शेखर गुप्ताले पनि नेपालको विषयमा अपूरो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्नो भिडियो प्रस्तुतिमा भनेका छन्, ‘सन् १८५७ पछि तत्कालीन ब्रिटिस भारतले नेपालका कपिलवस्तुदेखि जनकपुरसम्मको सारा तराई फिर्ता दिएको हो ।’ जब कि त्योवेला कपिलवस्तुदेखि जनकपुरसम्मको सारा भूमि होइन, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले फिर्ता पाएको हो । शेखर गुप्ताजस्ता पत्रकारले पनि इतिहासको विषयमा सामान्य पनि जानकारी नराखी अफवाह फैलाइरहेका छन् ।

गुप्ताले यो पनि भनेका छन्, ‘काली नदी सीमानदी हो, तर लिपुलेकबाट काली नदीको मुख्य धार आउँछ, अरू त साना–साना झरना हुन् ।’ जब कि महाकाली नदीको सबैभन्दा ठूलो धारा नै लिम्पियाधुराबाट निस्कन्छ ।

तर भारतीय सञ्चारमाध्यमले नेपालले जारी गरेको नयाँ नक्सालाई चिनियाँ बलमा नेपालले चालेको भारतविरोधी कदमका रूपमा प्रस्तुत गरिरहेका छन् । जब कि भारत र चीनले २०१५ मा यही क्षेत्र हुँदै व्यापार गर्ने सहमति गरेको विषयमा नेपालले उतिवेलै दुवै देशलाई कूटनीतिक नोट लेखेर विरोध गरेको थियो । तर, अहिले हिन्दुस्तान टाइम्मले सम्पादकीय लेखेर ‘चिनियाँ समर्थन प्राप्त ओली सत्तासँग नयाँदिल्ली सतर्क’ हुनुपर्ने बताएको छ ।

भारतीय मिडियाले इतिहासदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतको थियो भन्ने दाबी गरेका छन् । तर, नेपाली मिडियाले पटकपटक ऐतिहासिक प्रमाण प्रस्तुत गरेका छन् । नेपाली मिडियाले तथ्य प्रस्तुत गरेका छन्– सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच सुगौली सन्धि सम्पन्न भएको थयो । सन्धिको धारा ५ अनुसार काली नदीलाई सीमानदी भनिएको छ ।

सन् १८२७ मा सर्भे अफ इन्डियाले नै तयार गरेको अल्मोडाको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई ‘रिभर अफ काली’ भनिएको छ । त्यसको पूर्व नेपाल र पश्चिम इन्डिया भनिएको छ । त्यस्तै सन् १८५६ सर्भे अफ इन्डियाले कलकत्ताबाट प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ । यो नक्सामा पनि पूर्व नेपाल र पश्चिम इन्डिया भनिएको छ ।

तर, सन् १८७९ मा ब्रिटिस अधिकारीहरूले जारी गरेको नक्सामा संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ पारियो । त्यसपछिका नक्सामा लिम्पियाधुराभन्दा ३१० वर्गकिलोमिटरयता लिपुलेकबाट बग्ने खोलालाई काली नदी भनियो । यही विषय नेपालका सीमाविद्, नागरिक समाज र मिडियाले उठाउँदै आएका थिए ।

अहिले सरकारले आधिकारिक घोषणा गरेको छ । तर, ऐतिहासिक तथ्यसँग साइनो नराख्ने भारतीय मिडियाले हिजो पाकिस्तान र चीनको विषयमा जस्ता शब्द प्रयोग गर्थे, आज नेपालको विषयमा त्यही शब्द दोहोर्‍याउन थालेका छन् । तर, नेपाल सरकारले गम्भीर कूटनीतिक संवादबाट भारतीय सेनालाई नेपाली भूमिबाट फिर्ता पठाउनेछ, लिम्पियाधुरामा नेपाली झन्डा फहराउनेछ भन्नेमा नेपाली जनता विश्वस्त छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy