Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नेपाली नायिकाहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि…

काठमाडौं । केही नेपाली नायिकाहरुरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग नै आतंकित बनेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ -चर्चित अनुहारलाई विदेशी पोर्न भिडियोको शरीरसँग जोडेर सार्वजनिक भएका यस्ता भिडियोको कारण नेपाली कलाकार तनावमा छन् ।

यो कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दै मंगलबार नेपाल चलचित्र कलाकार संघले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिइएको छ । पीडित एक नायिकाले सोमबार नै महाशाखामा उजुरी दिएकी थिइन् ।

भारतले नेपालको सीमा मिचेको विषयमा नायिका मनीषा कोइराला र वर्षा राउतले दिएको अभिव्यक्ति चर्चामा रहेकै बेला नेपाली नायिकाहरुलाई बदनाम गराउने उद्देश्यले यस्तो भिडियो सार्वजनिक भएको हुनसक्ने कलाकारहरुको ठम्याई छ ।

भिडियोमा नायिकाको भिडियो ह्याक गरी सार्वजनिक गरेको सूचना पनि दिइएको छ । नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न मिडियो सार्वजनिक भएको हो ।

संघका अध्यक्ष रवीन्द्र खड्काले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारकाका बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुष्प्रयास भएकाले यथाशीघ्र यसको छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्छौं ।’

एक पोर्न साइटमा दुई नायिकाको फेक पोर्न भिडियो सार्वजनिक भएपछि कला क्षेत्रमा आतंक मच्चिएको हो ।

यी फेक भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य नायिकाको पोर्न भिडियो सार्वजनिक हुने हल्ला फैलिएपछि कला क्षेत्रमा आतंक मच्चिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending