Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भारत लैजादैं गरेका दुई यवतीको उद्धार

२९ असार, भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह ९आरआइटी महाकाली० को टोलीले मंगलबार बिहानै भारत लैजान लागेका दुई युवतीको सीमावर्ती भारतीय सहर वनबसाबाट उद्धार गरेको छ । दलालले पश्चिमीनाका गड्डाचौकी भएर भारत हुँदै मलेसिया पठाई दिने भन्दै लगिरहेको अवस्थामा मकवानपुरका दुई युवतीसहित उनीहरुलाई लगिरहेका एक युवकसमेत अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको आरआइटी महाकालीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिए । उद्धार गरिएका युवती मकवानपुर नाम्टार गाविसका विशुन थिङ र लक्ष्मी ब्रोन रहेका छन् । साथै उनीहरुलाई ललाइफकाइ लग्दै गरेका युवकलाई समेत टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गड्डाचौकीलाई बुझाएको टोली संयोजक जोहारीले बताए । ‘पछिल्लो समय कञ्चनपुरका खुला सिमाना मानव तस्करलाई सहजरुपमा मानिरहेका छन् ।’ उनले भने, ‘अन्य क्षेत्रबाट आउने मानव तस्कर व्यापारी तथा व्यवसायी पनि संलग्न देखिन्छन् ।’ अनुसन्धान टोलीले तीनै जनालाई भीमदत्तनगरबाट वनबासासम्म पिछा गरेको थियो । ‘बजारमा बास बसेको होटलमा समेत युवकले नाम अर्कैको इन्ट्री गराएको छ ।’ जोहारीले भने, ‘बजारमा सपिङ गरेर बिहानै भारत हिँडेका थिए ।’ ‘युवकले होटलमा सन्तोष लामा भनेर इन्ट्री गरेको छ ।’ उनले भने, ‘हामीले पक्राउ गर्दा लक्ष्मण ब्रोन भन्दै छ ।’ सीमा पार गर्दै जाँदा सीमाक्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीलाई पनि विभिन्न बहाना गरेर गइरहेको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy