Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपाली नारीवाद : सहस्र दर्शनाहरुको विवेकशील 'सपना'

गार्थ निल्स द्वारा साब्रेइलमा चित्रीत गरेको साब्रेइल जस्तै उनी राक्षस विरुद्ध लडदैछीन भनौ या भ्रष्ट नेपाली राक्षस विरुद्ध ! तिमी सकारात्मक काम गर नकारात्मक शक्ती आफै नष्ट हुन्छन भनौ अथवा मेल्बा वेल्स ले वारीयरस डन्ट क्राइमा व्याख्या गरेजस्तै \'उनी\' अथक योद्धा हुन जो रुदीनन उनी सग नरुने आँखाहरु छन । आफ्नो मुहारमा तेजाब छरीदा पनी पछी नहटी उनी लडीरहने एक \'नारी\' हुन भनौ । आखीर नैतीक ,वैचारीक र व्यवहारीक अम्ल/एसीडत हामी नेपाली जनले नारीका मुहारमा हालीरहेकै छौ । क्यारोलाइन किनले मिस्टीरी स्टोरीज मा देखाएको नान्सी ड्रीयुको जस्तै \'अपहरीत \' हुदा पनी लडदैछीन \'उनी\' ! नारी हरपल अपहरीत छदैछन कती पल्ट नारीबाटै अनी धेरै पुरुषबाट नारी अपहरण हुदैछ अझ भनीहालौ गर्भ बाटै भ्रुण पहीचानको आधारमा नारी अपहरीत हुन्छीन अनी रेटीन्छ उनको घाटी ! \'उनी\' जर्जरी मग्वीरे द्धारा चित्रीत एल्फावा झै \'उनी\' जे सही सत्य र न्यायपुर्ण ठान्दछीन त्यसको लागी उभीन्छीन लडदछीन साथै \'उनी\' अरु भन्दा फरक छिन । \'उनी\' प्रिन्सेस सिम्रोन झै ड्रैगन/ड्रयागन सग वर्ताव गर्दैछीन । \'उनी\' करेन विलन्सेन ले आउट अफ अफ्रीकामा चित्रीत गरे जस्तै एक पुर्ण स्वाभीमानी नारी हुनकी अनी सचेत ! को हुन त \'उनी\' ? द्धापरकी देवी द्रोपदी को नेपाली अवतार हुन जो नारी अपमानीत भएको छ तर अन्याय सहदैन र प्रतीकारमा आफ्नो आवाज उच्च पार्दछ ? अनी सत्य न्यायको पक्षमा जुझारु हुन सबैलाइ प्रेरीत गर्दैछीन ? \'उनी\' काली माताकी अर्की कलीयुगीन स्वरुप हुन जो आसुरी शक्ती विरुद्ध \'काल\' बनेर उभीदैछीन । \'उनी\' नेपाली मार्गेट थ्याचर हुन \'उनी\' भवीष्यकी हिलारी हुन । \'उनी \' नेपालकी छोरी हुन । उनी हिजो कि माता जानकी हुन आज \'उनी\' एक \'रन्जु दर्शना\' हुन् ! यो लेख हैन यो निबन्ध हो कतै यो *स्वपनदर्शीको सपनाको बयान* हो कतै अनी कतै मनोसंवाद हो । म कुनै आदर्शवादी अकल्पनीय पात्रको कल्पनामा छैन तर मलाइ \'आदर्श-यथार्थवाद\'मा रमाउने छुट छ । म वास्तवमै \'दर्शनाहरु\' खोज्दैछु ती जीवन्त देवीहरु जसको काधमा देवभुमी नेपाललाइ रक्षा गर्ने जिम्मेवारी छ, केही दर्शना आफ्नो जिम्मेवारी गर्वका साथ पालना गर्दैछन भने हजारौ दर्शना \'अलमल्ल\' परेझै लाग्दछ । यो समाजलाइ एउटा नया उज्यालो मार्गमा डोराउन हजारौं दर्शनाहरु मार्गदर्शक बनेर अगाडी आउन जरुरी छ । बहिनी दर्शनाका नजरमा हेरे यो देश नेपाल नानी बनेर विराजीत रहेछ उहाँको मुहारमा हेरे सुन्दर शान्त समृद्ध नेपालको स्वपनील चीत्र स्पष्ट देखीदै थियो । * नेपाली नारीमा राधा ,जानकी अथवा लक्ष्मीको छवी हेर्न अभ्यस्त मेरा नजर आज कता कता बहुदृश्य दृष्टीत गर्न व्यस्त भएछन् । \'रन्जु दर्शना \' अर्थात विवेकशील नेपाली दल काठमाडौ को कार्यपालीका प्रमुख ! मैले यहा चर्चा गर्न लागेको दर्शना एक राजनीतीक दलको नेतृत्व मात्र हैन एक नारी युवा नेतृत्व दर्शना एक शिक्षीत नेतृत्व दर्शना ! एक जन सेवीका दर्शना एक परोपकारी दर्शना ! एक सत्यशील चेतनशील परीवर्तनकामी विवेकशिल दर्शना ! शिक्षित नेपाली युवती जो परीवर्तन, विकास , निकास, शान्ती र समृद्धी चाहन्छ ! \"Womenअनी एक \'अहिंसावादी क्रान्तीकारी रन्जु दर्शना !\' म एक दर्शना बाट प्रेरीत भएर यो लेख लेखीरहदा देश व्यापीरुपमा हजारौ दर्शना उदयको सपना देख्दैछु । म सपना देख्दै गर्छु स्वपनदर्शी नमरी सपना मर्दैनन् । नेपाली नारीवादी आन्दोलन इतीहासमा पटक पटक \'राजनीतीक दलको \' आवरण भित्रै विलीन रहयो । पटक पटक राजनीतीक दलले \'नारी मुक्ती \' , \'महीला सशक्तीकरण\' अथवा \'महिला अधिकार \'जस्ता नारा दिएर आफ्नो राजनीतीक फाइदाको लागी नारीको प्रयोग मात्र गरीरहे । *चाहे एमाओवादी होस अथवा एमाले र काङग्रेस प्राय सबै दल नारीलाइ आफ्नो प्रयोगको साधन अथवा राजनीतीक हतीयार बनाउन चलाख देखीन्छन भने वास्तवीक नारीवाद प्रती उदासीन अनइच्छुक र मौन छन नारीलाइ नेतृत्वमा लानु पर्दछ भनेर कुनै दल सग ठोस योजना देखीदैन साथै आधुनीक नेपाली शिक्षीत नारी देखी वादी समुदाय नारी पिडीत सम्म आफ्नै कथा व्यथा छन् । *हिजो आजको नेपाली समाज गज्जब छ । \'नारीवाद\' ,\'स्त्रीत्व\' , \'नारी नेतृत्व\' \'महिला सशक्तीकरण अथवा महीला अधीकार जस्ता विषय उच्चारण गरयो की नेपाली जगतमा नाक खुम्चाउने प्रवृती छ।* यसको कारण प्रष्ट छ ‘नारीवाद’, \'स्त्रीवाद\' , ‘नारीवादी’ विचारधारा र आन्दोलन अनी अभीयानको बारेमा मानीसहरु भर्मीत छन अथवा गलत बुझेका छ । \'नारी सशक्तीकरण\'( Women empowerment) , ‘नारी-मुक्ती’ (Women’s Liberation) र ‘नारीवादी अभीयान’ (Feminis t/im movement ) जस्ता विषय यसरी तोड मोड गरीएको छ कि यी तीन विषयमा आजकाल \'नारीहरु\' नै अनइच्छुक र अदासीन देखीन्छन । हामी अलीकती अगाडी बढेर केही शब्द माथी विचार गरौ । \'नारीत्व अथवा स्त्रीत्व\'(Femaleness) अर्थ पुरुष र नारी को बीचको शारीरिक साथै जैविक फरक स्पष्ट गरने शब्द हो । \'मातृत्व\'( motherhood ) पनी यही शब्द पनी \'स्त्रीत्व\' अथवा \'नारीत्व \' समान अर्थ लाग्ने शब्द हुन सक्छ तर मातृत्व अलीकती विशीष्ट अर्थाधारी शब्द छ । अर्को शब्द हो नारीयता (Feminity) ‘नारीयता’ को अर्थ हुन्छ समाज अथवा संस्कृति द्वारा नारी को त्यो विशिष्ट \'स्थान र अस्तीत्व\' निर्माण जसको माध्यम बाट नारीको भूमीका, पहीचान, सोच, विचार ,मूल्य ,मान्यता र अपेक्षाहरु सम्बोधीत गरीन्छ । अर्को तरीकाले परिभाषीत गर्दा ‘नारीयता’ को निर्माण, समाज, धार्मीक सांस्कृतिक अभ्यास, मूल्य ~मान्यता, परम्परा तथा रीती-रिवाज, प्राचीन अभ्यास अथवा धार्मीक ज्ञान र  ग्रन्थमा आधारीत भएर गरीन्छ । हाम्रो नेपाली समाजमा नारी लाइ बालीका/ बचपन देखिनै पारीवारीक~सामाजीक संस्कृती र रितीरीवाज ,परीपाठी , क्षमा, भय, लज्जा, सहनशीलता, आज्ञाकारीता र इन्मान्दारीता जस्ता गुणहरु पालन गर्ने शिक्षा दिइन्छ। \'नारीवाद , महिलावाद अथवा स्त्रीवाद\' (Feminism)यो एक यस्तो दर्शन, सिद्धान्त अथवा विचार हो जसले पुरूष र महीला बीच को असमानता ,विभेद र असमझदारीको अस्वीकार गर्दै नारी सशक्तिकरणको प्रक्रियाको बौद्धिक तथा क्रियात्मक व्यवहारीक रूप बाट प्रस्तुत गर्दछ । नारीवाद ,स्त्रीवाद अथवा महिलावाद एक अभीयान ,आन्दोलन त हो नै यो एक दर्शन पनी हो । नारीवाद भीत्र पनी अनेक प्रकार छन् जस्तै समाजवादी /मार्क्सवादी नारीवाद (Marxist Feminism), उदारतावादी नारीवाद (Liberal Feminism),,अतिवादी नारीवाद (Radical Feminism), समाजवादी नारीवाद (Socialist Feminism), पर्यावरण सम्बन्धित नारीवाद (Eco Feminism),सांस्कृतिक नारीवाद (Cultural Feminism), अलगाववादी र समलैंगिक (Separatist and lesbian feminism), नया कालखण्डको नारीवाद /आधुनीक नारीवाद(New Age Feminism) तर आज म मैले देखेको \'*\'नेपाली नारीवाद (Nepalese/Nepali feminism)\'*\' को चर्चा गर्दैछु । नारीवाद को सन्दर्भमा अर्को एक भर्म छकी पुरूष नारीवाद को विरोधी हुन्छन् पुरुष मात्र नारी हिँसाका कारण हुन पुरुषका कारण महीला पछी परेका छन आदी इत्यादी । यी र यस्ता कुरा भर्ममात्र हैन यी द्धैत मानसीकताका उपज हुन । विश्वको-इतिहासको हेर्ने हो भने हजारौ उदाहरण भेटीन्छन जाहा पुरूषहरुले ने नारीवाद अर्थात् महिला मुक्ती ,महीला र हिँसा विरोधी आन्दोलनको नेतृत्व गरेका छन् । उदाहरणका लागी उत्तरी छिमेकी चीनमा \'कांग यू वेइ\' ले नारी-शोषण विरुद्ध आवाज बुलन्द बनाए र चीनमा बाल्यकाल देखीनै बालीकाको खुट्टा बांधने क्रुर प्रथाको अन्त्य गरे । सन् 1855 मा फरेस शिंद्थकले नारी- स्वतन्त्रता को समर्थन मा लेखेको, पुस्तक ‘वन लेग क्रोस्ड ओवर द अदर’ र यही सिलसीलामा कासिम अमीन द्धारा लिखीत ‘द न्यू वूमन’ किताब पनी विशेष उल्लेखनीय छन , जसले विश्वमानचीत्रमा व्यापक हलचल पैदा गरेका थिए । नेपालमा डायमन शमशेरको अनीता देखी अमर न्यौपानेको सेतोधर्ती सम्म दर्जनौ लेखकले सयौं कृती नारी को स्थीती झल्काउदै सिर्जना गरेका छन् । नारीवाद, महिला सशक्तीकरणको विषयमा अर्को एक गलत धारणा छ कि ‘नारीवाद/महिला सशक्तीकरण’ का दायरा अत्यत सकीर्ण छ सीमित छ यो नारीहरुको अना~आवश्यक राजनीती हो ! वास्तवमा नारीवाद कुनै लिङ्ग विशेषको अभीयान हैन यो पुरै मानव समुदायसँग सम्बन्धीत विषय हो यो पुरै समाजको सरोकारको विषय हो । नारीवादी अथवा महीला अधीकारवादीहरु को चिन्ता अथवा सरोकारको सिमाना केवल महिला हिँसा , बलात्कार, मानसीक यातना , पत्नी  प्रताडना/शारीरीक यातना, पारिवारिक योजना , समान परीचय जस्ता मामीलामा सिमीत छैनन ,हुनु हुदैन ,रहदैन । प्रत्यक \'बालीका~युवती~ महीला अथवा नारी\'स्त्री हुनुका साथै-साथ मानव पनी हुन् र यो जगतका का आधा जिवात्मा हुन ।त्यसैले यो नेपाली समाज देश र विश्वको हरेक क्षेत्र नारीवाद भीत्र पर्दछ नारी सशक्तीकरण भीत्र पर्दछ । \'पुरुष प्रधान समाज\' यो अर्को गलत बुझाइ र व्याख्या हो । कुनै एक युवकलार्इ सोध्नुस् \'नारी किन पछी परेका छन किन अपमानीत छन ? जवाफ आउछ \'यस्तै हो यो पुरुष प्रधान समाज ? \' समाज न \'पुरुष प्रधान\' हुन्छ न \'नारी प्रधान \' हाम्रा विचार छन् \'पुरुष प्रधान ! हाम्रो व्यवहार छ शोषणवादी सामन्ती र अधीनायकत्ववादी । अनी नेपाली नारीले पनी आफ्नो दिमागमा समाजै पुरुष प्रधान हो भनेर विचित्र मान्यता स्थापीत गरेको भेटिन्छ । \'नेपाली समाज सबै खाले विभेद मुक्त छ र विभेद निषेधीत छ म आफु पनी विभेद गर्दिनँ म आफू पनी मानसिक ,शारीरीक, बौद्धीक ,वैचारीक ,व्यवहारीक कुनै पनी तरीकाले नारी/महीला हिँसा गर्दीन/म महिला हु भने पनी गर्दीन सहदीन र म महीला हिँसा घर ,टोल र छर छिमेकमा देखेमा हस्तक्षेप गर्नेछु म सभ्य समाज निर्माणमा प्रतीबद्ध छु ।\' भनेर प्रत्यक व्यक्तीले आफ्नो सोच ,विचार अथवा धारणा बदल्नै पर्दछ । एउटा अर्को औचीत्यहीन र भर्माक भर्म छ नेपाली समाजमा - लैङ्गीक हिँसा र असमानता को दोष \'हिन्दु सनातन धर्म, संस्कृती रीतीरीवाज र प्राचीन अभ्यासलार्इ लगाउने ! यो दोष लगाउने प्रवृती समस्या मात्र हैन समस्याको बिज हो । लैङ्गीक, जातीय साथै सबै प्रकारका विभेद शास्त्रवत हैनन विभेद पनी हामीले निर्माण गरेको कुसंस्कृती हो । हाम्रा सबै रिती रीवाज ,चालचलन ,रितीथीती हामीले नै हाम्रो समाजमा स्थापीत गरेका हौ । धर्मको आवरण भीत्र समानता सत्य र न्यायबाहेक अरु केही छदैछैन ।  हामी हाम्रो समाजको लागी जिम्मेवार हुनै पर्दछ । गलत छन् हाम्रा नजर र मानसीकता एउटा हिन्दु काली, दुर्गा अथवा कुनै देवीको नाङ्गो प्रतीमालार्इ पवीत्र मानेर ढोग्दछ तर एउटी अर्धनग्न नारी देख्दा उ किन जीवन्त देवीको  अस्तीत्व भेट्दैन ? ती नारीमा किन उ काली दुर्गा अथवा जानकीको छवी हेर्दैन ? किन एक पुरुष एक नारीमा आफ्नी आमा, छोरी, दीदी, बहीनी भेट्दैन ? समस्या हाम्रा नजरमा छन् हामी नारीलाइ नारीकै नजरले हेर्दैनौं ! हामीलार्इ जे जसको पनी उपभोग गर्नुछ । हामीले हाम्रा आँखा अगाडी कामवासनारुपी भोगको पट्टी बाधेका छौं ! नारीको सौन्दर्य देखेर उत्तेजीत हुँदै नारीलार्इ जिस्काउने छेड्ने अथवा शारीरीक दुर्व्यवहार गर्ने प्रत्येकलार्इ मेरो प्रश्न \"घरमा आमा, दीदी बहीनी सुन्दर छ्न् भने के तिमी आमा दिदी बहीनीलाइ पनी योन दुर्व्यवहार गर्छौ ? यदी गर्दैनौ भने आफ्नो कामवासना र विकृत मानसीकतालार्इ नियन्त्रित र सभ्य राख । जुन मानीसले आफ्नो शरीर र मन आफ्नो नियन्त्रणमा राख्दैन त्यो मानिसको जीवन पशुतुल्य छ । नेपालको पशुपतीनाथमा शिव लिङ्ग पुजा भए जस्तै भारतको काम्खया देवीको मन्दिरमा योनी पुजा हुन्छ ।\'  अर्थात् नारीको योनी पनी पुजनीय छ । प्रत्येक मानिस जन्मन्छ त्यही योनीबाट अनी त्यही योनीको भोकमा त्यही योनीमाथी अत्याचार गर्दछ । अब सोचौं हिन्दु सनातन धर्मले दिएको महान सन्देश के हो अनी हाम्रो व्यवहारको निचता के हो ? अलीकती गहीरदै सोचौ नारीको शरीर आफैमा पृथ्वी हो यो पुजनीय छ । बुद्धी पनी नारीका सन्तान थिए अनी जीसस पनी ! प्रकृती पुजकले प्रकृतीको पुजा गर्छ भने प्रकृती आफैमा नारी हुन् । अर्को गलत बुझाइ नारी सशक्तीकरण कि नारी निर्वस्त्रीकरण हामी कता तीरको यात्रामा छौं भुल्दैछौ । शोषक र उपभोगवादी मानव सभ्यता \'नारीको शरीर\'को उपयोग उपभोग र प्रयोगमा अभ्यस्त छन । मोडलीङ देखी कथीत फेसन जगत सम्म अभीनयकलादेखी नृत्यशालासम्म जसरी हुन्छ नारीको शरीर नाङ्गो बनाएर सस्तो लोकप्रीयता कमाउनु छ के नारी शरीर मात्र हुन् त ? अनी नेपोलीयनले भने जस्तै बच्चा जन्माउने मेसीन मात्र हुन् त ? हामी नारीको शरीर हैन सिर्जना खोजौ, कामुकता र सौन्दर्य दुवै सम्मानीत हुन्छन् । नारीको विवेक, बुद्धी, सिर्जनशीलता, सङ्घर्षशीलता, बौद्धीकता, वैचारीकता र प्राज्ञीकतालार्इ प्रथामीकता दिउँ शरीरलाइ हाेइन । नारी मुक्ती आन्दोलन जबसम्म पूर्ण सफल हुने छैन तबसम्म नारी ले आफुलार्इ प्रयोग उपभोग हुन छुट दिनेछन । जबसम्म नारी आफै पनी कामवासना को भोकमा पुरुषको अगाडी लाचार हुनेछन । नारी लाइ सत्य र न्यायको सुनौलो बिहानी त्यो हुनेछ जुन दिन नारी सुन्दरता पुरुष बाट सम्मानीत हुनेछ अनी पुरुष भोगी मानसीकता बाट मुक्त हुनेछ । खोजी हजारौं दर्शनाहरुको दर्शनको वर्तमान कालखण्डका कती युवती राजनीतीमा छन् त ? कती शिक्षीत युवतीलार्इ देशको समग्र राजनीतीक, कुटनीतीक, सामाजीक र आर्थीक विषयहरुमा चासो र चिन्ता छ ? कती बाबु आमाले आफ्ना छोरीलार्इ छोरी तिमीले यो देशको नेतृत्व गर्नुछ भनेर छोरीलाइ राजनीतीमा आउन प्रोत्साहन र प्रेरणा दिँदैछन् ? अनी कती दाजु भाइले दिदी बहिनीहरु तिमीहरुले अब यो देश चलाउनु छ अब अघी बढ भनेर प्रेरित गर्छौ ? जबसम्म नारी आफैं अघि बढेर राजनीतीमा आउँदैनन् तबसम्म नेपालमा वास्तविक नारीवादको सूर्य उदाउँदैन । राजनीतीलार्इ कहिलेसम्म हामी घृणीत मानिरहने अनी नेतृत्व भएन भन्दै नेतालार्इ गाली गरिरहने ? विवेकशील नेपाली दलले समाजमा एउटा मननीय सन्देश दिएको छ । विकल्प कुर्ने होइन आफैं विकल्प हुने हो, आफैंभीत्र विकल्पको खोजी गर्ने हो । विनेपाको यो वाक्य सापट लिए सँगै मैले केही थप गर्नै पर्दछ परिवर्तन पनि कुर्ने होइन आफैं परिवर्तन बनेर उभीने हो । समाजको प्रत्येक पात्र परिवर्तक हुन सक्दछ । नेपालको नारीवादी आन्दोलन पितृसतात्मक सोच भएका स्त्री र पुरुष दुवैको नेतृत्वबाट सफल हुनेवाला छैन त्यसैले हजारौं चेतनशील,  वेकशील, सत्यशील र सङ्घर्षशील ‘दर्शना’हरु हरेक गाउँ, बस्ती, टोल, कलेज, विश्वविद्यालय अनी शहरबाट अगाडी आउनै पर्छ । जबसम्म पुरुषत्व भएका वीर नारी र नारीत्व भएका मर्यादीत पुरुषले समाजको नेतृत्व गर्दैनन् तबसम्म समाज कुनै न कुनै रुपमा अस्तव्यस्त अव्यवस्थित रहन्छ । नारी आफैंंले आफ्नो हक स्थापीत गर्नुछ । आफैंले यो समाज र सभ्यतालार्इ उचाइ दिनुछ अनी  आधुनीक नेपालको नेतृत्व गर्नुछ । नेपालकी एक प्रतिष्ठीत ‘मोडल’ले कतै लेखेको देखे ‘नेपाल नेतृत्वको कमजोरीले गिर्दैछ ।’ मैले प्रतिक्रीया दिए ‘नेतृत्व ठिक छैन भने तपाइ अगाडी आउनुस हामी साथ दीन तयार छौ ।’ उहाले मैले राजनीतीमा आउने बारे सोचेकै छैन भनेजस्तो प्रतिक्रिया दिनुभयो । यो आजको समस्या होइन यो विकराल स्थीती हो । भोली स्थानीय निर्वाचन होला ढिलो चाँडो विधायीकारव्यस्थापीकाको निर्वाचन होला निर्वाचनमा उम्मेदार को ? उही पुरानै दलका पुरानै नेता कार्यकर्ता १ निर्वाचीत हुने को उही पुरानै १ अनी तपार्इ हामी मिती सकीएको औषधीबाट रोगको निदानको आशा गरीरहन्छौ यसले उल्टो देशलार्इ मृत्यु शैय्यामा धकेल्छ । वर्षौ देखी बिमार नेपाल आमाले मृत्यु शैय्याबाट छटपटी गर्दै आफ्ना सन्तान सग उपयुक्त ओखती र दक्ष डाक्टर मागीरहीन हामी नेपालीले पुरानै मिती सकीएको ओखती नया बोतलमा हालेर नया मिती टासेर नेपाल आमालार्इ पिलाउदै आयौ पुरानै अदक्ष डाक्टर नया भेषमा खटाउदै आयौ अनी कहाँबाट होस् निकास, विकास, शान्ती अनी समृद्धी ! आकर्षक शरीर भएका नारीहरु, अभीनय, मोडलीङ अथवा अङ्ग प्रर्दशनमा अगाडी नसरेर राजनीतीमा हलचल पैदा गरेका पनी उदाहरण छन् ( जस्तै सुन्दरी मरीना शूस्टर सन् २००५ बाट जर्मनीको संसद छिन् । सुन्दर राजनीतीज्ञ यूलीया यूक्रेनमा पहिलोपल्ट महिला प्रधानमन्त्री बनेकी थिइन् । ‘सारा पलीन’ अमेरीकाको सबैभन्दा सुन्दर नारी राजनीतीज्ञहरु मध्य एक मानिन्छ । अर्की सुन्दर राजनीतीज्ञ  ‘ओरली लेवी’ इजराइलमा संसद छिन्। उनी राजनीती  भन्दा अगाडी एक मोडल थिन । ‘बेलीन्डा’ क्यानडाकी संसद की सदस्य छिन् । उनको सुन्दरता बेलाबखत चर्चामा आउँछ । अर्की सुन्दरी, अलिना काबेवा रुसकी राजनीतीज्ञ हुन् । हीना रब्बानी दक्षीण एसीयाकै पाकिस्तानकी सुन्दर राजनेता मध्य एक मानिन्छिन् ।  यो पंक्तिकारले माथी यो उदाहरण दिनुको लक्ष्य नारीको शरीर मात्र सुन्दर हुदैन राजनीतीक क्षमता र बौद्धीकता पनी सुन्दर हुन्छन् भनेर सङ्केत गर्नु हो । आधुनीक नारी मोडलीङ, फेसन जगत् अथवा अभीनयबाट मात्र हाइन आफ्नो बौद्धीकता, सैद्धान्तीक, वैचारीक अडान र नेतृत्वदायी क्षमताबाट पनी जगतमा प्रभाव पार्न सक्दछन् भनेर अरु उदाहरण दिन नपर्ला । पछी पर्दै नेपाल नेपालमा सुशील कोइराला ३८ औ प्रधानमन्त्री हुन् तर आजसम्म नेपालमा कोही महीला प्रधानमन्त्री भएन । कोही राष्ट्र प्रमुख रहेन । योभन्दा बेइज्जतीपूर्ण, दुखदायी र शर्मनाक अरु केही छ की ? के नेपालमा कोही नारी प्रधानमन्त्री हुन लायक नै थिएनन् रछैनन् ? के नारीमाथी सधै शासन नै हुनुपर्दछ ? नारी शोषित नै रहनु पर्छ के वडादेखी केन्द्रसम्म हजारौं दर्शनाहरुले नेतृत्व गर्न सक्दैनन् ? किन हामी पुरुषको पतीत नेतृत्वमा देश शतकौं बन्दी बन्दा पनी हामी गीद्धले सिनो लुछे झै यो नेपाल किन लुछदै छौ ? आफू असक्षम छौं भने किन हामी सक्षमलाइ नेतृत्व दिदैनौ ? नारीलाइ समाजको बन्दी  होइन समाजको नेतृत्व गर्ने अवसर दिऔं । हिरण्य महलमा स्वर्णीम बनाएर नारीलाइ भौतीकताको बन्दी नबनाउ खुल्ला आकाशमा उडान भर्न देऔं । पुरुषवादी प्रवृती हामीले जन्म दिएको होइनौं यो शाही दरबार हुँदै राणाकालदेखी आएको हो । अब यो सामन्ती सोचको अन्त्य गरौं । नारीलार्इ अत्यन्तै तल राखिने मुस्लीम धर्मप्रधान देश पाकिस्तानमा बेनजीर भुट्टो सन् १९८८ देखी  १९९० सम्म र सन् १९९३   देखी १९९६ सम्म दुर्इ पटक प्रधानमन्त्री बनिन् । छिमेकी भारतमा इन्दिरा गान्धी  सन् १९६६  मा नै प्रधानमन्त्री बनिन् । खालिदा जिया बङ्गलादेशकी पहलो महिला प्रधानमत्री हुन् । खालीदाले सन  १९९१ देखी १९९६  सम्म र सन् २००१ देखी २००६ सम्म देशको नेतृत्व सम्हालिन् । भारत, पाकिस्तान र बङ्गलादेश नेपालभन्दा कान्छा राष्ट्रहरु हुन् जबकी ूनारी शक्ती पुजक ू नेपाल ूनारीको नाममा नागरीकताू को विषयमा विवादमा व्यस्त छ । संसारमा नारीले राजनीतीमा युगान्तकारी परिवर्तन मात्र ल्याएका छैनन्, इतीहासलाइ नै चुनौती दिएका छन्  । मर्केलले सन् २०५मा चान्सलर भएदेखी यता जर्मनीले चमत्कारिक फड्को मारेको छ । सन १९८९  मा मर्केलले राजनीतीक यात्रा सुरु गरेकी थिइन् । मर्केल यो जगतकै सबै भन्दा शक्तीशाली नारी हुन् भन्दा उपयुक्त होला । मैरी चार्ल्स डोमिनीसियामा डेढ दशक प्रधानमन्त्री बनिन् ।  डोमिनीसिया फ्रीडम पार्टी स्थापनामा उनको ठूलो योगदान थियो । मैरीले सन १९८०देखी सन १९९५  सम्म शासन गरिन् । अर्की आइरनलेडी मारगेट थ्याचर  संयुक्त अधिराज्य बेलायतकी पहलो नारी प्रधानमत्री बनीन् ।  मार्गेटले मैरीझै लामो  समय विकसीत बेलायतको नेतृत्व गरिन् । मार्गेट शासनकालमा धेरै सुधार त भए नै साथमा सोभियत सङ्घप्रती उनको कडा व्यवहारले पनी उनको कार्यकाल यादगार छ ।  सिरिमावो बन्दरनाइके श्रीलंकामा १९६०  मा को हत्या गरीय  पछी संसारको पहीलो महीला प्रधानमन्त्री बनीन् र श्रीलङ्कालार्इ खराब स्थीतीबाट केही हदसम्म सुधारको मार्गमा लगिन् । हेलेन एलीजाबेथ क्लार्क तीन पटक न्यूजीलैंड को प्रधानमंत्री बनिन् सन् १९९८  देखी सन २००८  सम्म एलीजाबेथ प्रधानमन्त्री बनिन् । अर्की आइरनलेडीको नामले परिचित गोल्डा मिर सन् १९६९  मा इजराइलकी प्रधानमन्त्री बनिन् । शिक्षीकाबाट प्रधानमन्त्री बनेकी गोल्डाको राजनीतीक जीवन निकै सङ्घर्षमय थियो उनले मध्यपूर्वमा गरेको शान्ती स्थापनाको प्रयास सम्झन लायक थियो । यस्ता सयौं उदाहरण छन् जहाँ नारीले राजनीतीमा उल्लेखनीय भूमीका निर्वाह गरेका छन् । जय विवेकशील नेपाली नारी  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending