Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

श्रीमानको हत्या गरेर उनी बनिन् सोसल मिडिया आइकन

\"silem\"३० असार, काठमाडौं । टर्कीमा बस्ने २८ वर्षकी सिलेम दोगनले पुलिसलाई दिएको बयानमा आफूले श्रीमानको हत्या गरेकोमा केही पनि पछुतो नभएको बताएकी छिन् । उनका अनुसार उनका श्रीमानले श्रीमानको धर्म निभाउनुको सट्टा उनलाई शारिरिक र मानसिक प्रताडना दिए र उनलाई देह व्यापारामा धकेल्ने कोसिस गरेका थिए । श्रीमानद्वारा निकै प्रताडितः पुलिसलाई दिएको बयानमा दोगनले उनका श्रीमान काराबुलुतले विवाह गरेदेखि नै उनलाई प्रताडित गरिरहेको बताएकी छिन् । दोगनले भनिन्, ‘एक दिन बिहानै काराबुलतले मलाई ब्याग प्याक गर्न आदेश दिए । मैले किन भनेर प्रश्न गर्दा उनले मलाई अंतालिया शहरमा लग्ने बताए । उनी मलाई त्यहाँ लगेर देह व्यापारमा संलग्न गराई आफू पैसा कमाउन चाहन्थे ।’ ‘जब मैले यो कुराको विरोध गरें तब उनले मलाई निकै कुटपिट गरेर मलाई ओछ्यानमा फालिदिए । त्यतिबेला मैले अचानक तकिया मुनी बन्दुक भएको सम्झिएँ । मैले बन्दुक उठाएर काराबुलुतमाथि एक पछि अर्को गर्दै थुप्रै फायर गरें । त्यसपछि मैले आफ्नी छोरीलाई लिएर घर छोडिदिएँ ,’ उनले भनिन् । ‘यो घटनाले मेरो शारिरिक र मानसिक प्रताडनाको लामो यात्रा सिद्धिएको छ ।’ \"silem1\"हरेक विषयमा महिला मात्र किन मर्ने ? दोगनले पुलिसलाई दिएको बयानमा भनिन्, ‘मैले हत्या बाध्यताबस गर्नुपरेको हो । तर आखिर हरेक विषयमा महिला मात्र किन मर्ने ? केही खराब पुरुषलाई पनि त मर्न देउ ? मैले आफ्नो आत्मसम्मानको रक्षाको लागि उनको हत्या गरेकी हुँ ।’ टर्कीको पुलिसले दोगनका विरुद्ध हत्याको केस दर्ता गरेको छ । एक छोरीकी आमा दोगनलाई जब दुबै हातमा हतकडी लगाएर जेल लगिँदै थियो तब श्रीमानको हत्या आरोप खेपिरहेकी उनले क्यामरातर्फ ‘थम्स–अप’ गरेर आफ्नो हात उठाइन् । यसबाट यो स्पष्ट हुन्छ कि उनलाई आफ्ना ३३ वर्षीय श्रीमान हसन काराबुलुतको हत्या गरेकोमा केही अपसोच छैन । जेल जाने बेलामा जुन टिसर्ट  उनले लगाएकी थिइन्, त्यसमा लेखिएको थियो, ‘मेरो बितिसकेको समय, सबै शिक्षाको लागि धन्यवाद । प्रिय भविष्य, म तयार छु ।’ \"silem2\"सोसल मिडयामा छाइन् दोगनः पक्राउ पछि  नै दोगनको कथा सोसल मिडियामा छायो । टर्की र अन्य देशका महिलाहरुले घरेलु हिंसाका शिकार महिलाहरुको समर्थनमा ठूलो संख्यामा ट्वीट गर्न सुरु गरे । थुप्रै मानिसहरु दोगनको कदमलाई समर्थन गर्दै ट्वीट गरेका छन्, ‘यदि उनका श्रीमादे उनलाई धेरै दुख र तनाव दिइरहेको थियो भने उनले आफ्नो रक्षा गर्नको लागि पूरा अधिकार छ ।’ टर्कीमा ४० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार भएको विभिन्न रिपोर्टले निष्कर्ष निकालेको छ । सन् २०१३ मा लगभग २८ हजार महिलाहरुलाई हिंसाको शिकार हुनुपर्यो । यस्ता करिब २ सय महिलाहरुको हत्या गरियो र अधिकांस घटनामा महिलाका श्रीमान र प्रेमी हत्यारा ठहरिए । यो वर्ष पुरुषद्वारा अहिलेसम्म करिब १ सय महिलाको हत्या भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending