Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

श्रीमानको हत्या गरेर उनी बनिन् सोसल मिडिया आइकन

\"silem\"३० असार, काठमाडौं । टर्कीमा बस्ने २८ वर्षकी सिलेम दोगनले पुलिसलाई दिएको बयानमा आफूले श्रीमानको हत्या गरेकोमा केही पनि पछुतो नभएको बताएकी छिन् । उनका अनुसार उनका श्रीमानले श्रीमानको धर्म निभाउनुको सट्टा उनलाई शारिरिक र मानसिक प्रताडना दिए र उनलाई देह व्यापारामा धकेल्ने कोसिस गरेका थिए । श्रीमानद्वारा निकै प्रताडितः पुलिसलाई दिएको बयानमा दोगनले उनका श्रीमान काराबुलुतले विवाह गरेदेखि नै उनलाई प्रताडित गरिरहेको बताएकी छिन् । दोगनले भनिन्, ‘एक दिन बिहानै काराबुलतले मलाई ब्याग प्याक गर्न आदेश दिए । मैले किन भनेर प्रश्न गर्दा उनले मलाई अंतालिया शहरमा लग्ने बताए । उनी मलाई त्यहाँ लगेर देह व्यापारमा संलग्न गराई आफू पैसा कमाउन चाहन्थे ।’ ‘जब मैले यो कुराको विरोध गरें तब उनले मलाई निकै कुटपिट गरेर मलाई ओछ्यानमा फालिदिए । त्यतिबेला मैले अचानक तकिया मुनी बन्दुक भएको सम्झिएँ । मैले बन्दुक उठाएर काराबुलुतमाथि एक पछि अर्को गर्दै थुप्रै फायर गरें । त्यसपछि मैले आफ्नी छोरीलाई लिएर घर छोडिदिएँ ,’ उनले भनिन् । ‘यो घटनाले मेरो शारिरिक र मानसिक प्रताडनाको लामो यात्रा सिद्धिएको छ ।’ \"silem1\"हरेक विषयमा महिला मात्र किन मर्ने ? दोगनले पुलिसलाई दिएको बयानमा भनिन्, ‘मैले हत्या बाध्यताबस गर्नुपरेको हो । तर आखिर हरेक विषयमा महिला मात्र किन मर्ने ? केही खराब पुरुषलाई पनि त मर्न देउ ? मैले आफ्नो आत्मसम्मानको रक्षाको लागि उनको हत्या गरेकी हुँ ।’ टर्कीको पुलिसले दोगनका विरुद्ध हत्याको केस दर्ता गरेको छ । एक छोरीकी आमा दोगनलाई जब दुबै हातमा हतकडी लगाएर जेल लगिँदै थियो तब श्रीमानको हत्या आरोप खेपिरहेकी उनले क्यामरातर्फ ‘थम्स–अप’ गरेर आफ्नो हात उठाइन् । यसबाट यो स्पष्ट हुन्छ कि उनलाई आफ्ना ३३ वर्षीय श्रीमान हसन काराबुलुतको हत्या गरेकोमा केही अपसोच छैन । जेल जाने बेलामा जुन टिसर्ट  उनले लगाएकी थिइन्, त्यसमा लेखिएको थियो, ‘मेरो बितिसकेको समय, सबै शिक्षाको लागि धन्यवाद । प्रिय भविष्य, म तयार छु ।’ \"silem2\"सोसल मिडयामा छाइन् दोगनः पक्राउ पछि  नै दोगनको कथा सोसल मिडियामा छायो । टर्की र अन्य देशका महिलाहरुले घरेलु हिंसाका शिकार महिलाहरुको समर्थनमा ठूलो संख्यामा ट्वीट गर्न सुरु गरे । थुप्रै मानिसहरु दोगनको कदमलाई समर्थन गर्दै ट्वीट गरेका छन्, ‘यदि उनका श्रीमादे उनलाई धेरै दुख र तनाव दिइरहेको थियो भने उनले आफ्नो रक्षा गर्नको लागि पूरा अधिकार छ ।’ टर्कीमा ४० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार भएको विभिन्न रिपोर्टले निष्कर्ष निकालेको छ । सन् २०१३ मा लगभग २८ हजार महिलाहरुलाई हिंसाको शिकार हुनुपर्यो । यस्ता करिब २ सय महिलाहरुको हत्या गरियो र अधिकांस घटनामा महिलाका श्रीमान र प्रेमी हत्यारा ठहरिए । यो वर्ष पुरुषद्वारा अहिलेसम्म करिब १ सय महिलाको हत्या भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending