Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

कुन मन्त्रीसँग कुन देशको पिआर र ग्रिन कार्ड ?

\"greencard\"३० असार काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति ऐन संशोधन गराएपछि बहालवाला  मन्त्रीबारे नयाँ रहस्यहरु बाहिर आएका छन् । पिआर धारी तथा ग्रीनकार्डधारी कर्मचारीको हकमा निजामति ऐन नियम लागु हुनेछ । यद्धपी मन्त्रीहरुको विषयमा भने ऐनले बोलेको छैन ।  कानुन कार्यन्वयन गर्ने मन्त्री नै विदेशी नागरिकता लिएको रहस्य बाहिर आएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद स्रोतका अनुसार बहालवाला मन्त्रीकै हातमा विदेश स्थायी बस्ने अधिकार प्राप्त कार्ड उपलब्ध छ । उनीहरुले पण्डितले ऐन पारित गर्ने तयारी गर्दा निकै विरोध समेत गरेका थिए । यस्ता छन् बहालवाला पिआरधारी तथा ग्रीनकार्ड धारी मन्त्री । डा.रामशरण महत अर्थमन्त्री रामशरण महतसँग विदेश स्थायी बसोबासको प्रमाणपत्र छ । सन १९८० मा महत अमेरिकाको  न्युयोर्क र पाकिस्तानमा युएनडिपीको जागिरे भएर काम गरेका थिए । सोही  समयमा महतले अमेरिकाको ग्रिनकार्ड लिएका थिए । सामान्य प्रशासन मन्त्र लालबाबु पण्डितले निजामति ऐन संशोधन प्रयास गरेपछि महतले उनलाई असफल बनाउन विभिन्न हर्कत गरेका थिए । डा.मिनेन्द्र रिजाल संचारमन्त्री मिनेन्द्र रिजाल अमेरिकी पिआरधारी मन्त्री हुन् । विभिन्न समयमा विवादीत बनेका उनी कांग्रेसभित्र अमेरिकी लविको मान्छेको रुपमा समेत व्याख्या गरिने गरेको छ ।  सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ऐन संशोधनको नीति ल्याउन खोज्दा रिजाल पनि रोक्न लागि परेका थिए । नारायण खड्का सहरी विकास मन्त्री नारायण खड्का क्यानडाको नागरिक हुन् । उनीसँग क्यानडाको पिआर छ । भूकम्पपछि त्रिपाल खरिदमा अनियमितता गरेको आरोप लागेका उनी कार्यकर्तालाई पैसा बाढेर निकै निकै विवादीत समेत बनेका मन्त्री हुन् । सुनील थापा वाणीज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा अमेरिकाका पिआरधारी मन्त्री हुन् । पुर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका पुत्र समेत रहेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending