काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एक पदबाट राजीनामा दिनुपर्ने नेकपाको स्थायी कमिटी बैठकका पहिलो प्रस्तावक उपाध्यक्ष वामदेव गौतम ओलीले दुवै पदबाट छोड्नु नपर्ने भन्दै अचानक उनकै पक्षमा उभिएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ –ओलीले एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड–नेपाल समूहको छलफलमा सहभागी हुँदै आएका गौतमले एकता महाधिवेशनसम्म ओली नै अध्यक्षमा कायम रहने र प्रतिनिधिसभाको कार्यकालभरि उनी नै प्रधानमन्त्री हुनुपर्ने भन्दै प्रस्ताव राखेका हुन् ।
‘पार्टी संकटको मुख्य कारक कमरेड केपी ओली नै हो । यति धेरै साथीहरूले योग्यता देखाउन सक्नुभएन, छाड्नुस् भन्दा पनि उहाँ राजीनामाका लागि तयार हुनुभएन र उहाँको त्यही हठले अब पार्टीमा विभाजनको खतरा देखा परेको छ । उहाँबाट पार्टी र सरकार दुवै चल्दैन भन्दा अलिअघि माधव कमरेडले अहिले केपीलाई नहटाउँ, एकपटकलाई सुध्रने मौका दिउँ, आलोचना गरौँ, सुधार्ने प्रयत्न गरौँ भन्नुभो,’ सहमतिको प्रस्ताव औचित्य गर्ने क्रममा गौतमले राखेको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘यत्रो विरोध र आलोचना हुँदा उहाँ आफैँले छाड्नुपर्ने हो, तर उहाँमा त्यस्तो छोड्ने साहस देखिएन, त्यसैले उहाँ कम्युनिस्ट हुन योग्य मान्छे होइन । यस्तो व्यक्तिलाई अहिले हामीले बोकिरहेका छौँ, जसले फोहोर मात्र गरिरहेको छ, खाली अहिले तत्काल दुवै पदबाट हटाउँदा दुर्घटना होला कि भन्ने मलाई लाग्यो, त्यसकारण मैले अरू कुराहरू मिलाउँ, तर प्रधानमन्त्रीबाट चाहिँ नहटाउँ भनेर सहमतिको प्रस्ताव राखेको हुँ ।’
०७२ यता लगातार ओलीबाट धोका पाएको गुनासो गर्दै आएका गौतमले ६ बुँदे प्रस्तावमा प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्रीको दैनन्दिनका काममा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी सचिवालयका सुझाब र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: