Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

असन्तुष्ट भनिएका नेताहरुसँग प्रचण्डकाे छलफल : यस्ताे निस्कियाे निष्कर्ष

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा स्थायी समिति सदस्यहरुले छलफल गरेका छन्। छलफल निकै सकारात्मक रहेको बुझिएको छ। नेकपामा आन्तरिक संघर्ष बढ्दै जाँदा नेताहरु टाेपबहादुर रायमाझी हरिबाेल गजुरेल र मणि थापाले आफूहरु कुनै समूहमा नरहेकाे प्रतिक्रिया दिएका थिए।

उनीहरुका साथमा नेकपाका नेताहरु देव गुरुङ, जनार्दन शर्मा, देवेन्द्र पाैडेल र चक्रपाणि खनाल पनि खुमलटार पुगेका थिए। पूर्वमाओवादीका तर्फबाट नेकपामा प्रतिनिधित्व गर्ने नेताहरुले अध्यक्ष प्रचण्डसँग खुमलटारमा आज साँझ २ घण्टा गहन छलफल गरेका हुन्।

छलफलमा सहभागी हरिवोल गजुरेलले सवै नेताहरुले निकै खुलेर आफ्नो कुरा राखेको बताए। नेताहरुको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले प्रष्ट ढंगले दिएपछि नेताहरु कन्फ्युजन क्लियर भएको भन्दै निकै नै उत्साहित भएर फर्किएको बुझिएको छ।

नेकपाकाे विवाद बढ्दै जाँदा ओली समूहले पूर्वमाओवादी केही नेता आफ्नाे पक्षमा रहेकाे दावी गरेकाे थियाे। तर बिहीबारकाे छलफलपछि उक्त भ्रम गलत सावित भएकाे छलफलमा सहभागी एक नेताले बताए । आजकाे छलफलले ओली समूहमा अर्काे दवाव सिर्जना भएकाे ती नेताले बताए ।

ओली समूहले पार्टीकाे अन्तरसंघर्षमा सुरुदेखि नै प्रचण्डकाे पक्षमा रहेका नेताहरु देवेन्द्र पाैडेल, जनार्दन शर्मालाई पनि आफ्नाे पक्षमा रहेकाे भन्दै भ्रामक प्रचारबाजी गर्दै आएका थिए। पार्टी एकता रक्षा गर्न विभिन्न धारणा र बिकल्प अघि सारे पनि निर्णायक परिस्थितिमा आफूहरु प्रचण्ड-नेपाल समूहमै रहेकाे नेताहरुले धारणा राख्दै आएका छन्।

पूर्वमाओवादी समूहका लेखराज भट्टबाहेक अरु नेताहरु हालसम्म प्रचण्ड-नेपाल समूहमै उभिएका छन्। पार्टी एकताको रक्षाका लागि विभिन्न बिकल्पमा छलफल गर्दा ओली समूहले केही नेता आफ्नो पक्षमा रहेको प्रचार गर्न थालेपछि नेताहरुले आफ्नो कित्ता क्लियर गर्न लागेका हुन्।

पार्टी अन्तरसंघर्षमा मौन देखिएका गृहमन्त्री रामबहादुर थापा बादलले समेत अन्तिम अवस्थामा प्रचण्डकै साथमा रहने बताइसकेका छन्। बादलनिकट मानिने सबै नेताहरु पार्टीमा विधि पद्धति स्थापित हुनुपर्ने मतमा दृढ छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending