Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

धनकुटा देशकै पहिलो निशुल्क शिक्षा सुनिश्चित जिल्ला घोषणा

\"Dhankuta\"१ साउन, धनकुटा । धनकुटा जिल्लालाई नेपालकै दोस्रो तथा पूर्वाञ्चलको पहिलो निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ । निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको जिल्ला घोषणा कार्यक्रमको आयोजना गरी नेपाल कै दोस्रो तथा पूर्वाञ्चलको पहिलो जिल्लाका रुपमा घोषणा गरिएको हो । जिल्लामा रहेका ५ वर्षदेखि १२ वर्ष उमेर समुहका ९९ दशमलव ८३ प्रतिशत बालबालिका निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा प्राप्तिका लागि विद्यालयमा भर्ना भएसँगै जिल्लालाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खरेलले बताए । आधारभूत शिक्षा उमेर समुहका बालबालिका जिल्लामा २९ हजार नौ सय ४८ जना रहेको खरेलले जानकारी दिए । जिल्ला शिक्षा समिति धनकुटाको आयोजनामा भएको घोषणा कार्यक्रममा तयार पारिएको निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित जिल्ला धनकुटाको आधारपत्र पूर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेश प्रकाश आचार्यले सार्वजनिक गर्दै घोषणा गरेका हुन् । घोषणाको आधारपत्र वाचन गर्दै जिल्ला शिक्षा अधिकारी खरेलले सबै विद्यालय तथा स्रोत केन्द्रहरुको आआफ्नो सेवा क्षेत्रभित्रका ५ देखि १२ वर्ष उमेर समुहका बालबालिका विद्यालय भर्ना भएसँगै घोषणा गरिएको जानकारी दिए । साथै, प्रस्तुत गरिएको घोषणापत्रमा घोषणासँगै आउने चुनौती र भावी कार्यदिशा समेत समेटिएको छ । निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भइसकेका विद्यालयमा भर्ना भएका सबै बालबालिकालाई विद्यालयमा टिकाउने तथा गुणस्तरीय शिक्षाको प्रत्याभूति प्रदान गर्न, विद्यालयमा भयरहित वातावरण बनाउन र समावेशी शिक्षा प्रत्याभूति दिन चुनौती रहेको उल्लेख गरिएको थियोे भने बालबालिकालाई अभिभावक परिचालन गरी \"घरघरमा जे पाक्छ त्यही लान्छ\" मान्यता अनुरुप दिवा खाजाको व्यवस्था गर्ने, छात्रवृत्ति निरन्तरता सहित विद्यालयमा बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपको कार्यान्वयन गर्न स्रोत केन्द्र मार्फत विद्यालय स्तरमा प्रभावकारी व्यवस्था मिलाउने लगायतका भावी कार्यदिशा तय गरिएको छ । यस्तै, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको जिल्ला घोषणा गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेश प्रकाश आचार्यले नेपालमै धनकुटा जिल्ला दोस्रो हुन सफल भएको भन्दै शैक्षिक क्षेत्रको विकासमा ठुलो फड्को मारेको बताए । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनु अभिभावक र शिक्षक साथै सरोकारवाला निकायको कर्तव्य रहेको बताउँदै यसका लागि सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । विद्यालयको भौतिक सेवा सुविधाको व्यवस्थापन पनि उहीँ मात्रामा महत्त्वपूर्ण हुने भन्दै क्षेत्रीय प्रशासक आचार्यले भूकम्पीय जोखिमबाट सुरक्षित रहन विद्यालयका भवनहरु सुरक्षित हुनुपर्ने बताए । सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटामा प्रमुख माया राई, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, शिक्षक महासंघका केन्द्रीय सदस्य मदन अधिकारी लगायतले आआफ्नो भनाइ राखेका थिए । जिल्लालाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको जिल्ला घोषणा गर्नका लागि स्रोत केन्द्र मार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्रोत व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । निशुल्क तथा अनिवार्य आधारभूत जिल्ला घोषणा गर्नुअघि धनकुटा-७ मा रहेको त्रिवेणी उच्चमाविबाट प्लेकार्ड सहितको र्याली निकालिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending